अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक

Best Khabar Team | २०७७ चैत्र ४ गते बुधबार


१७ मार्च, २०२१
न्यूर्योक, अमेरिका । अमेरिकाको जर्जिया राज्यमा मंगलबार भएको गोली काण्डमा ८ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार जर्जियाका विभिन्न स्थानको मसाज पार्लरमा भएको गोली काण्डमा परी ८ जनाको ज्यान गएको हो । मृतकमध्ये अधिकांश एसियन मुलका नागरिकहरु रहेको बताइएको छ । मृतकमध्ये केही महिला र पुरुष रहेका छन् ।

समाचार संस्था सिएनएनले उल्लेख गरे अनुसार जर्जियाको आर्कवर्थ नजिक ‘योङ एसियन मसाज’ सेन्टरमा पहिलो आक्रमण भएको थियो । सो आक्रमणमा २ जना एसियन मुलुका महिला, एक जना एक श्वेत महिला र एक जना अश्वेत पुरुष को ज्यान गएको छ । गोल्ड मसाज स्पा र अरोमा थेरापी स्पासेन्टरमा समेत आक्रमण भएको छ । आक्रमणमा परी अरु ४ जना महिलाको समेत ज्यान गएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले रोबर्ट आरोन नामक २१ वर्षका आक्रमणकारीलाई पक्राउ गरेको छ । मासज पार्लरमा छिरेका युवकले अन्धादुन्द गोली चलाएका थिए । आक्रमणमा संलग्न एक जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा कार सहित पक्रेको भएपनि घटनमा संलग्न अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अमेरिकामा पछिल्ला वर्षहरुमा एसियाली मुलका नागरिकहरुले सञ्चालन गर्दै आएका विभिन्न व्यवसाय तथा व्यवसायीहरु आक्रमणकारीको निसानामा पर्दै आइरहेका छन् । केहीदिन अघि उबर चालक नेपालीमाथि पनि दुर्व्यवहार भएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट) पाल्पाको रानीमहल घुमेर फर्केका एकै परिवारका पाँचसहित ६ जनाको दुर्घटनामा मृत्यु (अपडेट)

२०८० कार्तिक ५ गते आइतबार

२२ फेब्रुअरी, २०२३तानसेन, पाल्पा । पाल्पाको ऐतिहासिक रानीमहल घुमेर...

भारतमा भूकम्प, भूकम्पको केन्द्रबिन्दु हरियाणा भारतमा भूकम्प, भूकम्पको केन्द्रबिन्दु हरियाणा

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०नयाँदिल्ली । भारतमा केहीबेरअघि भूकम्प गएको छ...

सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो सबै ‘अबैतानिक महावाणिज्यदूत’को सेवा सुविधा खोसियो

२०७६ चैत्र २६ गते बुधबार

०८ अप्रिल, २०२० काठमाडौं । सरकारले नेपालस्थित सबै कूटनीतिक...

कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए कोरोनाका कारण नेपाल बाहिर हालसम्म ३ सय ३३ नेपालीको मृत्यु : एनआरएनए

२०७७ माघ २५ गते आइतबार

०७ फेब्रुअरी, २०२१लिंकरोभर, बेल्जियम । कोरोना भाइसरका कारण हालसम्म...

Top