नेपालमा पहिलो पटक संघीय संरचना अनुसार एसइईको परीक्षा हुँदै

Best Khabar Team | २०७५ चैत्र ९ गते शनिबार






२३ मार्च, २०१९
काठमाडौं । नेपालको इतिहाँसमा पहिलोपटक संघीय संरचनाको स्वरुपअनुसार यसपटकको एसइईको परीक्षा शुरु हुँदैछ । मुलुकभरका करिब पौने पाँचलाख विद्यार्थीको भाग्य र भविष्यसँग जोडिएको २०७५ सालको माध्यमिक शिक्षा परीक्षा (एसइई) अबको केहीघण्टा घण्टापछि शुरुहुने छ ।

परीक्षा व्यवस्थापनको सम्पूर्ण काम यसवर्षदेखि सम्बन्धित प्रदेश सरकारले गर्ने भएको छ तर परीक्षाफल भने बोर्डले नै प्रकाशित गर्ने जिम्मेवारी लिएको छ । आइतबार बिहान ८ बजेबाट शुरुहुने परीक्षा चैत २१ गतेसम्म सञ्चालन हुनेछ । परीक्षामा नियमितका साथै ग्रेडवृद्धि र प्राविधिक विषयका परीक्षार्थी पनि सहभागी हुँदैछन् । परीक्षाको सम्पूर्ण तयारी पुरा भएको राष्ट्रिय परीक्षा बोर्डले जनाएको छ ।

भक्तपुरको सानोठिमीमा रहेको बोर्डका अनुसार यसपटक देशभरका ४ लाख ७५ हजार ३ जना परीक्षार्थीहरु परीक्षामा सहभागी हुँदैछन् । परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यसवर्ष दुई लाख ३६ हजार ४ सय ४५ छात्र तथा दुई लाख ३८ हजार ५ सय ५८ छात्राले परीक्षामा सहभागीता जनाउँदै छन् ।

यस अनुसार यसवर्ष परीक्षामा छात्र भन्दा छात्राको संख्या बढी रहेको छ । उहाँ अनुसार प्रदेश नम्बर १ बाट ८३ हजार ८ सय १८, प्रदेश नम्बर २ बाट ७० हजार ५ सय १८, गण्डकी प्रदेशबाट ४८ हजार ६३, प्रदेश नं ५ बाट ७६ हजार ९ सय ८३ र सुदूरपश्चिम प्रदेशबाट ५३ हजार ९ सय ७२ परीक्षार्थी सामेल हुनेछन् ।

यस्तै सात प्रदेशमध्ये सबैभन्दा बढी प्रदेश नं ३ बाट एक लाख ६ सय २ जना सहभागी हुने छन् । यता कर्णाली प्रदेशबाट ३५ हजार ६२४ परीक्षार्थीले परीक्षा दिँदैछन् । परीक्षा सञ्चालन गर्न एक हजार ९ सय ६९ परीक्षा केन्द्र निर्धारण, एक हजार ९ सय ६९ केन्द्राध्यक्ष, तीन हजार १ सय ६७ सहकेन्द्राध्यक्ष र २९ हजार ५ सय ३५ सुरक्षाकर्मी परिचालित हुनेछन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते कोरोना संक्रमित १४ सय नाघे, एकैदिन १८९ नयाँ थपिए, २१९ ले कोरोना जिते

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या १४...

कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा...

नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि… नाटक देखाउन आएका ४ कलाकार युरोपमै लुकेपछि…

२०७६ असार २५ गते बुधबार

१० जुलाई, २०१९ बर्लिन । नेपाली नाटक ‘घेरो’ देखाउनका...

पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ पाटन अस्पतालको ‘भिडियो एक्सरे’ मेसिन चोरीमा संलग्न एक चिकित्सक र अहेब पक्राउ

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०काठमाडौं । लतिलपुरको पाटन अस्पतालमा रहेको भिडियो...

Top