सेप्टेम्बर ११, १९ वर्षअघि अमेरिकाको कालो दिन !

Best Khabar Team | २०७७ भाद्र २६ गते शुक्रबार


११ सेप्टेम्बर, २०२०
न्यूर्योक, अमेरिका । आज सेप्टेम्बर ११ । विश्वको सर्वशक्तिमान सम्पन्न मुलुक अमेरिकामा आतंककारी आक्रमण भएको १९ वर्ष पुरा भएको छ । विश्वलाई नै आश्चर्य तथा आतंकित बनाउने उद्देश्यले सन् २००१ को सेम्टेम्बर ११ का दिन आतंककारीहरुले अमेरिकाको न्यूर्योकमा रहेको ट्वीन टावर (वर्ड ट्रेड सेन्टर) मा जहाज ठोक्काएको दिन । विश्वलाई आतंकित बनाउने उद्देश्यले १९ वर्षअघि भएको यो घटना पछि अमेरिकीहरुले सेप्टेम्बर ११ लाई कालो दिनको रुपमा लिने गरेका छन् ।

अमेरिकी समय अनुसार सन् २००१ को सेप्टेम्बर ११ तारिखका दिन बिहान करिब पौने ९ बजे अलकायदा नामक आतंककारी संगठनले अमेरिकी एयरलाईन्सको विमानलाई अपहरण गरी न्यूर्योकको आकर्षण र इज्ज्यको रुपमा रहेको वर्ड टे«ड सेन्टरस्थित ट्वीन टावरमा लगेर ठोक्काएका थिए । आतंकबाद विरुद्ध लड्ने हरेक राष्ट्र र नागरिकहरुले यो दिनलाई काला ेदिनको रुपमा लिने गरेका छन् ।

अमेरिकाको न्यूर्योकको आकर्षण र पहिचान बोकेको वर्ल्ड ट्रेड सेन्टरमा आतंककारीहरुले विमान ठोक्काएर गरेको आक्रमणमा सयौंको ज्यान गएको थियो भने अबौंको क्षति भएको थियो । सँधै झकिझाउ पूर्ण देखिने सो पर्यटकीय ‘हिरा’ आतंककारीहरुले गरेको आक्रमणका कारण केहीबेरमै भग्नावशेष र खरानीमा परिणत भएको थियो । आतंककारीहरुले २ वटा विमानलाई नर्थ टावर र साउथ टावरमा लगेर ठोक्काएका थिए भने बाँकी दुईवटालाई पेन्टागन र सोही राज्यको जंगलमा लगेर खसालेका थिए ।

जसमा करिब ३ हजार जनाले ज्यान गुमाएका थिए । आक्रमणकारीहरुले ४ वटा विमानलाई अपहरण गरेकोमा दुईवटा विमानलाई ट्वीन टावरमा ठोक्काएर क्रुरतापूर्ण कार्य गरेका थिए । १९ वर्षपछि पनि सो दिनलाई अमेरिकीहरुले त्रासदिपूर्ण दिनको रुपमा स्मरण गरिरहेका हुन्छन् । बिहान सबेरै मानिसहरु आफ्नो दैनिक कामकाजमा जाने क्रममै रहेका बेला सो आक्रमण भएको थियो ।

त्यसपछि अमेरिकाले विश्वभरबाट आतंबादलाई परास्त गर्नका लागि एउटा दृढ अठोटका साथ अभियान चलायो र धेरै हदसम्म अमेरिकाले सफलता समेत पाएको छ । सेप्टेम्बर ११ को घटनापछि अहिले विश्वभर नै विमान तथा उडान सुरक्षामा व्यापक सावधानी तथा सजगता अपनाउन थालिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो उपत्यकामा १२७ सहित देशभर ५२५ जना कोरोना संक्रमित थपिए, मृतकको संख्या ९५ पुग्यो

२०७७ श्रावण २९ गते बिहिबार

१३ अगस्ट, २०२०काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौं उपत्यकामा...

झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै झण्डै ७५ सय भूकम्पपीडित लाभग्राहीको सूचीमा थपिँदै

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९काठमाडौं । राष्ट्रिय पुनर्निर्माण प्राधिकरण, कार्यकारी समितिको...

बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान बेलायतमा कोरोना : अर्का नेपालीको निधन, कास्की घान्द्रुकका गुरुङ्गले गुमाए अस्पतालमा ज्यान

२०७७ बैशाख १ गते सोमबार

१३ अप्रिल, २०२० लण्डन । बेलायतमा कोरोनाको संक्रमणबाट पूर्व...

कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित) कुबेतमा जमिन भत्किँदा ४ नेपालीको मृत्यु, ३ घाइते (घटनास्थलको भिडियोसहित)

२०७६ फाल्गुन १ गते बिहिबार

१३ फेब्रुअरी, २०२० कुबेत । कुवेतमा निर्माणाधिनस्थलको जमिन भत्किँदा...

Top