पोर्चुगलको राष्ट्रपतिमा दोश्रोपटक पनि ७२ वर्षीय मार्सेलो निर्वाचित

Best Khabar Team | २०७७ माघ १२ गते सोमबार


२५ जनवरी, २०२१
पोर्तिमाउ, पोर्चुगल । युरोपेली मुलुक पोर्चुगलको राष्ट्रपतिमा ७२ वर्षीय मार्सेलो रेबेलो दि सौसा चुनिएका छन् । हिजो सम्पन्न राष्ट्रपति चुनावमा आफ्ना ६ जना प्रतिद्वन्दीलाई पराजित गर्दै मार्सेलोले अत्याधिक बहुमतका साथ आगामी ५ वर्षको लागि राष्ट्रपतिमा आफ्नो स्थान सुरक्षित गराएका हुन् । उनी दोश्रो कार्यकालका लागि राष्ट्रपतिमा निर्वाचित भएसँगै यहाँ रहेका लाखौं आप्रबासीहरु समेत खुसि देखिएका छन् ।

किनभने उनी आप्रबासीको हक हितमा काम गर्ने राष्ट्रपतिको रुपमा परिचति छन् । यसअघि सन् २०१६ को मार्च ९ का दिन उनी पहिलो पटक राष्ट्रपतिमा चुनिएका थिए । आगामी फेब्रअरीमा नयाँ राष्ट्रपति चयन भै सक्नुपर्ने कानुनी व्यवस्था अनुसार हिजो राष्ट्रपतिको चुनाव भएको थियो । कोरोना भाइरसको प्रकोपका कारण पोर्चुगलमा लकडाउन भै रहेको बेला सम्पन्न भएको चुनावमा मार्सेलोले आफ्ना अन्य ६ जना प्रतिद्वन्द्वीलाई भारी मतले पराजित गराएका छन् ।

उनले कुल मतको ६३ प्रतिशत ३ मत प्राप्त गरेका छन् । विगतमा उनी सोसियल डेमोक्रेटिक पार्टीका सभापति समेत भएका थिए । सन् १९९६ देखि १९९९ सम्म उनले सो पार्टीको सभापतिको रुपमा काम गरेका थिए । उनी यहाँका जनतामाझ निक्कै लोकप्रिय छन् । आम जनता देखि आप्रबासीसम्मले अत्यन्तै रुचाइएका मार्सेलोेको जिबनशैली अत्यन्तै सादगी रहेको छ । उनी आफैं किनमेलका लागि सपिङ्ग महलमा जाने तथा दुःख पाएका नागरिक र किसानलाई सहयोगका लागि मन बचन र कर्मबाटै लागिपर्ने गर्दछन् ।

तस्वीरहरु साभार : इन्टरनेट ।

त्यसका कारण उनी सँधैजसो यहाँका स्वदेशी तथा विदेशी सञ्चारमाध्यमको समाचार बनिरहेका हुनछन् । सन् १९४८ को डिसेम्बरमा जन्मिएका मार्सेलो हाल ७२ वर्षका भएका छन् । पोर्चुगलमा एकपटक राष्ट्रपति भएको व्यक्ति थप अर्को कार्यकालको लागि राष्ट्रपतिमा उम्मेद्वार बन्न पाउने कानुनी व्यवस्था छ ।

थप यो पनि पढ्नुहोस् ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला  प्रत्यारोपण हुँदै प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह शुक्रबार र शनिबार चट्याङ्सहित भीषण वर्षातको सम्भावना, सचेत रहन मौसमविद्को आग्रह

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०काठमाडौं । अरब सागरको दक्षिणपूर्वी भागबाट शुरु...

बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो,  संक्रमितको संख्या १ सय १५ पुग्यो बेलायतमा पहिलो पटक कोरोनाबाट एकको ज्यान गयो, संक्रमितको संख्या १ सय १५ पुग्यो

२०७६ फाल्गुन २२ गते बिहिबार

०५ मार्च, २०२० लण्डन । संयुक्त राज्य बेलायतमा पहिलोपटक...

प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर प्रदेशनम्बर १ का मुख्यमन्त्री विरुद्ध ‘यौन दुव्यवहार र घरेलु हिंसा’ मुद्दा दायर

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२काठमाडौं । दोलखा घर भएकी बालिका खड्का...

Top