नेपाल भ्रमणवर्ष २०२० : फोबर्स पत्रिकाले राख्यो नेपाललाई २ विधामा उत्कृष्ट देशको सूचीमा

Best Khabar Team | २०७६ पुष १ गते मंगलबार


१७ डिसेम्बर, २०१९
काठमाडौं । मुलुकमा २० लाख पर्यटक भित्र्या-उने लक्ष्यसहित सरकारी तथा निजी तबरबाट विभिन्न कार्यक्रमहरु भैरहेका बेला एउटा सुखद खबर सार्वजनिक भएको छ । अमेरिकामा मुख्य कार्यालय रहेको फोब्र्स पत्रिकाले नेपाललाई विश्वका घुम्नलायक उत्कृष्ट देशको सूचीमा दर्ज गरेको हो ।

त्यो पनि पहिलो देशको रुपमा नेपालको नाम राख्नु पक्कै पनि सकारात्मक विषय हो । पत्रिकाले नेपाल पछि इक्वेडर, न्यूज्यालेन्ड, पेरु, आलस्का, ब्राजिल, मोरोक्को, चीन, फिनल्यान्ड र केन्यालाई क्रमश दोश्रो, तेश्रो हुँदै दशौं नम्बरसम्ममा राखेको छ । यस्तै पत्रिकाले नेपाललाई उत्कृष्ट सहासिक पर्यटन गर्ने देशको सूचीमा समेत राखेको छ ।

सन् २०२० को उत्कृष्ट भ्रमणयोग्य देश तथा साहसिक पर्यटनको मुलुकको रुपमा नेपाललाई राखेको पत्रिकाले आफ्नो अनलाईन संस्करणमा उल्लेख गरेको छ । सगमाथा, हात्ति सफारी, बाघ तथा सूर्ययास्तलगायतका विषयलाई प्राथमिकतामा राख्दै नेपाल घुम्नका लागि विश्व समुदायलाई प्रेरित गरेको छ ।

चितवनको थारुरुकल्चरदेखि सगरमाथा वेशक्याम्पसम्मको यात्रा अत्यन्तै रोमाञ्चक हुने पत्रिकामा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

आन्तरिक उडान ७ महिनापछि सूचारु आन्तरिक उडान ७ महिनापछि सूचारु

२०७७ आश्विन ५ गते सोमबार

२२ सेप्टेम्बर, २०२०काठमाडौं । विगत ७ महिनादेखि कोरोना भाइरसको...

आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान आफ्ना २० सैनिक मारिएपछि चीनसँगको आगामी रणनीति तय गर्दै भारत, शुक्रबार सर्वदलीय बैठक आह्वान

२०७७ असार ३ गते बुधबार

१७ जुन, २०२०नयाँदिल्ली । भारत र चीनबीचको सीमावर्ती क्षेत्र...

काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीमाथि तेजाव आक्रमण, आक्रमणकारी पक्राउ

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । काठमाडौंको कालोपुलमा श्रीमानले श्रीमतीको...

गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’ गायिका राउतले गरिन् प्रहरी समक्ष ‘आत्मसमर्पण’

२०७६ माघ १३ गते सोमबार

२७ जनवरी, २०२० काठमाडौं । अभद्र व्यवहारसम्बन्धी कसुरमा पक्राउ...

Top