कोरोना संक्रमित विश्वका झण्डै ८६ हजार मानिसको उपचार सफल

Best Khabar Team | २०७६ चैत्र ६ गते बिहिबार


विश्वभर अहिले कोरोना भाइरसको प्रकोप बढ्दै छ । विश्वका करिब १ सय ८० देशमा कोरोनाको संक्रमण फैलिइसकेको छ भने झण्डै ९ हजार जना (यो समाचार तयार पार्दासम्म चैत्र ६ गते दिउँसो ४ बजे, नेपाली समयसम्म) को ज्यान कोरोनाका कारण गै सकेको छ । यही अवधिमा २ लाख २१ हजार २ सय ९० जनामा कोरोनाको संक्रमण फैलिइसकेको छ । तर यही केही खुसीको कुराहरु पनि छन् । चीन लगायत कतिपय देशले कारोनाको संक्रमितको संख्या ह्वात्तै घट्न थालेपछि दर्जनौ अस्पतालहरु बन्द गरेका छन् ।

यस्तै यहीबीचमा कोरोनाको संक्रमण भै अस्पतालमा उपचार गराईरहेका मध्ये विश्वभरका झण्डै ८६ हजार मानिसले पूर्णरुपमा स्वास्थ्यलाभ गरी घर फर्केका छन् । कोरोनाको विश्वव्यापी सर्भे गर्ने साईट ओल्डोमिटरर्स डट इन्फोको लाईभ अपडेटलाई आधार मान्दा हालसम्म चीनमा सबैभन्दा बढीले कोरोनाबाट स्वास्थ्यलाभ गरेका छन् ।

स्मरणीय के छ भने चीन कोरोनाको उत्पत्ती भएको स्थान हो । चीनमा हालसम्म ७० हजार ४ सय २० जना विरामीको उपचार सफल भएको छ । यस्तै इटलीमा ४ हजार २५ जना, इरानमा ५ हजार ७ सय १० जना, स्पेनमा १ हजार ८१ जना, इरानमा ५ हजार ७ सय १० जना, जर्मनीमा १ सय १३ जना, अमेरिकामा १ सय ८ जना, फ्रान्समा ६ सय २ जना, दक्षिण कोरियामा १ हजार ९ सय ४७ जना उपचार पछि कोरोनाका निको भएर घर फर्केका छन् ।

यसका साथै, स्वीट्जरल्याण्डमा १५, लण्डनमा ६५, नेपालमा १, नेदरल्याण्डमा २, बेल्जियममा ३१, अष्ट्रियामा ९ जनाको उपचार सफल भएको छ । यसका अलावा जापानमा १ सय ९१, अष्ट्रेलियामा ४६, इजरायलमा १३, ग्रिसमा १४, फिनल्याण्डमा १०, सिंगापुरमा १ सय १७, थाइल्याण्डमा ४२ जनाले पूर्णरुपमा स्वास्थ्य लाभ प्राप्त गरेका छन् ।

यस्तै कोरोनाको संक्रमण भै अस्पतालमा गएका मध्ये रोमानियामा १९, बहराईनमा ९५, इजिष्टमा २८, हङकङमा ९५, भारतमा १५, इराकमा ४३, कुवेतमा १८, युएईमा २६, ताईवानमा २६, अल्जेरियामा ३२ जना निको भएका छन् । त्यसैले कोरोनाको संक्रमणबाट बच्नका लागि व्यक्तिगत सुरक्षामा ध्यान दिने तथा हल्लाको भरमा लाग्ने भन्दा पनि आफू र आफ्नो परिवारको व्यक्तिगत सुरक्षामा ध्यान दिने र सकेसम्म घरबाहिर ननिस्कने र तल दिइएको सचेतनामूलुक सन्देशमा उल्लेख भएका कुराहरु पालना गरे यसको महामारीबाट बच्न सकिने चिकित्सहरुको भनाई छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बालुवाटार जग्गा प्रकरण : पहिलोपटक ‘ठूलो माछा’ विरुद्ध अख्तियारको मुद्दा, अर्बौं विगो माग (विगो रकमसहित) बालुवाटार जग्गा प्रकरण : पहिलोपटक ‘ठूलो माछा’ विरुद्ध अख्तियारको मुद्दा, अर्बौं विगो माग (विगो रकमसहित)

२०७६ माघ २२ गते बुधबार

०५ फेब्रुअरी २०२० काठमाडौं । काठमाडौंको बालुवाटारमा रहेको ललिता...

तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द तनुहँको पर्यटकीय नगरी बन्दीपुरलाई ‘सिल’ गरियो, अस्पताल पनि २ साताका लागि बन्द

२०७७ असार ९ गते मंगलबार

२३ जुन, २०२०डुम्रे, तनहुँ । तहुँ जिल्लाको पर्यटकीय नगरीको...

प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ :  पूर्व सचिवपत्नीको हत्या  कामदारबाटै प्रहरीको प्रारम्भिक अनुसन्धानले भन्छ : पूर्व सचिवपत्नीको हत्या कामदारबाटै

२०७६ माघ २७ गते सोमबार

१०, फेब्रुअरी, २०२०ललितपुर । पूर्वसचिव अर्जुन कार्कीकी श्रीमती मुना...

Top