बीरगञ्जमा भेटिएका ५३ जना संक्रमितमध्ये सेना, स्वास्थ्यकर्मी र उनीहरुको परिवार पनि

Best Khabar Team | २०७७ श्रावण १५ गते बिहिबार


३० जुलाई, २०२०
ठोरी, पर्सा । पछिल्ला दिनहरुमा बीरगञ्जमा कोरोना भाइरसको संक्रमणले स्वास्थ्यकर्मी र उनीहरुको परिवारका सदस्यहरुपनि प्रभावित बन्न थालेका छन् । पछिल्लो २४ घण्टामा बीरगञ्जमा भेटिएका ५३ जना कोरोा संक्रमितमध्ये ४ जना डाक्टर र स्वास्थ्यकर्मी तथा अन्य ११ जना चिकित्सकका परिवारका सदस्य रहेका छन् ।

बीरगञ्जस्थित नारायणी अस्पतालको क्वार्टरमा बस्दै आएका ११ जना स्वास्थ्यकर्मीका परिवारका सदस्यमा कोरोना संक्रमण देखिएसँगै कोरोनाले चिकित्सक र स्वास्थ्यकर्मीहरुमा संक्रमण फैलँदै गएको पुष्टि भएको छ । बीरगञ्जको नारायणी अस्पताल तथा आसपासका अन्य केही निजी अस्पताल र क्लिनिकमा काम गर्ने उनीहरुमा हालै गरिएको स्वाब परीक्षणको क्रममा कोरोना भाइरस संक्रमण पुष्टि भएको हो ।

वीरगञ्जमा थपिएका ५३ मध्ये २ जना नेपाली सेनाका जवानहरु समेत रहेको र उनीहरु वीरगञ्जमा रहेको सेनाको ब्यारेकमा कार्यरत रहेको बताइएको छ । संक्रमितको संख्या बढ्दै गएपछि बीरगञ्ज र आसपास क्षेत्रका स्थानीय वासिन्दाले फेरि लकडाउन गर्न माग गरेका छन् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित) उपत्यकासहित १३ जिल्ला अति संवेदनशील क्षेत्र : विद्यालयलगायतका स्थानमा नजान स्वास्थ्य मन्त्रालयलको अपिल (विज्ञप्तिसहित)

२०७८ बैशाख २ गते बिहिबार

१५ अप्रिल, २०२१काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशका १३...

५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह ५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

२०७७ श्रावण २ गते शुक्रबार

१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...

युएईको अस्पतालमा उपचाररत १ इटालीयनसहित दुई नेपाली कोरोना संक्रमणबाट मुक्त भए युएईको अस्पतालमा उपचाररत १ इटालीयनसहित दुई नेपाली कोरोना संक्रमणबाट मुक्त भए

२०७६ चैत्र १० गते सोमबार

२३ मार्च, २०२० अबुधावी । संयुक्त अरव इमिरेट्समा कोरोना...

सडक महोत्सवको निम्तो बाँड्न पोखराबाट सौरहासम्म सडक महोत्सवको निम्तो बाँड्न पोखराबाट सौरहासम्म

२०७६ मंशिर २९ गते आइतबार

१५ डिसेम्बर, २०१९ पोखरा । रेष्टुरेण्ट एण्ड बार एसोसियसन...

Top