Best Khabar Team | २०७६ मंशिर २७ गते शुक्रबार
१३ डिसेम्बर, २०१९
काठमाडौै बाल्यावस्थामा तस्करीमा परी उद्धार भई फर्किएका बालबालिकाहरुले काठमाडौंमा ‘सर्कस’ देखाउँदै छन् । उनीहरुको संरक्षका लागि भन्दै खोलिएका विभिन्न संघ संस्था र ‘सर्कस काठमाडौंको समन्वयमा जीन्दगीको उडान’ नाम दिइएको सर्कस देखाउन लागिएको हो । काठमाडौंमा आज पत्रकरा सम्मेलन गरी यो विषयमा जानकारी गराएको छ ।

‘राउण्ड टेबल १२’ का अध्यक्ष सज्जन अग्रवालले सर्कसमा सहभागीहरु विगतमा मानव तस्करीमा परेर उद्धार भई आएकाहरु हुने बताए । कार्यक्रममा ४७० विपन्न र आश्रित बालबालिकाहरु सहभागी हुने बताए । राउन्ड टेबुलको संयोजनमा प्रस्तुत हुने सर्कसबाट संकलित रकम बालिबालिकाको हितमा खर्च हुने ‘राउण्ड टेबल २५’ का अध्यक्ष साहिल अग्रवालले जानकारी गराए । राउण्ड टेबलले बालबालिकाको शिक्षा, स्वास्थ्य, पोषणलगायतका क्षेत्रमा टेवा पुग्ने कार्य गर्दै आएकोमा बाल्यावस्थामा पीडामा परेकाहरुलाई सहभागी गराई बालहितमा सर्कस आयोजना गर्न लागेको अग्रवालले बताए ।
उनले भने, ‘संकलित रकम बालबालिकाको हितमा खर्च गरिनेछ ।’ मानव तस्करीबाट निस्किएका बालबालिकाहरुद्धारा जागरुकता अभियान चलाउने र मानव तस्करीबाट बच्न सचेतना कार्यक्रम चलाउने बताए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
उदयपुर भुल्केका ८ जनामा कोरोना आशंका : थप परीक्षणका लागि स्वाब धरान पठाईयो
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८...
आवास पूर्ननिर्माणको अनुदान लिने अन्तिम मिति पुस १५ : प्राधिकरण
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । भूकम्पले घर भत्काएका वा क्षति...
युरोपमा कोरोनाको प्रभाव : बेल्जियम र लण्डन दुबै देशले सिमा ‘लकडाउन’ गर्दै
२०७६ चैत्र ४ गते मंगलबार
१७ मार्च, २०२० लिंकरोभर, बेल्जियम । पछिल्लो समयमा युरोपमा...
चैत्र १० देखि एक हप्ताका लागि दुबै छिमेकी देशसँगको सीमा नाका बन्द गरिने
२०७६ चैत्र ९ गते आइतबार
२२ मार्च, २०२०काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणको पूर्व...
Top