नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
काठमाडौं । पछिल्ला केही साता यता नेपालमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेको छ । विशेष गरी जेठको पहिलो सातादेखि देशभर कोरोनाको संक्रमण बढ्न थालेको हो । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा मात्रै थप २ सय २४ जनामा कोरोना संक्रमण
देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा ४ सय २५ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाका कारण १९ जनाले ज्यान गुमाएका छन् । यस्तै, देशभर सय ७४ जना उपचारपछि घर फर्केका छन् । पछिल्लो केही सातायता भारतबाट नेपाल फर्कने नेपालीहरुको संख्या ह्वात्तै बढ्दै गएपछि कोरोना संक्रमणको दर पनि बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।

भारत अहिले दक्षिण एसियामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको देश बन्न पुगेको छ । यस्तै विश्वको सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको चौथो नम्बरमा भारत रहेको छ । भारतसँगको खुल्ला सिमाका कारण नेपालको लागि कोरोना निक्कै जोखिमपूर्ण बन्दै गएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित) अमेरिकामा प्रहरी यातनाबाट अश्वेत नागरिकको मृत्यु प्रकरण : टेलिभिजनमा प्रत्यक्ष प्रशारण गर्दैगर्दा पत्रकारको हातमा प्रहरीको हत्कडी (भिडियोसहित)

२०७७ जेठ १७ गते शनिबार

अमेरिकाको मिन्निसोटा राज्यमा एकजना अश्वेत नागरिकको प्रहरीको यातनाबाट मृत्यु...

सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा :  जसमा ३ छोरी, १ छोरा सुनिताले एकै पटकमा जन्माईन् ४ बच्चा : जसमा ३ छोरी, १ छोरा

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० पोखरा । पोखराको मणिपाल अस्पतालमा प्रसुती...

त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ त्रिभुवन विश्वविद्यालयका सहायक डिन ५० हजार घुस रकम सहित पक्राउ

२०७६ असार ४ गते बुधबार

१९ जुन, २०१९ काठमाडौ । त्रिभुवन विश्वविद्यालय किर्तिपुर अन्र्तगत...

तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी तत्काल संसद बैठक बोलाउन दलहरुको माग, सभामुखमा काँग्रेसको दाबी

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । विभिन्न राजनीतिक दलका नेताहरुले...

Top