यस्ता ठाउँहरु छन् उपत्यका आसपासमा : जहाँ हाइकिङ्ग निक्कै रमाईलो बन्दछ

Best Khabar Team | २०७६ मंशिर २३ गते सोमबार


वेस्टखबर टिम । काठमाडौंको व्यस्त जिन्दगी, यहाँभित्रको धुँवा, धुलो तथा फोहोर । अनि बढ्दो सवारी साधनबाट उत्पन्न हुने ध्वनी र जनघनत्व । जसका कारण अधिकांश मानिसहरु उपत्यकामा कुनै न कुनै खालको तनावबाट गुज्रिरहेका हुन्छन् । यस्तो तनावपूर्ण जिन्दगीको व्यवस्थापन गर्न नसकेर कपितय उमेरमै विभिन्न खाले रोगबाट पीडित समेत भै रहेका छन् । तर काठमाडौंमै बसेर भएपनि आफ्नो तनावलाई केही कम गर्नका लागि हाइकिङ्ग गर्न रुचाउनेहरुको समूह पनि बाक्लैछ ।

हाइकिङ्ग अर्थात् कुनै एक ठाउँबाट अर्को ठाउँमा हिँडेर गरिने यात्रा । हाइकिङलाई साहासिक यात्राको रुपमा समेत लिने गरिएको छ । स्वास्थ्यको दृष्टिकोणले हाइकिङ्गको निक्कै ठूलो महत्व छ । हिँद्दा शरीर स्वस्थ्य हुनुका साथै शरीरका सबै अंगहरुमा सहि ढंगले रक्त सञ्चार हुने गर्दछन् । तौल तथा रक्तचाप नियन्त्रणमा आउँछ ।

शरीर स्वस्थ्य राख्नका लागि गरिने हाइकिङ्गले व्यक्तिलाई मनोरञ्जन पनि त्यति नै रुपमा प्रदान गरिरहेको हुन्छ । मन मिल्ने साथीभाई सँग होस् वा परिवारका सदस्यसँग नै किन नहोस्, अहिले महिनामा एकपटक हाइकिङ्ग गर्ने लहर उपत्यकाबासीमा विस्तारै बढ्दै गएको छ । कुनैबेला बनभोज अर्थात् पिकनिक गर्ने चलन जस्तै अहिले हाइकिङ्गको चलन बढेको छ । हिड्ने काम त युवा र तन्नेरीले मात्रै गर्ने हो भन्ने सोचाई बदलिएको छ ।

स्वास्थ्य तथा उमेरले साथ दिएसम्म साथीभाई तथा परिवारका सदस्यहरु आपसमा मिलेर हाइकिङ्ग गरिरहेका भेटिन्छन् मानिसहरु काठमाडौंका मुख्य हाइकिङ्ग क्षेत्रहरुमा आजकाल । हाइकिङ्ग एउटा शहज जिवन शैलीको पाटो समेत बनिदिएको छ, कतिपयले शौखको रुपमा समेत हाइकिङ्गलाई लिने गरेका छन् ।

हाइकिङ्ग गर्दा मानिस र वातावरणबीचको सम्बन्धमा समेत थप सन्निकटता आउने वातावरण विद्हरु बताउँछन् । व्यस्त तथा भागदौडपूर्ण जिन्दगीबाट मान्छेले केही समय निकालेर हाइकिङ्गमा निस्कँदा उसले जीवनमा ठूलो शान्ति तथा राहत महशुस गरेको हुन्छ । आफ्नै सवारी साधन हुने तथा सवारी साधनमा गुड्नेहरुले चाहेर पनि हाइकिङ्ग गर्न सकिरहेका हुँदैनन् । केही फुर्सदिला मानिसहरुको लागि समय कटाउने उपयुक्त माध्यम समेत बन्न सक्छ हाइकिङ्ग । तुलनात्मक रुपमा अन्य भ्रमण कार्यक्रम भन्दा हाइकिङ्ग कम खर्चिलो मानिन्छ । कम्तिमा महिनाको एकपटक हाइकिङ्ग गर्न सके त्यो व्यक्ति स्वयंको लागि अत्यन्त हितकर हुने चिकित्सकहरु बताउँछन् ।

काठमाडौंमा बस्ने तथा यहाँको व्यस्त दैनिकीसँग पौठाजोरी खेल्नेहरुका लागि उपत्यकाकै आसपासमा दर्जनौं हाइकिङ्ग स्पटहरु छन् । जुन धेरैलाई थाहा नहुन सक्छ । यसपटक इघुमघामले यहाँहरु सबैलाई जानकारी होस् भनेर केही त्यस्ता प्रमुख हाइकिङ्ग क्षेत्रहरुको बारेमा जानकारी गराउने कोशिष गरेको छ ।

काभ्रेको धुलीखेलबाट नगरकोट
काभ्रेको धुलिखेलबाट नगरकोट हाइकिङ्ग गर्न सकिन्छ । करिब ३–४ घण्टा लाग्ने यो रुटमा हाइकिङ्ग गर्दा गौरीशंकर तथा गुगल हिमालको दृष्याबलोकन गर्न सकिन्छ । साथै उपत्यका र काभ्रेको बनेपा, धुलिखेल, पनौतीलगायतका क्षेत्रको दृश्याबलोकन गर्न सकिन्छ । पर्यटकको लागि यो रुट चर्चित रुटको रुपमा समेत रहेको छ ।

साँखुबाट जर्सिङ्ग पौवा हुँदै नगरकोट
काठमाडौंको उत्तरमा अवस्थित पवित्र स्थान साँखुस्थित शालीनदी नजिकैबाट अर्को हाइकिङ्ग शुरु गर्न सकिन्छ । ऐतिहासिक साँखु बजारबाट उकालो चढेर जर्सिङ्ग पौवा हुँदै अघिबढ्दा अत्यन्तै आनन्द आउँछ । सल्लाघारीको बीचबाटो हुँदै उकालो उकालो पीच गरिएको बाटो अघिबढ्दा जर्सिङ्ग पौवा आउँछ । विस्तारै हिँड्दा यो बाटो पार गर्न करिब साढे २ घण्टा जति लाग्न सक्छ । जर्सिङ्ग पौवाबाट पुनः नगरकोटतर्फ अघि बढ्न पनि सकिन्छ । यो अत्यन्तै सुन्दर मार्ग हो । पहाडको हाईटमा जंगलको बीचबाट काभ्रे तथा उपत्यकाका विभिन्न स्थानको दृश्याकलोकन गर्दै अघि बढ्दा मन नै शान्त हुन्छ । साथै चिसो हावाले मनमा एककिसिमको तरंग नै पैदा गरिदिन्छ । जर्सिङ्ग पौवाबाट नगरकोट पुग्न करिब ८ किलोमिटर तेर्सो बाटो हिँड्नुपर्ने हुन्छ । साँखुबाट जर्सिङ्ग पौवा हुँदै नगरकोट पुग्ने क्रममा थकित महशुस भएमा नगरकोटमा सुविधासम्पन्न देखि सामान्य सम्मका होटलहरु पाइन्छन् । त्यही रात विताउन सकिन्छ । यस्तै जर्सिङ्ग पौवामै पनि होटल तथा कजेटहरु छन् । नगरकोटबाट भक्तपुर आउन सार्वजनिक गाडीहरु समेत पाइन्छ । साथै साँखुसम्म पुग्नका लागि पनि रत्नपार्क र सार्वजनिक गाडीहरु पाइन्छ ।

काठमाडौंको जामाचो
काठमाडौंको उत्तरपश्चिममा अवस्थित जामाचो पुग्न बालाजु बाईपासबाट करिब साढे २ घण्टा पैदल यात्रा तय गर्नुपर्ने हुन्छ । नागार्जुन नगरपालिकामा पर्ने नागार्जुन जंगलको यात्रा गर्दै उकालो चढ्दा जामाचो पुग्न सकिन्छ । जामाचोमा हरेक वर्ष बैशाख १ गते तथा बैशाख पूर्णिमाको दिन मेला समेत लाग्ने गरेको छ । बालाजु बाइसापसबाट करिब २ किलोमिटर त्रिशुलीतर्फ अघि बढेपछि आउने फूलबारी गेटबाट जामाचोको हाइकिङ्ग शुरु हुन्छ । सुरक्षाको दृष्टिकोणले यो ठाउँ अत्यन्तै संवेदनशील क्षेत्र छ । तैपनि यहाँ जंगलका विभिन्न स्थानमा सुरक्षाकर्मी परिचालन गरिएका हुन्छन् । चर्चित नागार्जुन दरबार पनि यही जंगलभित्र छ । जामाचोको डाँडामा बौद्धधर्मालम्बीको स्तुपा छ । आकाश खुलेको दिन यहाँबाट उपत्यकाको ९५ प्रति स्थान देख्न सकिन्छ । साथै यहाँबाट धादिङ्ग र नुवाकोटका विभिन्न स्थान, माछापुच्छे, मनास्लु, गणेश, जुगल, गौरीशंकरलगायतका आधादर्जन बढी हिम शृङ्खलाको दृश्यावलोकन गर्न सकिन्छ ।

काठमाडौंको चम्पादेवी
काठमाडौंबाट दक्षिण पश्चिम क्षेत्रमा रहेको यो क्षेत्र समुद्रसतहबाट करिब २ हजार २ सय ८५ मिटरको उचाईमा रहेको छ । चम्पादेवीका लागि फर्पिङ्गबाट हाईकिङ्ग शुरु गर्न सकिन्छ । यहाँबाट काठमाडौंका जुगलसहितका अन्य केही हिम श्रृङ्गखला, काठमाडौं उपत्यकालगायत यहाँको प्राकृतिक दृष्याबलोकन गर्न सकिन्छ ।

ललितपुरको फूल्चोकी
काठमाडौंको दक्षिणमा अवस्थित फूलचोकी २ हजार ७ सय ८२ मिटरको उचाईमा रहेको छ । फूलचोकीको हाइकिङ्ग ललितपुरको गोदावरीबाट शुरुहुन्छ । यहाँबाट पनि काठमडौं, ललितपुर र भक्तपुरको अधिकांश भाग तथा काभ्रेका केही भागको दृष्याबलोकन गर्न सकिन्छ । यहाँबाट काठमाडौं उत्तर पश्चिममा सुन्दर हिमालयको दृष्याकलोन गर्न सकिन्छ । जंगलको बाटो हाइकिङ्ग गर्न सकिने भएकोले यो ठाउँमा हाइकिङ्ग गर्दा प्रकृतिसँग थप निकट हुने मौका मिल्छ ।

काठमाडौंको शिवपुरी
काठमाडौंको उत्तरमा रहेको पहाड नै शिवपुरी पहाड हो । यो समुद्रसतहबाट करिब २ हजार ५ सय ६३ मिटरको उचाईमा रहेको छ । शिवपुरी राष्ट्रिय निकुञ्जमा पर्ने यो ठाउँमा प्राकृतिक हिसावले अत्यन्तै मनमोहक छ । बुढानिलकण्ठ माथिको चर्चित मुहानपोखरी भन्ने स्थानबाट शिवपुरीको हाइकिङ्ग शुरु गर्न सकिन्छ ।

नुवाकोटको ककनी भञ्ज्याङ्ग
नुवाकोटको ककनीबाट उत्तरतर्फ रहेको स्थान नै ककनी भञ्ज्याङ्ग हो । यो हाइकिङ् विदेशीहरुको लागि चर्चित रुट हो । माछापुच्छेदेखि गौरीशंकरसम्मका हिम श्रृङ्खला देख्न पाइन्छ । प्राकृतिक दृष्टिकोणले यो स्थान अत्यन्तै मनमोहन छ । काठमाडौंको नुवाकोटको सिमास्थल ककनीबाट ककनी भञ्ज्याङ्गको हाइकिङ यात्रा शुरु हुन्छ । यहाँ पुग्न बालाजु बाइपासबाट सार्वजनिक गाडीहरु समेत पाइन्छ । नुवाकोट जाने गाडीहरुमा चढेर अघिबढ्दा ककनि नजिकैको तीनपिप्लेमा झरेपछि ककनी भञ्ज्याङ्गको हाइकिङ्ग शुरु गर्न सकिन्छ ।

काभ्रेको नमोबुद्ध
काठमाडौंबाट करिब ३८ किलोमिटर पूर्वमा रहेको नमोबुद्द उपत्यका तथा उपत्यका आसपासमा बस्ने हरुका लागि निक्कै चर्चित ठाउँ हो । यहाँ बौद्ध स्तुपा रहेको छ । यहाँको बस्ती र सांस्कृतिक विविधता नियाल्नका लागि स्वदेशी तथा विदेशी पर्यटकहरु यहाँ पुग्ने गर्दछन् । सुमद्र सतहबाट करिब १ हजार ७ सय ५० मिटरका उचाईमा रहेको यो ठाउँ पुराना बस्ती र विभिन्न जातजातीको सांस्कृतिक विविधता हेर्दै हाइकिङ्ग गर्न महत्वपूर्ण मानिन्छ । बनेपाबाट नबोबुद्धका लागि हाइकिङ्ग शुरु गर्न सकिन्छ ।

हाइकिङ्ग टिप्स
हाइकिङ्ग जाँदा सर्वप्रथम आफू जाने हाइकिङ्ग रुटको बारेमा पर्याप्त जानकारी हुनुपर्दछ । पहिलोपटक हाइकिङ्ग जाने योजना बनाउनेहरुले करिब १ साता अघि देखि नै आफूलाई तयारी अवस्थामा राख्न दैनिक हिँडडुल गर्न थाल्नुपर्दछ । जसले गर्दा हाइकिङ्ग सहज बनिदिन्छ । हिमाली क्षेत्रमा हाइकिङ्गमा निस्कनेहरुले हाइ अल्टिच्यूट हुनसक्ने भएकाले सोही अनुसार प्राथमिक उपचारका औषधी बोक्नु अनिवार्य हुन्छ ।

जुन आफू नजिकको स्वास्थ्यचौकी, अस्पताल एवं क्किलिनका विशेषज्ञ डाक्टरहरुसँग सल्लाह गरेर मात्रै लिनु बुद्धिमानी ठहर्छ । औषधीका साथै हिउँबाट बच्न तातो पञ्जा, ज्याकेट, टोपी राती सुत्दा प्रयोग गर्ने स्लिपिङ् ब्याग, मोजा बोक्नु अनिर्वाय जस्तै हो । हिमाली क्षेत्र तथा डाँडामा हाइकिङ्ग जाँदा हावा चल्ने तथा चिसो हुने भएकोले हावा नछिर्ने ज्याकेट, पानी परिहाले त्यसबाट जोगिन आवश्यक पर्ने रेनकोट आफैंसँग बोक्नु बुद्धिमानी हुन्छ । यस्तै यस्ता ठाउँमा जाँदा ट्राउजर लगाएर जाँदा निक्कै सहज र राम्रो हुन्छ ।

यस्तै जहाँ पुग्यो त्यहीको पानी पिउनुपर्ने बाध्यता हाइकिङ्गका क्रममा हुनसक्छ । किनभने उचाईमा हिँड्दा आफूसँग जतिबेला पनि पानी बोकेर हिँड्न कठिन हुनसक्छ । त्यसैले पानी शुद्ध पार्ने क्लोरिन ट्याबलेट, सन्स क्रिम, हुलुका खालको ब्याकप्याक लिएर राम्रो हुन्छ । महिलाहरुले पनि यही अनुसारका सामान तथा हल्का मेकअपका सामग्री बोक्नु फाइदाजनक हुन्छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

दक्षिण कोरिया पुग्यो कोरोना भाइरसको प्रकोप, १ को मृत्यु, कम्तीमा १ सयमा संक्रमण दक्षिण कोरिया पुग्यो कोरोना भाइरसको प्रकोप, १ को मृत्यु, कम्तीमा १ सयमा संक्रमण

२०७६ फाल्गुन ९ गते शुक्रबार

२१ जनवरी, २०२० सोल । दक्षिण कोरियामा पहिलोपटक कोरोना...

‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’ ‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’

२०७६ चैत्र १६ गते आइतबार

२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...

स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो स्वीटजरल्याण्डले पठाएको ३० हजार थान पीसीआरसहितका स्वास्थ्य सामग्री नेपाल पुग्यो

२०७७ बैशाख २५ गते बिहिबार

०७ मे, २०२०जेनेभा । स्वीट्जरल्याण्ड सरकारले नेपाल सरकारमार्फत नेपाली...

काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो काठमाडौंमा रोकिएका सयौं मजदुरलाई ७ वटा बसमा राखेर गन्तव्यतर्फ पठाईयो

२०७७ बैशाख ६ गते शनिबार

१८ अप्रिल, २०२०काठमाडौं । कोरोनाका कारण भएको लकडाउनका कारण...

Top