काठमाडौं उपत्यकामा ५ सहित देशभर थपिए २७ संक्रमित, कुल संक्रमितको संख्या ४०२ पुग्यो, ३६ जिल्ला प्रभावित

Best Khabar Team | २०७७ जेठ ६ गते मंगलबार


१९ मे, २०२०
काठमाडौं । काठमाडौं उपत्यका भित्र रहेका काठमाडौं, ललितपुर र भक्तपुरमा ५ जनासहित देशका विभिन्न जिल्लामा २७ जना कोरोना संक्रमित थपिएका छन् । स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार काठमाडौंमा ३ जना, ललितपुर र भक्तपुरमा एक एक जनामा कोरोना संक्रमण पुष्टि भएको हो ।

मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार उनीहरुको सम्कर्पमा रहेकाहरुको बारेमा स्वास्थ्यकर्मीहरुले जानकारी लिने काम अघि बढाएका छन् । यस्तै उपत्यका बाहिर झापामा ९, मोरङमा १, सुनसरीमा १, सर्लाहीमा २, मकवानपुरमा १, रामेछाप १, सिन्धुली १, लमजुङ १, नवलपरासी १ र कपिलवस्तुमा ४ जना नयाँ कोरोना संक्रमित थपिएका हुन्। अब देशका ३६ जिल्लामा कोरोना संक्रमण देखिएको मन्त्रालयले जनाएको छ ।

संक्रमितहरु सबैको अवस्था सामान्य रहेको बताइएको छ । हालसम्म कोरोनाका कारण देशभर ४ सय २ जना संक्रमित भएका छन् । ती मध्ये ३७ जना उपचारपछि घर फर्केका छन् भने २ जनाको मृत्यु भएको छ । सरकारले कोरोना नियन्त्रणका लागि भन्दै आगामी जेठ २० गतेसम्मका लागि देशभर लकडाउनको घोषणा गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक काठमाडौं उपत्यकामा एकैपटक १७ जनामा कोरोना संक्रमण देखियो, संक्रमितमध्ये २ जना चिकित्सक

२०७७ असार १७ गते बुधबार

०१ जुलाई, २०२०काठमाडौं । देशको राजधानी काठमाडौं उपत्यकामा पछिल्लो...

चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका चीनतर्फबाट सामान ल्याउने गरी ६ महिना पछि एकतर्फी खुल्यो रसुवागढी नाका

२०७७ असार २२ गते सोमबार

०६ जुलाई, २०२०धुन्चे । चीनले केही कन्टेनर सामान ल्याइदिएसँगै...

सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना सिमा अतिक्रमणको विरोधमा काठमाडौंस्थित भारतीय दुताबास अगाडि धर्ना

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भारतीय पक्षले नेपाल भारत...

नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’ नेपाली टोलीलाई अमेरिकाको सिटी अफ अर्भिङ्गको ‘आत्मिय स्वागत’

२०७६ पुष १ गते मंगलबार

१७ डिसेम्बर, २०१९ वासिङ्टन । अमेरिकाको टेक्ससस्थित सिटी अफ...

Top