२ सातायता काठमाडौंको कान्ति अस्पतालमा २२ जना कोरोना संक्रमित बालबालिका भर्ना : २ को मृत्यु

Best Khabar Team | २०७८ बैशाख १ गते बुधबार


१४ अप्रिल, २०२१
काठमाडौं । स्वास्थ्य मन्त्रालयले स्कुले बालबालिकामा समेत कोरोना संक्रमण देखिएको भन्दै विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । देशका विभिन्न प्रदेशमा अहिले उच्च दरमा १८ वर्ष भन्दा कम उमेर समूहका बालबालिकामा कोरोना संक्रमण बढेको भन्दै मन्त्रालयले चिन्ता व्यक्त गरेको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित प्रेस विफ्रिङ्गका क्रममा प्रस्तुत गरेको श्रव्यदृष्य सामग्रीमा देशभर दैनिक भेटिएका कोरोना संक्रमितमध्ये १० प्रतिशत बालबालिका रहेको उल्लेख गरिएको छ । पछिल्ला दिनहरुमा संक्रमणको जोखिम बढ्दै जाँदा विद्यालयहरुले आवश्यक स्वास्थ्य मापदण्ड पालना गर्न हेलचेक्र्याई गरेका कारण बालबालिकामा संक्रमण फैलिएको विज्ञहरुको भनाई छ ।

पछिल्लो २ सातायता काठमाडौंको कान्ति अस्पतालमा कोरोनाका २२ जना बालबालिका भर्ना भएको र ती मध्ये २ जनाले ज्यान गुमाएको अस्पतालले जनाएको छ । अस्पतालका निर्देशक डा. आरपी विच्छाका अनुसार कान्ति बाल अस्पताललगायत देशभरका सबै अस्पतालहरुमा अहिले कोरोना संक्रमित बालबालिका संख्या बढ्दै गएको छ ।

कान्ति अस्पतालमा भर्ना भएका मध्ये २ जनाले ज्यान गुमाएको र २० जना उपचार पछि घर फर्केको निर्देशक विच्छाले जनाए । उनका अनुसार अहिले दैनिक भेटिएका संक्रमितमध्ये १० प्रतिशतसम्म बालबालिका देखिएको र यो बढ्नसक्ने खतरा रहेको छ । मन्त्रालयले अहिले बालबालिकामा बेलायतमा देखिएको नयाँ खालको कोरोनाको परिवर्तित स्वरुप देखिनु दुःखत भएको बताएको छ ।

कान्ति बाल अस्पतालका निर्देशक प्रा. डा आरपी विच्छा

अहिले देखिएको कोरोना बढी संक्रामक र लक्षणसमते कडा रहेको भन्दै विज्ञहरुले विद्यालय, विद्यार्थी तथा अभिभावकलाई आफ्ना बालबालिकाको स्वास्थ्य सुरक्षामा विशेष सावधानी अपनाउन आग्रह गरेका छन् । अहिलेको कोरोना संक्रमण समुदायस्तरमा छिटो फैलने खालको रहेको पनि पाइएको छ ।

चिकित्सकहरुले बालबालिकामा कोरोना देखिनु दुःखद भएको भन्दै बालबालिकामा रोगसँग लड्ने प्रतिरक्षात्मक शक्ति कम हुने साना उमेरका बालबालिकामा कोरोना बढ्नु दुःखद भएको बताएका छन् । अहिलेसम्म भेटिएका संक्रमित बालबालिकामध्ये विशेष गरी १० देखि १८ वर्षसम्मका बालबालिकाको संख्या ६० प्रतिशत रहेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना,  संक्रमित ५१६ पुगे एकैदिन थपिए ५९ जना कोरोना संक्रमित, भक्तपुर, धरान, मकवानपुर र बारामा थप ९ जनामा कोरोना, संक्रमित ५१६ पुगे

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०काठमाडौं । देशका विभिन्न स्थानमा आजमात्रै ५९...

चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै चितवनको बाँदरमूढे काण्डको १४ वर्ष वित्यो, पिडित अझै अन्यायमै

२०७६ जेठ २३ गते बिहिबार

०६ जुन, २०१९ काठमाडौं । तत्कालीन विद्रोही माओवादीले चितवनको...

झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम झुल्कियो इस्वी सम्वत् २०२० को पहिलो घाम

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी २०२०विगतका वर्षहरुमा जस्तै घरका भित्ताहरुमा राखिएका अंग्रेजी...

झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज झण्डै १ दर्जन देशमा राजदूत नियुक्त गर्ने ओली सरकारको निर्णय देउवा नेतृत्वको सरकारद्वारा खारेज

२०७८ श्रावण ४ गते सोमबार

१९ जुलाई, २०२१काठमाडौं । विश्वका विभिन्न ११ देशका लागि...

Top