Best Khabar Team | २०७६ असार १ गते आइतबार
१६ जुन, २०१९
काठमाडौं । नेपाल आयल निमगले आज मध्यरातदेखि लागू हुने गरी पेट्रोलियम पदार्थको मूल्य घटाएको छ । नियमित रुपमा पेट्रोलियम पदार्थको मूल्य स्वचालित प्रणालीबाट समायोजन गर्दै आएको निगमले यो पटक पेट्रोल, डिजेल र मट्टितेलको मूल्य घटाएको हो ।
भारतीय आयल कर्पोरेशनले मूल्य घटेको नयाँ सूची पठाएपछि नेपाल आयल निगमले पनि मूल्य घटाएको निगम स्रोतको भनाई छ । निगमले आजराति १२ बजेदेखि लागू हुनेगरी पेट्रोल, डिजेल र मट्टितेलमा प्रति लिटर दुई दुई रुपैयाँको मूल्य घटाएको छ । नयाँ मूल्य सूची अनुसार पेट्रोल प्रतिलिटर १ सय ८ रुपैयाँमा कारोबार हुने छ ।

यसअघि पेट्रोलको मूल्य ११० रुपैयाँ थियो । यस्तै, डिजेल तथा मट्टीतेल प्रतिलिटर ९६ रुपैयाँ ५० पैसामा उपलब्ध हुनेछ। यद्यपि खाना पकाउने एलपी ग्याँसको मूल्य भने समायोजन भएको छैन ।
आयल निगमका अनुसार नेपालमा आयत हुने पेट्रोलियम पदार्थको सत प्रतिशत हिस्सा भारतीय आयल कर्पोरेशनमै निर्भर हुने भएकोले भारतमा हुने पेट्रोलियम पदार्थको मूल्य घटबढले नेपालमा प्रत्यक्ष असर गर्ने गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कराँचीमा विमान दुर्घटनामा बाँचेका व्यक्ति भन्छन् : ‘आगो बाहेक केहि देखिनँ’
२०७७ जेठ १० गते शनिबार
सिँगो विश्व यतिबेला कोरोना भाइरसको संक्रमण र त्यसबाट उत्पन्न...
जलवायु पविर्तनसम्बन्धी कुम्भमेला मड्रिडमा शुरु, करिब २ सय देशका प्रतिनिधि सहभागी
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९मड्रिड । युरोपेली मुलुक स्पेनको पर्यटकीय सहर...
तमु समाज लक्जम्बर्गले मनायो २६१० औ तमु ल्होछार
२०८२ पुष ११ गते शुक्रबार
२६, डिसेम्बर, २०२५लक्जम्बर्ग । गुरुङ्ग समुदायमा नयाँवर्षको रुपमा मनाईने...
तीर्थयात्रा गएका ६ नेपालीको भारतमा भएको बस दुर्घटनामा मृत्यु, २० घाइते
२०७६ फाल्गुन ८ गते बिहिबार
२०, फेब्रुअरी, २०२० नयाँदिल्ली । दक्षिणी भारतको तामिलनाडु राज्यमा...
Top