Best Khabar Team | २०७६ चैत्र २२ गते शनिबार

पोर्तिमाउ । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको संक्रमणका कारण यतिबेला सिँगो विश्व लकडाउनको अवस्थामा पुगेको छ । विश्वका अधिकांश मानिसहरु यतिबेला घरभित्रै थुनिएका छन् भने कोरोनाबाट उत्पन्न संकट कहिलेसम्मका लागि जारी रहने हो भन्ने केही थाहा हुन सकेको छैन । कोरोनाका कारण युरोपेल नराम्ररी थला परेको छ ।
युरोपका विभिन्न देशमा कोरोनाका कारण दैनिक हजारौं मानिसहरुले ज्यान गुमाईरहेका छन् भने दशौं हजारको संख्या नयाँ संक्रमित फेला परेका छन् । यसको तुलनामा कोरोना संक्रमण निको भएर घर फर्कनेको संख्या न्यून छ । यसैमध्येको एक देश हो पोर्चुगल । यतिबेला सिँगो पोर्चुगल पनि कोरोनाको चपेटामा परेको छ । अरु बेला हुन्थ्यो भने यो समय (सामान्यतया अप्रिलदेखि) पर्यटकहरुको ओइरो लाग्ने बेला हो पोर्चुगलमा ।
तर यतिबेला पोर्चुगलका सबै होटल तथा रेस्टुरेन्ट बन्द भएका छन्, अत्यावश्यकीय सेवा प्रवाह गर्ने कार्यालय बाहेक अन्य ठाउँ लगभग सुनसान जस्तै बनेको छ भने मानिसहरु पनि आवश्यक काम बाहेक बाहिर निस्केका छैनन् । कोरोनाका कारण यो सामग्री तयार गर्दासम्म पोर्चुगलमा २ सय ६६ जनाले ज्यान गुमाइसकेका छन् भने १० हजार भन्दा बढी संक्रमित आइसोलेसनमा छन् । तर शनिबार एउटा अनौठो तस्वीर सार्वजनिक भयो ।
पोर्चुगलका राष्ट्रपति मार्सेलो रिबेलो दि सोउसा एक्कासी किसानको बारीमा पुगे । अनि कृषि कर्ममा खटिएका किसानसँग उनले केही भलाकुसारी समेत गर्न भ्याए, अनि किसानलाई सहानुभूति व्यक्त गरे । पर्यटन र कृषिमा आधारित युरोपेली मुलुकका राष्ट्रपतिले किसानका बारीमा पुगेका केही तस्वीरहरु यो घडीमा सबैका लागि अनुकरणीय हुने ठानेर हामीले यहाँ प्रस्तुत गरेका छौं ।







स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा
२०७७ पुष २३ गते बिहिबार
०७ जनवरी, २०२१टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका...
इजरायलमा रहेका नेपाली ल्याउन चार्टर विमान पठाइने, ५४ जना नेपालीलाई सुरक्षित ठाउँमा लगियो
२०८० आश्विन २३ गते मंगलबार
१० अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरायलमा रहेका नेपालीहरुलाई जतिसक्दो...
५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह
२०७७ श्रावण २ गते शुक्रबार
१७ जुलाई, २०२०काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा...
नेपालमा विदेशी उडान अप्रिल ३० सम्मका लागि रोकियो
२०७६ चैत्र २५ गते मंगलबार
०७ मार्च, २०२० काठमाडौं । सरकारले नेपालमा हुने अन्र्तराष्ट्रिय...
Top