५ दिन भारी वर्षाको सम्भावना, सर्तकता अपनाउन आग्रह

Best Khabar Team | २०७७ श्रावण २ गते शुक्रबार


१७ जुलाई, २०२०
काठमाडौं । वर्षायाम शुरुभएसँगै देशका विभिन्न भागमा भएको भीषण वर्षापछि बढेको नदीले बगाएर तथा पहिरोमा पुरिएर यो वर्षमात्रै अहिलेसम्म दर्जनौं मानिसको ज्यान गै सकेको छ । कयन् बेपत्ता भएका छन् भने करोडौंको भौतिक सम्पत्ति क्षति भएको छ ।

फाइल तस्वीर ।

यही क्रममा आगामी ५ दिन देशका विभिन्न स्थानमा भीषण वर्षाको सम्भावना रहेको भन्दै सचेत रहन जल तथा मौसम पूर्वानुमानका क्षेत्रमा कार्यरत विभिन्न निकायले सबैलाई आग्रह गरेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले आज एक विज्ञप्ति निकालेर आगामी साउन ४ गते सोमबारदेखि साउन ८ गतेसम्म ५ दिन देशभर भारी वर्षाको सम्भावना रहेको पूर्वानुमान गरेको छ । विशेष गरी कर्णाली र सुदुरपश्चिम प्रदेश बाहेक अन्य प्रदेश र जिल्लामा यी पाँच दिन भिषण वर्षात् हुनसक्ने भन्दै प्रधिकरणले यस्तो आग्रह गरेको छ । जल तथा मौसम विज्ञान विभागले पनि यो पाँच दिन देशका विभिन्न भागमा धेरै वर्षात्को सम्भावना रहेको भन्दै सचेत र सर्तक रहन आग्रह गरेको छ ।

विशेष गरी भीरको मुनितिर रहेका बस्ती, खोला तथा नदीका छेउछाउका बस्ती एवं पहिरो र डुवानलगायत जोखिमयुक्त क्षेत्रमा रहेका बस्तीका वासिन्दाले यसबीचमा विशेष सावधानी अपनाउनुपर्ने विज्ञहरुले बताएका छन् । तराईका जिल्लामा डुवानको समस्या तथा पहाडमा पहिरोको जोखिम रहेको भन्दै उनीहरुले वर्षातका बेला हुनसक्ने बाहिर पहिरोलाई मध्यनजर गर्दै सम्भावित सुरक्षित स्थानमा बस्नका लागि सबैलाई अनुरोध समेत गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

११ औं उडानमार्फत् १ सय ४८ जना नेपाली दोहाबाट काठमाडौं प्रस्तान ११ औं उडानमार्फत् १ सय ४८ जना नेपाली दोहाबाट काठमाडौं प्रस्तान

२०७७ असार २४ गते बुधबार

०८ जुलाई, २०२०दोहा, कतार । रोजगारी तथा अन्य विभिन्न...

बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको  निधन,  ज्यान गुमाउनेको संख्या ३ पुग्यो बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...

१० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने १० महिनापछि आजबाट काठमाडौंका सबै विद्यालय सञ्चालनमा आउने

२०७७ माघ ३ गते शनिबार

१७ जनवरी, २०२१काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने अमेरिकी भिषा एप्लाई गर्दा अब फेसबुक तथा इमेल एकाउन्टसमेतको विवरण बुझाउनुपर्ने

२०७६ जेठ २० गते सोमबार

०३ जुन २०१९ न्युयोर्क । अमेरिकाले आफ्नो देशमा भिजिट...

Top