बेलायतबाट फर्केका एकै परिवारका ३ जनामा कोरोनाको आशंका, पाटन अस्पतालको आइसोलेसनमा भर्ना

Best Khabar Team | २०७७ बैशाख १ गते सोमबार


पेप्सीकोलाको टाउनप्लानिङ्मा रहेको सनसिटी अपार्टमेन्ट

१३ अप्रिल, २०२०
काठमाडौं । काठमाडौंको पेप्सीकोला बस्ने एकै परिवारका तीन जनामा कोरोना संक्रमणको आशंका गरिएको छ । उनीहरुमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि उनीहरु पाटन अस्पतालमा भर्ना भएका छन् ।

पेप्सीकोलाको टाउनप्लानिङ्गमा रहेको सनसिटी अपार्टमेन्टमा बस्ने एकै परिवारका श्रीमान श्रीमती र उनीहरुकी बृद्द आमालाई कोरोनाको लक्षणसँग मिल्जोजुल्दो लक्षण देखिएपछि अस्पताल भर्ना गरिएको हो । र्‍यापिड डायग्नोस्टिक टेस्ट किटमा परिक्षण गर्दा उनीहरुमा कोरोना पोजिटिभ देखिएपछि थप परीक्षणका लागि स्वाब पिसीआरका लागि टेकु अस्पताल पठाइएको छ ।

गत चैत्र पाँच गते लण्डनबाट फर्केका उनीहरु सो अपार्टमेन्टको १५ औं तलामा बस्दै आइरहेका थिए । संक्रमित देखिएकाहरुमा ८१ वर्षकी बृद्दा आमा र उनीहरुका ५८ वर्षका छोरा र ५६ वर्षकी बुहारी रहेकी छन् ।

हाल प्रहरीले उनीहरुलाई पाटन अस्पतालको आइसोलेसनमा पठाएर सो विल्डिङ्गलाई सिल गरेको छ । हाल सो क्षेत्रमा प्रहरी परिचालन गरेर सो अपार्टमेन्टलाई घेरा हालेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी अक्टोबरपछि युरोपमा कोरोना संक्रमित बढ्नसक्ने डब्लुएचओको चेतावनी

२०७७ भाद्र १२ गते शुक्रबार

२८ अगस्ट, २०२०ब्रसेल्स, बेल्जियम । युरोपेली मुलुकमा गर्मी (समर)...

कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो

२०७६ फाल्गुन २९ गते बिहिबार

१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...

क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई क्यान्सरले लग्यो बलिउड अभिनेता इरफानलाई

२०७७ बैशाख १७ गते बुधबार

२९ अप्रिल, २०२०नयाँदिल्ली । चर्चित बलिउड तथा हलिउड अभिनेता...

आपूर्ति मन्त्रीको उद्घोष : आयल निगमको जग्गा खरिदमा अनियमितता भेटिए कारबाही हुन्छ आपूर्ति मन्त्रीको उद्घोष : आयल निगमको जग्गा खरिदमा अनियमितता भेटिए कारबाही हुन्छ

२०७४ श्रावण २० गते शुक्रबार

अगस्ट ४, २०१७ काठमाडौं । आपूर्तिमन्त्री शिवकुमार मण्डलले आयल...

Top