पुराना संगीतकर्मी तथा गायक सञ्जीप प्रधानका बुबा गणेशभक्तको निधन

Best Khabar Team | २०७६ माघ २७ गते सोमबार


१०, फेब्रुअरी, २०२०
काठमाडौं । ५० र ६० को दशकमा चर्चित पप गायकको रुपमा छबी बनाउन सफल गायक सञ्जीप प्रधानलाई पितृशोक परेको छ । संगीतकारसमेत रहेका गायक सञ्जीपका बुबा गणेशभक्त प्रधानको २ दिनअघि काठमाडौंमा निधन भएको बताइएको छ ।

७६ वर्षका गणेशभक्त पछिल्लो समयमा कब्जियतको समस्याबाट पीडित हुनुहुन्थ्यो । केही समयअघि उहाँको आन्द्राको शल्यक्रिया समेत गरिएको थियो । तर त्यसको केही समयपछि नै उहाँको निधन भएसँगै सिँगो परिवार शोकमा डुबेको छ । स्वर्गीय संगीतकार गणेशभक्तका छोरा एवं गायक सञ्जिप र बुहारी सरिष्मा अमात्य हाल अमेरिकामा बसोबास गर्दै आइरहेका भएपनि गायक सञ्जिप भने केही समयअघिदेखि नेपालमै रहेर बुबाको रेखदेखमा व्यक्त थिए । नेपालको संगीतिक इतिहाँसमा स्वर्गीय गणेशभक्तको नाम फरक ढंगले लेखिएको छ ।

उहाँले आफ्ना पालमा भारतको कोलकत्तासम्म पुगेर गीत रेकर्ड गराएको प्रमाण भेटिएको छ । विक्रम सम्वत२०३० ताका रेडियो नेपाल र भारतको एचएमभीमा समेत स्वर्गीय प्रधानले दर्जनौं गीतहरु रेकर्ड गराएका थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो

२०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...

४ महिनादेखि बन्द देशभरको सार्वजनिक यातयात आगामी बिहीबारबाट सञ्चालन गर्ने व्यवसायीको निर्णय ४ महिनादेखि बन्द देशभरको सार्वजनिक यातयात आगामी बिहीबारबाट सञ्चालन गर्ने व्यवसायीको निर्णय

२०७७ श्रावण ६ गते मंगलबार

२१ जुलाई, २०२०काठमाडौं । अन्ततः लामो समयको छलफलपछि यातयात...

रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी रुसको मस्कोमा एक सांगीतिक कार्यक्रममा आतंककारी आक्रमण : ४० को मृत्यु, सयौं घाइते – आइएसआइएसले लियो घटनाको जिम्मेबारी

२०८० चैत्र ९ गते शुक्रबार

२२ मार्च, २०२४लिंकरोभर, बेल्जियमरुसको राजधानी मस्कोमा रहेको एउटा कन्सर्टस्थलमा...

नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी नेपाललाई सैन्य अखडा बनाउन एमसीसी सम्झौता : क्रान्तिकारी माओवादी

२०७६ माघ ४ गते शनिबार

१८ जनवरी, २०२०काठमाडौं । मिलेनियम च्यालेञ्ज कम्प्याक्ट अर्थात् एमसीसी...

Top