Best Khabar Team | २०७७ माघ १२ गते सोमबार
२५ जनवरी, २०२१
पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा ७२ वर्षीय मार्सेलो रेबेलो दि सौसा चुनिएका छन् । हिजो सम्पन्न राष्ट्रपति चुनावमा आफ्ना ६ जना प्रतिद्वन्दीलाई पराजित गर्दै मार्सेलोले अत्याधिक बहुमतका साथ आगामी ५ वर्षको लागि राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गराएका हुन् । उनी दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएसँगै यहाँ रहेका लाखौं आप्रबासीहरु समेत खुसि देखिएका छन् ।

किनभने उनी आप्रबासीको हक हितमा काम गर्ने राष्ट्रपतिको रुपमा परिचति छन् । यसअघि सन् २०१६ को मार्च ९ का दिन उनी पहिलो पटक राष्ट्रपतिमा चुनिएका थिए । आगामी फेब्रअरीमा नयाँ राष्ट्रपति चयन भै सक्नुपर्ने कानुनी व्यवस्था अनुसार हिजो राष्ट्रपतिको चुनाव भएको थियो । कोरोना भाइरसको प्रकोपका कारण पोर्चुगलमा लकडाउन भै रहेको बेला सम्पन्न भएको चुनावमा मार्सेलोले आफ्ना अन्य ६ जना प्रतिद्वन्द्वीलाई भारी मतले पराजित गराएका छन् ।
उनले कुल मतको ६३ प्रतिशत ३ मत प्राप्त गरेका छन् । विगतमा उनी सोसियल डेमोक्रेटिक पार्टीका सभापति समेत भएका थिए । सन् १९९६ देखि १९९९ सम्म उनले सो पार्टीको सभापतिको रुपमा काम गरेका थिए । उनी यहाँका जनतामाझ निक्कै लोकप्रिय छन् । आम जनता देखि आप्रबासीसम्मले अत्यन्तै रुचाइएका मार्सेलोेको जिबनशैली अत्यन्तै सादगी रहेको छ । उनी आफैं किनमेलका लागि सपिङ्ग महलमा जाने तथा दुःख पाएका नागरिक र किसानलाई सहयोगका लागि मन बचन र कर्मबाटै लागिपर्ने गर्दछन् ।

त्यसका कारण उनी सँधैजसो यहाँका स्वदेशी तथा विदेशी सञ्चारमाध्यमको समाचार बनिरहेका हुनछन् । सन् १९४८ को डिसेम्बरमा जन्मिएका मार्सेलो हाल ७२ वर्षका भएका छन् । पोर्चुगलमा एकपटक राष्ट्रपति भएको व्यक्ति थप अर्को कार्यकालको लागि राष्ट्रपतिमा उम्मेद्वार बन्न पाउने कानुनी व्यवस्था छ ।
थप यो पनि पढ्नुहोस् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
देशैभरी माघेझरी, हिमाली जिल्लामा हिमपात, आइतबारदेखि मौसममा सुधार आउने
२०७६ माघ ३ गते शुक्रबार
१७ जनवरी, २०२०काठमाडौं । पश्चिमी बायुको न्यून चापीय प्रणाली...
काठमाडौं बानेश्वरका एक बृद्धको कोरोना संक्रमणका कारण निधन, संक्रमितको संख्या १५ हजार २ सय नाघ्यो
२०७७ असार १९ गते शुक्रबार
०३ जुलाई, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौंमा एकजना...
कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार
२०७७ जेठ २८ गते बुधबार
१० जुन, २०२०मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर...
ओली–प्रचण्ड नेतृत्वको नेकपा खारेजसँगै एमाले र माओवादी केन्द्रबीचको एकता संकटमा
२०७७ फाल्गुन २३ गते आइतबार
०७ मार्च, २०२१काठमाडौं । ऋषि कट्टेल नेतृत्वको नेपाल कम्युनिष्ट...
Top