Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार
३० जुलाई, २०२०
ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना भाइरसको संक्रमणले स्वास्थ्यकर्मी र उनीहरुको परिवारका सदस्यहरुपनि प्रभावित बन्न थालेका छन् । पछिल्लो २४ घण्टामा बीरगञ्जमा भेटिएका ५३ जना कोरोा संक्रमितमध्ये ४ जना डाक्टर र स्वास्थ्यकर्मी तथा अन्य ११ जना चिकित्सकका परिवारका सदस्य रहेका छन् ।

बीरगञ्जस्थित नारायणी अस्पतालको क्वार्टरमा बस्दै आएका ११ जना स्वास्थ्यकर्मीका परिवारका सदस्यमा कोरोना संक्रमण देखिएसँगै कोरोनाले चिकित्सक र स्वास्थ्यकर्मीहरुमा संक्रमण फैलँदै गएको पुष्टि भएको छ । बीरगञ्जको नारायणी अस्पताल तथा आसपासका अन्य केही निजी अस्पताल र क्लिनिकमा काम गर्ने उनीहरुमा हालै गरिएको स्वाब परीक्षणको क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।
वीरगञ्जमा थपिएका ५३ मध्ये २ जना नेपाली सेनाका जवानहरु समेत रहेको र उनीहरु वीरगञ्जमा रहेको सेनाको ब्यारेकमा कार्यरत रहेको बताइएको छ । संक्रमितको संख्या बढ्दै गएपछि बीरगञ्ज र आसपास क्षेत्रका स्थानीय वासिन्दाले फेरि लकडाउन गर्न माग गरेका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
वीरगञ्जमा युवतीको शंकास्पद मृत्यु !
२०७७ बैशाख १४ गते आइतबार
२६ अप्रिल, २०२०काठमाडौं । पर्साको वीरगञ्जमा एक ‘शंकास्पद कोरोना...
५० यात्रुसहितको बिमान आकाशबाटै सम्पर्कविहिन
२०७७ पुष २५ गते शनिबार
०९ जनवरी, २०२१जाकर्ता, इन्डानेसिया । इन्डोनेसियामा श्रीविजया एयरलाईन्सको एउटा...
युरोपेली मुलुक साइप्रसमा नेपालीले गरे नेपालीको हत्या ((प्रत्यक्षदर्शीको बयानसहित)
२०७७ बैशाख २४ गते बुधबार
०६, मे, २०२०लिंकरोभर, बेल्जियम । युरोपेली मुलुक साइप्रसमा सामान्य...
हुम्लाको खर्पुनाथ गाउँपालिका उपाध्यक्षको शव २२ दिनपछि भेटियो, अरु ११ अझै वेपत्ता
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । जीप दुर्घटनामा परी विगत...
Top