Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१
काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत कोरोना संक्रमण देखिएको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । देशका विभिन्न प्रदेशमा अहिले उच्च दरमा १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकामा कोरोना संक्रमण बढेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेस विफ्रिङ्गका क्रममा प्रस्तुत गरेको श्रव्यदृष्य सामग्रीमा देशभर दैनिक भेटिएका कोरोना संक्रमितमध्ये १० प्रतिशत बालबालिका रहेको उल्लेख गरिएको छ । पछिल्ला दिनहरुमा संक्रमणको जोखिम बढ्दै जाँदा विद्यालयहरुले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न हेलचेक्र्याई गरेका कारण बालबालिकामा संक्रमण फैलिएको विज्ञहरुको भनाई छ ।
पछिल्लो २ सातायता काठमाडौंको कान्ति अस्पतालमा कोरोनाका २२ जना बालबालिका भर्ना भएको र ती मध्ये २ जनाले ज्यान गुमाएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. आरपी विच्छाका अनुसार कान्ति बाल अस्पताललगायत देशभरका सबै अस्पतालहरुमा अहिले कोरोना संक्रमित बालबालिका संख्या बढ्दै गएको छ ।
कान्ति अस्पतालमा भर्ना भएका मध्ये २ जनाले ज्यान गुमाएको र २० जना उपचार पछि घर फर्केको निर्देशक विच्छाले जनाए । उनका अनुसार अहिले दैनिक भेटिएका संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका देखिएको र यो बढ्नसक्ने खतरा रहेको छ । मन्त्रालयले अहिले बालबालिकामा बेलायतमा देखिएको नयाँ खालको कोरोनाको परिवर्तित स्वरुप देखिनु दुःखत भएको बताएको छ ।

अहिले देखिएको कोरोना बढी संक्रामक र लक्षणसमते कडा रहेको भन्दै विज्ञहरुले विद्यालय, विद्यार्थी तथा अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्य सुरक्षामा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । अहिलेको कोरोना संक्रमण समुदायस्तरमा छिटो फैलने खालको रहेको पनि पाइएको छ ।
चिकित्सकहरुले बालबालिकामा कोरोना देखिनु दुःखद भएको भन्दै बालबालिकामा रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति कम हुने साना उमेरका बालबालिकामा कोरोना बढ्नु दुःखद भएको बताएका छन् । अहिलेसम्म भेटिएका संक्रमित बालबालिकामध्ये विशेष गरी १० देखि १८ वर्षसम्मका बालबालिकाको संख्या ६० प्रतिशत रहेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
मार्च अन्तिम सातादेखि त्रिभुवन विमानस्थल रातिको समयमा बन्द हुने
२०७७ फाल्गुन ३ गते सोमबार
१६ फेब्रुअरी, २०२१काठमाडौं । नेपालको एकमात्रै अन्तर्राष्ट्रिय विमानस्थल, त्रिभुवन...
अष्ट्रेलियामा आगोको वितण्डा
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० मेलबर्न । अष्ट्रेलियाको भिक्टोरिया राज्यको जंगलमा...
आफ्ना नागरिकलाई तत्काल इराक छाड्न अमेरिकाको निर्देशन
२०७६ पुष १९ गते शनिबार
०४ जनवरी, २०२० न्यूर्योक । अमेरिकाका र इराकबीच पछिल्ला...
एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ
२०७६ मंशिर २३ गते सोमबार
पि.एल. तरंग / बेस्टखबर सामान्यतय कुनैपनि मन्दिरमा रहेका देवी...
Top