Best Khabar Team | २०७६ मंशिर २९ गते आइतबार
–झलक थापा
बहुसंख्यक मान्छेहरू नै गरिब, दुखी, मजदुर, किसान, विभिन्न जातजातिको भएकोले तनावपूर्ण अवस्थाको समाधान भनेको राज्यबाट नै हुनुपर्छ। यसमा दुईमत हुनै सक्दैन। तर राज्यको उत्पादन, वितरण, सम्बोधनको व्यवस्थापन र कार्य परिचालन नै निराशाजनक छ। विकास, आर्थिक समृद्धि अबको नारा हुनुपर्छ भनेर फलाक्ने नेता–कार्यकर्ताको बहुमतको शासन व्यवस्था हुँदा पनि सुरक्षित पिउने पानीको व्यवस्थित प्रबन्ध राज्यबाट हुन सकेको छैन।

जलस्रोतको अपार भण्डार भएको देशमा बिजुली उत्पादनको ठेक्का लिने निर्माण व्यवसायीहरूसँग आर्थिक लाभ लिने अप्रत्यक्ष चलखेल, समयमा निर्माण नगर्ने र असमान वितरणका गतिविधिले भारतबाट बिजुली खरिद गर्नुपरेको अवस्था छ।
त्यस्तै पुलपुलेसा, बाटोघाटोको निर्माण गर्नेरगराउने, ठेक्का दिने सरकारमा बस्नेहरू, जो आर्थिक लाभ लिने र भ्रष्टाचारी गतिविधि गर्नेहरू, उद्योगी व्यवसायीसँगको मिलोमतो, कमसल सामान उत्पादन गर्ने र भाउ तोक्ने, राजस्व बुझाउने खेलमा आर्थिक लाभ लिने, भन्सारमा छुट दिने कार्यमा संलग्नहरूबाट नै मुलुक अधोगतिमा गइरहेको छ। यसले गर्दा देशको ढुकुटी कमजोर हुँदै गएको छ। जनताले निःशुल्क शिक्षा, स्वास्थ्य पाउनुको बदलामा महँगो खर्च गर्न बाध्य भएका छन्।
भन्न मन लाग्छ, ‘सालीन र भद्र पहिरनमा सरकारमा बसेका मन्त्री, कर्मचारीहरू, पार्टीका नेता–कार्यकर्ताहरू, जो महँगो रक्सी खाने, विलासितामा रमाउने, भ्रष्टाचार गरी अकूत कमाउने कार्यमा संलग्न छन्, ती राक्षसी मान्छे हुन्।’
राज्य, स्थानीय सरकारले अब स्वास्थ्य प्रवद्र्धन हुने योग र ध्यानको बाटो सिकाउन सक्नुपर्छ। रोजगार, बिजुली, सुरक्षित पिउने पानी, ढल निकास, सरसफाइ, चेतना जगाउने शिक्षा र सामान्य स्वास्थ्य उपचार निःशुल्क बनाउनै पर्।
खाद्यान्न तरकारी, फलफूल खाने तेल, आदि सस्तोमा उपलब्ध गराउन सक्नुपर्छ। बाटोघाटो, पुलपुलेसा छिटो निमार्णमा ध्यान दिनुपर्छ, असारे विकास र खर्च, एक महिना बिग्रिने भत्कने खालको होइन।
शिक्षित, बुद्धिजीवी, व्यापारी, उद्योगी, पार्टीका राम्रा नेता–कार्यकर्ता, कर्मचारी, धार्मिक संस्थामा लाग्नेहरूले पनि बुद्ध र रामदेवजस्ता कर्मवादी सेवा, सद्भाव, सहयोग र विश्वासको सम्बन्ध बनाउने योग अवलम्बन गर्नुपर्छ।
आफ्नो श्वास, मुटुको धुकधुकी, कम्पन, विचार भाव जस्तो भए पनि स्वीकार गरी जस्ताको तस्तै शाक्षी भावमा हेर्ने, अवलोकन गर्ने साहस बनाएर बिहान–बेलुका साध्नुपर्छ। बुद्धको पञ्चशील, अष्टशील, पतञ्जलिका अष्टयोग साधना आदि धारण गरी विपश्यना साधनालाई गर्ने हो भने माग्ने, चोर्ने, ढाँट्ने भिखारी सोच र विचारबाट मुक्ति पाइन्छ।
व्यक्तित्व विकास, समृद्धि प्राप्त गर्न सकिन्छ। अहिलेकोे निकम्मा एकेडेमिक शिक्षाले केही दिएन र दिन्न। व्यावसायिक प्रेरणादायी चेतना जगाउने योग, धारणा र ध्यानको शिक्षा विद्यालय, क्याम्पस, संघसंस्थामा सिकाइनुपर्छ। सिकाउने संयन्त्रको विकास गरिनुपर्छ। यस्तो नगर्ने हो भने हाम्रो हित हुनेछैन।
(नयाँ बानेश्वर काठमाडौं)
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
काजकिस्तानमा उडिरहेको विमान घरमाथि बज्रँदा १४ को ज्यान गयो
२०७६ पुष ११ गते शुक्रबार
२७ डिसेम्बर, २०१९नूरसुल्तान । काजकिस्तानमा आज भएको यात्रुबाहक विमान...
उपत्यकासहित ९ जिल्लामा सक्रिय संक्रमित ५ सय बढी : जुनसुकै बेला लकडाउन हुनसक्ने
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । काठमाडौं उपत्यकाका तीनसहित देशभरका ९...
सोमबार थप २४४५ जनामा कोरोना संक्रमण, निको हुनेको संख्या पनि उल्लेख्य
२०७८ श्रावण ४ गते सोमबार
१९ जुलाई, २०२१काठमाडौं । पछिल्लो २४ घण्टामा देशभर थप...
बेलायतबाट नेपाल फर्कन चाहनेको संख्या ३९१ पुग्यो : जागीर गुमाएकादेखि विद्यार्थी भिषामा आएकाहरुसमेत फर्कनेको सूचीमा (सूचीसहित)
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०वेस्टह्याम, बेलायत । कोरोना भाइरस (कोभिड १९)...
Top