पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन

Best Khabar Team | २०७६ माघ २७ गते सोमबार


१०, फेब्रुअरी, २०२०
काठमाडौं । ५० र ६० को दशकमा चर्चित पप गायकको रुपमा छबी बनाउन सफल गायक सञ्जीप प्रधानलाई पितृशोक परेको छ । संगीतकारसमेत रहेका गायक सञ्जीपका बुबा गणेशभक्त प्रधानको २ दिनअघि काठमाडौंमा निधन भएको बताइएको छ ।

७६ वर्षका गणेशभक्त पछिल्लो समयमा कब्जियतको समस्याबाट पीडित हुनुहुन्थ्यो । केही समयअघि उहाँको आन्द्राको शल्यक्रिया समेत गरिएको थियो । तर त्यसको केही समयपछि नै उहाँको निधन भएसँगै सिँगो परिवार शोकमा डुबेको छ । स्वर्गीय संगीतकार गणेशभक्तका छोरा एवं गायक सञ्जिप र बुहारी सरिष्मा अमात्य हाल अमेरिकामा बसोबास गर्दै आइरहेका भएपनि गायक सञ्जिप भने केही समयअघिदेखि नेपालमै रहेर बुबाको रेखदेखमा व्यक्त थिए । नेपालको संगीतिक इतिहाँसमा स्वर्गीय गणेशभक्तको नाम फरक ढंगले लेखिएको छ ।

उहाँले आफ्ना पालमा भारतको कोलकत्तासम्म पुगेर गीत रेकर्ड गराएको प्रमाण भेटिएको छ । विक्रम सम्वत२०३० ताका रेडियो नेपाल र भारतको एचएमभीमा समेत स्वर्गीय प्रधानले दर्जनौं गीतहरु रेकर्ड गराएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा...

लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने लकडाउनमा थप कडाई, पास नलिएका सवारी साधन चलाउन नपाईने

२०७७ बैशाख १५ गते सोमबार

२७ अप्रिल, २०२०काठमाडौं । सरकारले लकडाउनको नियम उल्लंघन गरेर...

क्वात्रालाई राजदूतका रुपमा नेपाल पठाउने तयारी क्वात्रालाई राजदूतका रुपमा नेपाल पठाउने तयारी

२०७६ माघ १ गते बुधबार

१५ जनवरी, २०२० नयाँदिल्ली । भारतले नेपालका लागि नयाँ...

काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य काठमाडौं छिर्ने नाकामा थप कडाई : रुघाखोकी तथा ज्वरो आएमा पिसिआर अनिवार्य

२०७७ चैत्र १८ गते बुधबार

३१ मार्च, २०२१काठमाडौं । छिमेकी मुलुक भारतमा कोरोना संक्रमितको...

Top