बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना

Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार


पेप्सीकोलाको टाउनप्लानिङ्मा रहेको सनसिटी अपार्टमेन्ट

१३ अप्रिल, २०२०
काठमाडौं । काठमाडौंको पेप्सीकोला बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु पाटन अस्पतालमा भर्ना भएका छन् ।

पेप्सीकोलाको टाउनप्लानिङ्गमा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका श्रीमान श्रीमती र उनीहरुकी बृद्द आमालाई कोरोनाको लक्षणसँग मिल्जोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा उनीहरुमा कोरोना पोजिटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब पिसीआरका लागि टेकु अस्पताल पठाइएको छ ।

गत चैत्र पाँच गते लण्डनबाट फर्केका उनीहरु सो अपार्टमेन्टको १५ औं तलामा बस्दै आइरहेका थिए । संक्रमित देखिएकाहरुमा ८१ वर्षकी बृद्दा आमा र उनीहरुका ५८ वर्षका छोरा र ५६ वर्षकी बुहारी रहेकी छन् ।

हाल प्रहरीले उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा पठाएर सो विल्डिङ्गलाई सिल गरेको छ । हाल सो क्षेत्रमा प्रहरी परिचालन गरेर सो अपार्टमेन्टलाई घेरा हालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम देशभर सक्रिय कोरोना संक्रमितको संख्या १ हजार भन्दा कम

२०७७ फाल्गुन १४ गते शुक्रबार

२६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालमा शुक्रबार अपरान्हसम्म देशभर रहेका...

युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’:  इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित) युरोपमा कोरोना ‘नियन्त्रण बाहिर’: इटाली, स्पेन र फ्रान्स नराम्ररी प्रभावित (अपडेटसहित)

२०७६ चैत्र १३ गते बिहिबार

२६ मार्च, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुकमा यतिबेला कोरोना...

महानायक राजेश  हमालका भाईको  उपचारका क्रममा भारतमा निधन महानायक राजेश हमालका भाईको उपचारका क्रममा भारतमा निधन

२०७७ श्रावण ७ गते बुधबार

२२ जुलाई, २०२०नयाँदिल्ली, भारत । नेपाली चलचित्र क्षेत्रमा महानायकको...

हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘बेलासे’लाई  कोरोना संक्रमण हाँस्य टेलिश्रृंखला भद्रगोलका कलाकार ‘बेलासे’लाई कोरोना संक्रमण

२०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०वेस्टह्याम । लण्डन- नेपाली हास्य टेलिश्रृंखला भद्रगोलमा...

Top