पेट्रोलियम पदार्थको मूल्य समायोजन

Best Khabar Team | २०७६ असार १ गते आइतबार


१६ जुन, २०१९
काठमाडौं । नेपाल आयल निमगले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नियमित रुपमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट समायोजन गर्दै आएको निगमले यो पटक पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।

भारतीय आयल कर्पोरेशनले मूल्य घटेको नयाँ सूची पठाएपछि नेपाल आयल निगमले पनि मूल्य घटाएको निगम स्रोतको भनाई छ । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँको मूल्य घटाएको छ । नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँमा कारोबार हुने छ ।

आयल निगमले निकालेको विज्ञप्ति

यसअघि पेट्रोलको मूल्य ११० रुपैयाँ थियो । यस्तै, डिजेल तथा मट्टीतेल प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ। यद्यपि खाना पकाउने एलपी ग्याँसको मूल्य भने समायोजन भएको छैन ।

आयल निगमका अनुसार नेपालमा आयत हुने पेट्रोलियम पदार्थको सत प्रतिशत हिस्सा भारतीय आयल कर्पोरेशनमै निर्भर हुने भएकोले भारतमा हुने पेट्रोलियम पदार्थको मूल्य घटबढले नेपालमा प्रत्यक्ष असर गर्ने गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क लक्जेम्बर्ग : दुनियाँको पहिलो देश, जहाँ हुँदैछ सार्वजनिक यातयात निःशुल्क

२०७६ फाल्गुन १३ गते मंगलबार

२५ फेब्रुअरी, २०२० पि.एल ‘तरंग’लिंकरोभर, बेल्जियम । तपाईँ बसेको...

Nepal Visit Year-2020 : Jungle Safari Open At Banke National Park Nepal Visit Year-2020 : Jungle Safari Open At Banke National Park

२०७६ मंशिर २३ गते सोमबार

09 Dec,2019 Banke, Jungle safari has been kept open...

विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन विद्यालयहरु तत्काल नखुल्ने, विद्यार्थी भर्ना पनि भदौ १५ सम्म नगर्न सरकारको निर्देशन

२०७७ श्रावण २६ गते सोमबार

१० अगस्ट, २०२०काठमाडौं । सरकारले कोरोना भाइरस संक्रमणलाई मध्यनजर...

अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै अमेरिकाको न्यूर्योकमा २ जना नेपालीमा कोरोना संक्रमण, अस्पतालमा उपचार हुँदै

२०७६ चैत्र १५ गते शनिबार

२८ मार्च, २०२ न्यूर्योक । अमेरिकाको न्यूर्योकमा रहेका २...

Top