Best Khabar Team | २०७६ फाल्गुन ११ गते आइतबार

२३ फेब्रुअरी, २०२०
सोल । दक्षिण कोरियामा पछिल्लो केहीदिनयता तीव्र गतिमा फैलिरहेको कोरोना भाइरसबाट बच्नका लागि सिओलस्थित नेपाली दूतावासले यहाँ रहेका हजारौं नेपालीलाई विशेष आग्रह गरेको छ । चीनको हुवाई प्रान्तबाट फैलिएको कोरोनाले हाल दक्षिण कोरियाका विभिन्न शहरमा महामारीको रुप लिएपछि दूतावासले यहाँ रहेको सबै नेपालीहरुलाई विशेष सावधानी अपनाउन भनेको हो ।
दूतावासले अनावश्यक रुपमा भीडभाडमा नजान, मास्कको प्रयोग गर्न र कुनै लक्षण देखिए तत्काल नजिकको स्वास्थ्य संस्थामा उपचार गराउन नेपालीहरुलाई भनेको छ । दक्षिण कोरियामा अहिलेसम्म कोरोना भाइरसका कारण २ जनाले ज्यान गुमाएका छन् भने करिब पाँच सय जनामा यसको संक्रमण देखिएको छ ।
संक्रमण बढ्दै गएपछि दक्षिण कोरियाली सरकारले यहाँका करोडौं मानिसलाई घरबाहिर नस्किन र सुरक्षा सतर्कता अपनाउन भनेको छ । रोजगारीका लागि हाल दक्षिण कोरियामा करिब ४० हजार नेपाली कार्यरत रहेको बताइएको छ । तत्काल उनीहरुले सुरक्षा सावधानी नअपनाउने हो भने चीनमा जस्तै कोरोनाले महामारीको रुप लिएमा उनीहरुलाई नेपाल फर्काउन निक्कै कठिन हुने देखिन्छ ।
चीनबाट फैलिएको कोरोनाका कारण हालसम्म विश्वका ३० देशमा विरामी परेका छन् भने पछिल्लो केहीदिन यता दक्षिण कोरियामा यसले महामारीको रुप लिएको छ । चीनमा कोरोनाका कारण हालसम्म करिब २ हजार ३ सय जनाले ज्यान गुमाईसकेका छन् भने ८० हजारमा यसको संक्रमण देखिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
५ बुँदे सहमतिमा टुंग्याईयो उखु किसानको काठमाडौं केन्द्रीत आन्दोलन
२०७६ पुष १८ गते शुक्रबार
०३ जनवरी, २०२०काठमाडौं । चिनी मिललाई दिइएको उखुको बक्यौता...
गोकुल बास्कोटाविरुद्ध अख्तियारमा उजुरी
२०७६ फाल्गुन ११ गते आइतबार
२३ फेब्रुअरी, २०२० काठमाडौं । निर्वतमान सञ्चारमन्त्री गोकुल बास्कोटाविरुद्ध...
नेपालमा अर्का एक युवकमा कोरोना संक्रमण पुष्टि : संक्रमितको संख्या २ पुग्यो
२०७६ चैत्र १२ गते बुधबार
२५ मार्च, २०२० काठमाडौं । केही साता अघि खाडी...
पोर्चुगलको चर्चित बैंक ‘स्टेन्डर्ड टोटा’ का अध्यक्ष मुन्तेइरुको कोरोना संक्रमणबाट ज्यान गयो, स्पेनमा २१ वर्षका फुटबल प्रशिक्षकको पनि कोरोनाकै कारण निधन
२०७६ चैत्र ५ गते बुधबार
१८ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोनाको संक्रमणबाट यहाँस्थित एक...
Top