‘मोबाइलमा भुलिँदै’ राष्ट्रपति सडकतर्फ अघि बढ्दा साइकल यात्रीले गरे खबरदारी !

Best Khabar Team | २०७७ जेठ १७ गते शनिबार


युरोपेली मुलुक पोर्चुगल, अनि यहाँका राष्ट्रपति मार्सेलो रिबेलो दि सौसा हरेक महिनाजसो सामाजिक सञ्जाल र सञ्चारमाध्यममा चर्चाको पात्र बनिरहन्छन् । यसरी चर्चामा आउन उनले न कुनै चर्का भाषणबाजी गर्दछन् न त जनतालाई खोक्रो आश्वासन देखाएर गुलिया नारा ओकल्दछन् । केही समयअघि मात्रै कोरोनाको कहरकैबीच एउटा सामान्य नागरिकको हैसियतमा सपिङ्ग सेन्टरमा लाइनमा भेटिएका राष्ट्रपति रिबेलोको चर्चा यो सातापनि एकपटक फेरि चलेको छ ।

राष्ट्रपति भएपनि जनजनको मन जित्ने र प्रेरणादायि कामगर्ने मार्सेलोलाई तर यसपटक जनताले सामान्य ढंगले सचेत गराएका छन् । पोर्चुगलका राष्ट्रपति मार्सेलो राजधानी लिस्बनबाट पश्चिम क्षेत्रमा पर्ने पर्टकीय शहर कासकाईस नजिकै सडकमा हिँडिरहेको दृश्यसहितको एउटा भिडियो सार्वजनिक भएको छ । ‘वन साइक्लिस्ट इन लिस्बन’ नामक युट्वु च्यानलले मे २९ मा अपलोड गरेको एउटा भिडियोमा राष्ट्रपति मार्सेलो सडकको बायाँतर्फ हिडिँरहेका हुन्छन् ।उनी हातमा रहेको मोबाइलमा भुलिँदै फुटपाथबाट सडकको साईकल लेनतर्फ अघि बढेको देखिन्छन् ।

त्यतिनै बेला पछाडिबाट साइकल यात्रीहरु सोही दिशातर्फ अघि बढिरहेका हुन् । उनीहरुले सडकको दृश्य कैद गर्नका लागि प्रयोग गरेको ‘गोप्रो क्यामेरा’ मा एकसुरमा साइकल लेनतर्फ अघि बढेका ती बृद्दलाई लाई स्पष्ट देख्न सकिन्छ । उनी माक्स लगाएर एकलै सडकमा हिँडिरहेका छन् । त्यति नै बेला साइकल यात्रीहरुले ‘क्विदादो’ (अर्थात् सावधान) भनिरहेको सुनिन्छ । यसरी सडकमा हिँड्ने ती बृद्द पोर्चुगलका राष्ट्रपति भएको थाहा पाएपछि उनीहरुले त्यो भिडियो युट्वबमा सार्वजनिक गरेका छन् । भिडियोमा साइकल यात्राका क्रममा साइकल लेनमा हिँडेका अन्य यात्रुहरुलाई पनि साइकलयात्रीले सचेत गराईरहेको देखिन्छ । यसैमध्येमा राष्ट्रपति समेत रहेका छन् ।

त्यसपछि यो भिडियो सामाजिक सञ्जाल र यहाँका मिडियाहरुमा भाइरल बनेको छ । भिडियोमा कमेन्ट गर्दै कतिपयले साइकल चालकहरुलाई साइकल लेनमा हिड्न दिनुपर्नेमा राष्ट्रपतिले होसियारी नअपनाएको भन्दै केही गुनासो पोखेका छन् । । कतिपयले भने राष्ट्रपतिको अत्यन्तै सरल जीवनशैलीको खुलेर प्रसंशा गरेका छन् । प्रस्तुत भिडियोमा राष्ट्रपति मार्सेलो कुनै सुरक्षाकर्मी विना सडकमा देखिएका छन् । विगतमा पनि राष्ट्रपतिले रेस्टुरेन्टमा पुगेर खाना बाँड्ने, घरबार बिहिनलाई मध्यरातमा सडकमै खाद्यान्न पु-याउने, किसानको खेतबारीमा पुगेर कृषिकर्म गर्नेजस्ता जनस्तरबाट प्रशंसनीय काम गर्दै आएका छन् ।

उनको सादा जीवन उच्च विचारको जीवनशैलीबाट नेपाल जस्तो गरिब देशमा ‘विलासिता’को जीवन विताईरहेका जननिर्वाचित राष्ट्रपतिले धेरैकुरा सिक्न सक्नेछन् ।

भिडियो हेर्न तलको लिंकमा क्लिक गर्नुहोला ।

पोर्चुगलका राष्ट्रपति मार्सोलो बारे थप समाचार तलको लिंकमा क्लिक गरी हेर्न सक्नुहुनेछ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’ विश्व स्वास्थ्य संगठन भन्छ : ‘एडस् जस्तै कोरोना भाइरस पनि सँधै जीवित रहनसक्छ’

२०७७ जेठ १ गते बिहिबार

१४ मे, २०२०जुरिच, स्वीट्जरल्याण्ड । विश्वव्यापी महामारीको रुपमा फैलिएको...

अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय अगस्ट महिना (भदौ १५ सम्म) भर आन्तरिक तथा बाह्य हवाई सेवा बन्द गर्ने सरकारको निर्णय

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले यसअघि गरेको निर्णयलाई पुर्नविचार...

अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन अफ्रिकी मुलुक बुरुन्डीका राष्ट्रपतिको हृदयघातका कारण निधन

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०जितेगा, बुरुन्डी । मध्य अफ्रिकी राष्ट्र बुरुन्डीका...

जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर) जेन-जीको आन्दोलनका क्रममा ज्यान गुमाएकाहरुको सम्झनामा लक्जेम्बर्गमा मैनबत्ती प्रज्ज्वलन (फोटो फिचर)

२०८२ भाद्र २५ गते बुधबार

१० सेप्टेम्बर, २०२५बेट्टेम्बर्ग, लक्जेम्बर्ग । नेपालमा व्याप्त भ्रष्टाचार तथा...

Top