नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै

Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार


२३ मार्च, २०१९
काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार यसपटकको एसइईको परीक्षा शुरु हुँदैछ । मुलुकभरका करिब पौने पाँचलाख विद्यार्थीको भाग्य र भविष्यसँग जोडिएको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) अबको केहीघण्टा घण्टापछि शुरुहुने छ ।

परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यसवर्षदेखि सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ तर परीक्षाफल भने बोर्डले नै प्रकाशित गर्ने जिम्मेवारी लिएको छ । आइतबार बिहान ८ बजेबाट शुरुहुने परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा नियमितका साथै ग्रेडवृद्धि र प्राविधिक विषयका परीक्षार्थी पनि सहभागी हुँदैछन् । परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

भक्तपुरको सानोठिमीमा रहेको बोर्डका अनुसार यसपटक देशभरका ४ लाख ७५ हजार ३ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यसवर्ष दुई लाख ३६ हजार ४ सय ४५ छात्र तथा दुई लाख ३८ हजार ५ सय ५८ छात्राले परीक्षामा सहभागीता जनाउँदै छन् ।

यस अनुसार यसवर्ष परीक्षामा छात्र भन्दा छात्राको संख्या बढी रहेको छ । उहाँ अनुसार प्रदेश नम्बर १ बाट ८३ हजार ८ सय १८, प्रदेश नम्बर २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुनेछन् ।

यस्तै सात प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६ सय २ जना सहभागी हुने छन् । यता कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थीले परीक्षा दिँदैछन् । परीक्षा सञ्चालन गर्न एक हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण, एक हजार ९ सय ६९ केन्द्राध्यक्ष, तीन हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन विदेशी सैनिकलाई तत्काल देश छाड्न इराकी संसदको निर्देशन

२०७६ पुष २१ गते सोमबार

०६ जनवरी, २०२० बग्दाद । इराकले देशमा तैनाथ सबै...

गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद गायक रामकृष्ण ढकाल र श्रीमती निलमबीच सम्बन्ध विच्छेद

२०७६ पुष ९ गते बुधबार

२५ डिसेम्बर, २०१९ काठमाडौं । नेपाली पप तथा आधुनिक...

कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’ कोरोना महामारीकैबीच पहिलोपटक युरोपेली देश डेनमार्कले यसरी खोल्यो ‘प्राइमरी स्कुल’

२०७७ जेठ १ गते बिहिबार

१४ मार्च, २०२०कोपनहेगन, डेनमार्क । डेनमार्क युरोपको यस्तो एउटा...

कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा कोरोनाबारे भ्रम फैलाउने सञ्चारमाध्यम र सामाजिक सञ्जाल प्रयोगकर्तालाई कडा कारबाही गर्ने सरकारको घोषणा

२०७६ चैत्र ५ गते बुधबार

१८ मार्च, २०२० काठमाडौं । सरकारले विश्वव्यापीरुपमा महामारीको रुपमा...

Top