जब हाफ कट्टुलगाएर ७१ वर्षका बयोबृद्द राष्ट्रपति सामान किन्न लाइनमा बसे….

Best Khabar Team | २०७७ जेठ ४ गते आइतबार


१७ मे, २०२०
पोर्तिमाउ, पोर्चुगल । विश्वभर कोरोना भाइरस (कोभिड १९) को संक्रमणले यतिबेला भयाबह रुप लिएको छ । कोरोनाका कारण लाखौं जनताले कोरोनाका कारण ज्यान गुमाईसकेका छन् भने अन्य लाखौं मानिसहरु कोरोनाको संक्रमणबाट जुधिरहेका छन् । यस्तै मध्येको एक युरोपेली देश हो पोर्चुगल । युरोपको पश्चिम भागको अन्तिम देशको रुपमा परिचित पोर्चुगल पनि यतिबेला कोरोनाका कारण नराम्ररी प्रभावित बनेको छ ।

तर यहाँको सरकारले कोरोना नियन्त्रणका लागि भगिरथ प्रयास जारी राखेका छन् । जसका कारण युरोपका अन्य देशको तुलनामा यो देशमा क्षति कम पुगेको छ । (आइतबार रातीको १० बजे यहाँको स्थानीय समय अनुसार कोरोनाबाट यहाँ हालसम्म २९ हजार ३६ जना संक्रमित बनेका छन् भने १ हजार २ सय १८ जनाको ज्यान गएको छ ।) यहाँका राष्ट्रपति हुन् वा प्रधानमन्त्री दिनहुँजसो आम सञ्चारका माध्यमबाट जनतालाई सम्बोधन गरिरहेका छन् । यहाँका जनताले आपत्कालीन अवस्थालाई राम्ररी पालना गरेका कारण अन्य युरोपेली मुलुकको तुलनामा यहाँ क्षति कम भएको समाचारहरु पनि सार्वजनिक भै रहेका छन् । राष्ट्रपति र प्रधानमन्त्रीले विभिन्न माध्यमबाट उनीहरुलाई धन्यावाद समेत दिइरहेका छन् ।

यद्यपि सोमबारबाट यहाँका रेस्टुरेन्ट, पसल तथा विद्यालयहरु पनि आंशिक रुपमा खुल्ला गर्ने तयारी सरकारले गरेको छ । यही क्रममा आइतबार पोर्चुगलका सञ्चारमाध्यमहरुमा एउटा तस्वीर सार्वजनिक भयो । जुन तस्वीरले यतिबेला सबैको ध्यान खिचिरहेको छ । एकजना बृद्ध हाफ कट्टुलगाएर कुनै सपिङ्ग सेन्टरमा सामान लिन पुगेको र सामानको पैसा तिर्नका लागि लाईनमा खडा भएको सो तस्वीरमा देख्न सकिन्छ । धेरैले यो तस्वीर सामान्य नागरिकको होला भनेर त्यति वास्ता गरेनन् । तर जव त्यो व्यक्तिको बारेमा रहस्य खुल्यो त्यसपछि सबैलाई यसले चकित तुल्याईदिएको छ ।

माथिको तस्वीरमा देखिएका मुखमा माक्स, कालो टिसर्ट र हल्का उज्यालो रंगको हाफ कट्टु लगाएका बृद्द व्यक्ति पोर्चुगलका ७१ वर्षका राष्ट्रपति मार्सेलो रेबेलो दि सुसा हुन् । आइतबार उनी यस्तो रुपमा सामान खरिद गर्ने पसलमा देखिए जुन एकजना सामान्य नागरिक भन्दा केही फरक थिएन । उनी आइतबार यहाँको सरकारले तोकेको मापदण्ड पुरागरी माक्स लगाएर सामाजिक दुरी कायम गर्दै पसलमा सामानको पैसा तिर्न लाइनमा आफ्नो पालो पर्खेर बसिरहेका देखिन्छन् । उनले दुबै हातले पछाडिपट्टी सामानको ट्रली समातेको तस्वीरमा स्पष्टै देखिन्छ । पोर्चुगलको राजधानी लिस्बनबाट करिब ४५ मिनेट पश्चिममा अवस्थित कासकाइसको एउटा डिमार्टमेन्टर स्टोरमा पुगेर राष्ट्रपति मार्सेलोले केही सामान खरिद गरेको पोर्चुगलबाट प्रशारण हुने टिभिआई २४ ले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ ।

त्यसो त मार्सेलो पहिलो पटक यसरी सामान्य रुपमा देखा परेका होइन । हमेसा उनी सादा जिवन र उच्च विचारका हिमायती हुन । कहिले किसानका खेतमा त कहिले असाहय जीवन विताई रहेकाहरुलाई सडकमै पुगेर मध्यरातमा कपडा तथा खाद्यन्न वितरण गर्ने काम पनि उनले गरिसकका छन् ।

अचम्मको कुरा के छ भने उनी यसरी सार्वजनिक जीवनमा उत्रँदासम्म धेरैलाई यसको जानकारी गराएर मिडियाबाजी गर्दैनन् । न त उनी दर्जनौं सुरक्षाकर्मीको घेरामा यी कामहरु गरिरहेका हुन्छन । त्यसैले युरोपेली मुलुक पोर्चुगलका यी ७१ वर्षका बयोबृद्ध राष्ट्रपतिको जीवनबाट हाम्रो जस्तो गरिब देशका राष्ट्रप्रमुखले धेरैकुरा सिक्नैपर्ने देखिन्छ ।

पोर्चुगलका राष्ट्रपति मार्सेलो केही साता अघि किसानको खेतमा पुगेर कृषिकर्मको बारेमा जानकारी लिएका थिए । त्यससम्बन्धी समाचार हेर्न तलको लिंक क्लिक गर्नुहोला ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति चिनियाँ राष्ट्रपतिको नेपाल भ्रमणका क्रममा २० बुँदे सहमति

२०७६ आश्विन २७ गते सोमबार

१४ अक्टोबर, २०१९ काठमाडौं । चिनियाँ राष्ट्रपति सि जिनपिङको...

कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य कोरोना संक्रमित पूर्वरानी कोमल शाहको आइसियुमा उपचार चल्दै, ज्ञानेन्द्र र प्रेरणाको अवस्था सामान्य

२०७८ बैशाख १६ गते बिहिबार

२९ अप्रिल, २०२१काठमाडौं । भारतमा आयोजित एउटा धार्मिक कार्यक्रममा...

२९ राउन्ड गोली लिएर विमान चढ्ने क्रममा पोखरामा शाही पक्राउ २९ राउन्ड गोली लिएर विमान चढ्ने क्रममा पोखरामा शाही पक्राउ

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० पोखरा । एतियरलाईन्सको विमान चढेर काठमाडौं...

लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने लिखित परिक्षा सकिएको १८ महिनासम्म ट्रायल दिन पाइने

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१काठमाडौं । सरकारले अबदेखि सवारी चालक अनुमति...

Top