नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
काठमाडौं । पछिल्ला केही साता यता नेपालमा कोरोना संक्रमणको दर तीव्र गतिमा फैलिन थालेको छ । विशेष गरी जेठको पहिलो सातादेखि देशभर कोरोनाको संक्रमण बढ्न थालेको हो । देशका विभिन्न जिल्लामा पछिल्लो २४ घण्टामा मात्रै थप २ सय २४ जनामा कोरोना संक्रमण
देखिएको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा ४ सय २५ जना कोरोना संक्रमित थपिएका हुन् । योसँगै अब देशभर कोरोना संक्रमितको संख्या ५ हजार ७ सय ६० पुगेको छ । मन्त्रालयले दिएको जानकारी अनुसार हालसम्म कोरोनाका कारण १९ जनाले ज्यान गुमाएका छन् । यस्तै, देशभर सय ७४ जना उपचारपछि घर फर्केका छन् । पछिल्लो केही सातायता भारतबाट नेपाल फर्कने नेपालीहरुको संख्या ह्वात्तै बढ्दै गएपछि कोरोना संक्रमणको दर पनि बढ्न थालेको चिकित्सकहरु बताउँछन् ।

भारत अहिले दक्षिण एसियामा सबैभन्दा धेरै कोरोना संक्रमित भएको देश बन्न पुगेको छ । यस्तै विश्वको सबैभन्दा धेरै कोरोना संक्रमण फैलिएको देशको चौथो नम्बरमा भारत रहेको छ । भारतसँगको खुल्ला सिमाका कारण नेपालको लागि कोरोना निक्कै जोखिमपूर्ण बन्दै गएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै  धेरै संक्रमित नेपालमा बढ्दै कोरोना संक्रमित : २४ घण्टामा थपिए हालसम्मकै धेरै संक्रमित

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०काठमाडौं । पछिल्लो केही समययता फैलिएको कोरोना...

कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो

२०७६ फाल्गुन २९ गते बिहिबार

१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...

तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन तिहार पर्व शुरु : आज काग तिहार, कुकुर तिहार तथा लक्ष्मी पुजा एकैदिन

२०८० कार्तिक २५ गते शनिबार

११ नोभेम्बर, २०२३काठमाडौैं । हिन्दु नेपालीहरुको दोश्रो ठूलो चाड...

विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित विश्वभर कोरोनाबाट साढे सात लाख बढीको मृत्यु, १५० भन्दा बढी राष्ट्रमा दैनिक देखिँदैछन् संक्रमित

२०७७ श्रावण ३० गते शुक्रबार

१४ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरसको संक्रमण शुरुभएदेखि...

Top