बंगलादेशबाट २५९ जना नेपालीको उद्दार

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट २ सय ५९ जना यात्रु लिएर नेपाल बायुसेवा निगमको चार्टर उडान काठमाडौं प्रस्तान गरेको छ । नेपाल बायुसेवा निगमको वाईड बढीको सो विमान यहाँ रोकिएका नेपाली विद्यार्थी तथा अन्य काम विशेषले बंगलादेशमा रहेका नेपालीहरुलाई लिएर काठमाडौंको लागि उडेको हो । नेपालको राष्ट्रिय ध्वजाबाहक नेपाल बायुसेवा निगमको सो विमान कोरोनाका कारण अलपत्र बनेका नेपालीहरुको उद्दारका लागि भन्दै आज बिहान राजधानी ढाका आइपुगेका थियो ।

फाइल तस्वीर ।

ढाकामा जम्मा भएका नेपाली विद्यार्थी, कामदार तथा काम विशेषले बंगलादेशका विभिन्न ठाउँमा रोकिएका नेपालीहरुलाई लिएर विमान मध्यान्ह काठमाडौं उडेको हो । चिकित्सक, इन्जिनियरिङ्गलगायतका विभिन्न विषयमा अध्ययनका लागि बंगलादेशमा सयौं नेपालीहरु रहँदै आएका छन् । कोरोनाका कारण गरिएको लकडाउनका कारण उनीहरु नेपाल जान पाएका थिएनन् । यस्तै बंगलादेशलाई कर्मथलो बनाउनेहरु र घुमघामका लागि आएकाहरु पनि लकडाउनका कारण यतै रोकिएका थिए ।

नेपाल सरकारले हालै विश्वका विभिन्न देशमा रहेका नेपालीहरुलाई उद्दार गर्ने योजना सार्वजनिक गरेको थियो । सो योजना अनुसार नेपालमा लकडाउन खुल्ने तयारी हुँदा आज पहिलोपटक विदेशबाट राष्ट्रिय ध्वजाबाहक विमानले नेपालीको उद्दार गरेको हो । ढाकाबाट उडेको विमान नेपालको समय अनुसार दिउँसो करिब ३ बजे काठमाडौं अवतरण गर्ने बताइएको छ ।

उनीहरुलाई शुरुमा काठमाडौंका विभिन्न स्थानमा बनाइएका होल्डिङ्ग सेन्टरमा राखिने र त्यसपछि सम्बन्धित प्रदेशको क्वारेन्टाइनमा पठाउनेगरी तयारी सरकारले गरेको छ । काठमाडौंमा नेपाली सेनाले होल्डिङ्ग सेन्टर र क्वारेन्टाइन व्यवस्थापनको जिम्मा पाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

फेरि बैवाहिक जीवनमा बाधिँदै गायिका अञ्जु पन्त फेरि बैवाहिक जीवनमा बाधिँदै गायिका अञ्जु पन्त

२०७७ माघ २२ गते बिहिबार

०४ फेब्रुअरी, २०२१काठमाडौं । चर्चित गायिका अञ्जु पन्त पुनः...

पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर पार्टी राजनीतिबाट बाहिरिइन करिष्मा मानन्धर

२०७६ जेठ २० गते सोमबार

३ जुन २०१८ काठमाडौं । विगत केही वर्षयता बाबुराम...

चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास चीनमा रहेका कुनै नेपालीमा कोरोना संक्रमण छैन : चिनियाँ दूतावास

२०७६ माघ २१ गते मंगलबार

०४ फेब्रुअरी, २०२० । काठमाडौं । नेपालस्थित चिनियाँ दुतावासले...

कमल थापाले गरे अख्तियारको प्रशंसा कमल थापाले गरे अख्तियारको प्रशंसा

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष...

Top