युवाशक्ति बिदेसिँदा गाउँ रित्तिदै, भविष्यमा कहालीलाग्दो संकटको संकेत

Best Khabar Team | २०७६ पुष १ गते मंगलबार


तस्वीर साभार : नेपालीहेडलाइन्स

– इन्दिरा कु. शर्मा
पछिल्लो जनगणना अनुसार मुलुकको जनसंख्या करिब ३ करोड छ । यसमा युवाहरुको संख्या झण्डै ५० प्रतिशत छ । तर यसरी रहेका जनसंख्याको युवाशक्तिमध्ये अधिकांश अहिले मुलुक छाडेर विदेशीको भूभागमा पुगेर श्रम र शक्ति खर्च गर्नमा व्यस्त छन् । मुलुकभित्र अवसरको पर्याप्तता नभएपछि उनीहरु अरवको खाडीदेखि युरोप तथा अमेरिका, क्यानडालगायत पृथ्वीको पूर्वी कुनो जापान, अष्टेलिया, न्युजिल्याण्डलयातका देशमा समेत नेपालीहरु पुगेका छन् । त्यसो त मानिसहरुलाई सामान्यतया तीन समूहमा विभाजन गर्न सकिन्छ ।

बालबालिका, युवा वा वयष्क र ज्येष्ठ नागरिक गरेर तीन समूहमा विभाजन गर्ने हो भने युवाको संख्या एक करोडको हाराहारीमा छ भन्न सकिन्छ। अन्य उमेर समूहभन्दा युवाहरूको संख्या बढी नै हुने भएकाले एक करोड बढी युवा छन् भन्न सकिन्छ। केही समयअघि एउटा तथ्यांक सार्वजनिक भएको छ– बितेको १० वर्षमा ३४ लाख युवा विदेशिएका छन्। खास गरी २०६२ सालयता ३५ लाख बढी युवा विदेशिएको तथ्यांक बाहिर आएको छ।

यो नेपालबाट श्रम स्वीकृति लिएर वैधानिकरूपमा विदेश जानेहरूको संख्या हो। तेस्रो मुलुक हुँदै गैरकानुनीरूपमा विदेश गएकाहरूको समेत संख्या हेर्दा आधा करोड युवा अहिले पनि विदेशी भूमिमा सस्तो मूल्यमा श्रम बिक्री गरिरहेको देखिन्छ। एक करोडको हाराहारीमा रहेका नेपाली युवामध्ये आधा युवाहरू विदेश जानु समग्र देश निर्माणका हिसाबले पनि निकै गम्भीर र संवेदनशील सवाल हो। अहिले गाउँमा युवा शक्ति छँदै छैनन् भन्दा पनि हुन्छ ।

भएका केही युवाहरुपनि शहरकेन्द्रीत हुँदा गाउँ बालबालिका तथा बृद्धबृद्धामय बनेको छ । १९ दिने आन्दोलनपछि लोकतन्त्र स्थापना, संविधानसभाको चुनाव, गणतन्त्र घोषणा हुँदै २०७२ असोज ३ गते संविधान जारी भयो। यो १० वर्षको अवधिमा नेपाली राजनीतिमा उथलपुथलकारी परिवर्तन भयो। राजनीतिक परिवर्तन भए पनि राजनीतिक स्थायित्व कायम हुन सकेन। जसले गर्दा विकास निर्माण र आर्थिक समृद्धिको क्षेत्र निकै पछाडि परेको छ।

फेरि अर्को चुनाव आउँदै छ। अब भने युवा पलायनका विषयमा गम्भीर हुन जरुरी छ। युवाहरूको विदेश पलायन राजनीतिक परिवर्तन भए पनि त्यसलाई संस्थागत गर्दै राजनीतिक स्थायित्वसहित देश विकासको अभियान शुरु नगर्दाको प्रतिफल हो। राजनीतिक दलहरुले चुनावका बेला युवाकेन्द्रीत कार्यक्रमहरु ल्याउन नसक्दा र युवाहरुलाई स्वदेशमै रोक्नका लागि उनीहरुको योग्यता, क्षमता र दक्षताको आरोपमा काम दिन नसक्दा युवाहरु दिन दुगुना रात चौगुना बाहिरिने क्रम बढ्दो छ ।

काठमाडौंको त्रिभुवन अन्र्तराष्ट्रिय विमानस्थलमा पुगेर केही घण्टा हेर्ने हो भने बैदेशिक रोजगारीका लागि सयौंको संख्यामा युवाहरु बाहिरिएका भेटिन्छन् । यो राष्ट्र र राष्ट्रबासी सबैका लागि अत्यन्तै दुःखद पक्ष हो । त्यसो त युवा विदेसिँदा देशमा रेमिट्यान्स बढ्छ भन्ने पनि भनाई छ, तर यसमा मात्रै चित्र बुझाउन सकिने अवस्था छैन । माथि नै भनियो, गाउँमा युवा छैनन्, अहिले गाउँहरू पूरै वृद्धाश्रमजस्ता देखिन्छन्। युवा जति विदेश पुगेका छन्। विदेशिएका युवाका छोराछोरीको अध्ययनका लागि श्रीमतीसहित सन्तानहरू बजार पसेका छन्। गाउँमा वृद्धवृद्धाहरूले कठिन श्रम गरेर जीवन निर्वाह गर्नुपर्ने बाध्यता छ।

जसले गर्दा खेती घटेर हरेक वर्ष बाँझो जमिन बढिरहेको छ। एकातिर हामी आत्मनिर्भर अर्थतन्त्रको कुरा गरिरहेका छौं, देशको पुनर्निर्माण र नवनिर्माणको कुरा गरिरहेका छौं भने अर्कोतिर सक्रिय जनसंख्याको रूपमा रहेका आधाभन्दा बढी युवाहरू विदेशमा छन्। अहिले भूकम्पप्रभावित क्षेत्रमा काम गर्ने जनशक्तिको अभाव देखिन थालिसकेको छ। फलस्वरुप, धादिङ्ग, गोर्खा, नुवाकोटलगायतका जिल्लामा त भारतबाट समेत मजदूर ल्याएर काम गर्न थालिएको छ । त्यसैले युवाहरूलाई स्वदेशमै आकर्षित गर्ने योजना ल्याउन निक्कै ढिला भै सकेको छ ।

सरकार र राजनीतिक पार्टीहरुले अब भोलिका दिनमा युवा शक्ति नुहँदा देशले भोग्ने गम्भीर प्रभावलार्ई मध्यनजगर गर्न अब ढिलो गर्नुहुन्न ।

मनमैजु ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

११ औं उडानमार्फत् १ सय ४८ जना नेपाली दोहाबाट काठमाडौं प्रस्तान ११ औं उडानमार्फत् १ सय ४८ जना नेपाली दोहाबाट काठमाडौं प्रस्तान

२०७७ असार २४ गते बुधबार

०८ जुलाई, २०२०दोहा, कतार । रोजगारी तथा अन्य विभिन्न...

लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण लकडाउनमा विद्यालयले शुल्क उठाएको प्रति नेविसंद्वारा सरकारको ध्यानाकर्षण

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०काठमाडौं । गत चैत्र ५ गतेदेखि मलुकभर...

तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह तत्काल भारत छाड्न आफ्ना नागरिकहरुलाई अमेरिकी विदेश मन्त्रालयको आग्रह

२०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१न्यूर्योक, अमेरिका । अमेरिकाले पछिल्ला दिनमा विश्वमै...

अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’ अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...

Top