अमेरिकाको ३ वटा मसाज सेन्टरमा गोली चल्यो, ८ जनाको मृत्यु, मृतक अधिकांश एसियन नागरिक

Best Khabar Team | २०७७ चैत्र ४ गते बुधबार


१७ मार्च, २०२१
न्यूर्योक, अमेरिका । अमेरिकाको जर्जिया राज्यमा मंगलबार भएको गोली काण्डमा ८ जनाको ज्यान गएको छ । प्रहरी अधिकारीहरुका अनुसार जर्जियाका विभिन्न स्थानको मसाज पार्लरमा भएको गोली काण्डमा परी ८ जनाको ज्यान गएको हो । मृतकमध्ये अधिकांश एसियन मुलका नागरिकहरु रहेको बताइएको छ । मृतकमध्ये केही महिला र पुरुष रहेका छन् ।

समाचार संस्था सिएनएनले उल्लेख गरे अनुसार जर्जियाको आर्कवर्थ नजिक ‘योङ एसियन मसाज’ सेन्टरमा पहिलो आक्रमण भएको थियो । सो आक्रमणमा २ जना एसियन मुलुका महिला, एक जना एक श्वेत महिला र एक जना अश्वेत पुरुष को ज्यान गएको छ । गोल्ड मसाज स्पा र अरोमा थेरापी स्पासेन्टरमा समेत आक्रमण भएको छ । आक्रमणमा परी अरु ४ जना महिलाको समेत ज्यान गएको छ ।

घटनामा संलग्न भएको आशंकामा प्रहरीले रोबर्ट आरोन नामक २१ वर्षका आक्रमणकारीलाई पक्राउ गरेको छ । मासज पार्लरमा छिरेका युवकले अन्धादुन्द गोली चलाएका थिए । आक्रमणमा संलग्न एक जनालाई प्रहरीले भाग्दै गरेको अवस्थामा कार सहित पक्रेको भएपनि घटनमा संलग्न अन्यको खोजी कार्य जारी रहेको प्रहरीले जनाएको छ ।

अमेरिकामा पछिल्ला वर्षहरुमा एसियाली मुलका नागरिकहरुले सञ्चालन गर्दै आएका विभिन्न व्यवसाय तथा व्यवसायीहरु आक्रमणकारीको निसानामा पर्दै आइरहेका छन् । केहीदिन अघि उबर चालक नेपालीमाथि पनि दुर्व्यवहार भएको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा आफूलाई ज्योतिष भन्दै भूकम्पको भविष्यवाणी गर्ने युवक प्रहरी नियन्त्रणमा

२०७६ जेठ २१ गते मंगलबार

०४ जुन, २०१९ काठमाडौं । मिति तोकेर ठूलो भूईँचालो...

हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध हात्ती महोत्सवको नकारात्मक पक्ष : जनावरलाई चरम यातना हुने भन्दै विरोध

२०७६ पुष ७ गते सोमबार

२४ डिसेम्बर, २०१९काठमाडौं । नेपालको पर्यटकीय क्षेत्र चितवनको सौराहमा...

अष्ट्रेलियाद्वारा कोभिड भ्याक्सिन कार्यक्रम रद्द अष्ट्रेलियाद्वारा कोभिड भ्याक्सिन कार्यक्रम रद्द

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०पर्थ, अष्ट्रेलिया । अमेरिका, बेलायत, रसियालगायतका देशहरुले...

कोरोना भाइरसको नाम अब ‘कोभिड १९’ कोरोना भाइरसको नाम अब ‘कोभिड १९’

२०७६ माघ २९ गते बुधबार

१२ फेब्रुअरी, २०२०एजेन्सी । झण्डै एक हजार २ सय...

Top