पौषेझरी दर्किँरहँदा बृद्दाश्रम खोज्दै भौतारिने यी अभागी आमा…….

Best Khabar Team | २०७६ पुष १९ गते शनिबार


बृद्दाश्रम खोज्दै हिँडेकी आमा गौशाला प्रहरी प्रभागमा ।

काठमाडौं । पुस १८ गते शुक्रबार, बिहानैदेखि काठमाडौंको मौसम चिसो थियो भने आकाशमा मडारिएका बादलले जुनसुकै बेला पानी पर्ने संकेत गरिरहेको थियो । साँच्चै बिहानदेखि मडारिएको आकाशको बादलले दिउँसो शहरमा बर्षा गरायो । यहीबीचमा एकजना सञ्चारकर्मी काठमाडौंको व्यस्त भिड छिचोल्दै गोंगबुबाट सार्वजनिक यातयात चढ्दै तीनकुनेस्थित कार्यालय जाँदै थिए ।

अन्नपूर्णपोष्ट दैनिकमा कार्यरत पत्रकार यम विरहीको आँखा त्यहि सार्वजनिक गाडी भित्रको एउटा दृश्यमा पुगेर टक्क रोकियो । दृश्य अलिक फरक थियो । ‘काठमाडौंका सुकिला मुकिला’हरुको भीडमा एकजना बृद्दा आमा झरीले निथ्थ्रुक्क भिजेर लगलग काँप्दै सार्वजनिक बस चढेर पशुपतिको बृद्दाश्रमतर्फ लम्कँदै हुनुहुन्थ्यो । उहाँको आँखाबाट धरधरी आँसु बगिरहेको थियो । आमाको खुट्टामा चप्पलसमेत थिएन ।

चिसोले मुख र ओठ पनि काँपीरहेको थियो । तत्कालै विरहीले ती आमालाई सोध्नुभयो–“आमा किन रुनुभएको ?” रुँदा रुँदा भासिएको आवाज निकाल्ने कोशिष गर्दै आमाले भनिन् –“छोरा बुहारीले हेला गरेर घर निकाले गरे अनि पशुपतिको बृद्दाश्रम खोज्दै हिँडेको बाबु ।’’ विरही र आमाको सम्वाद अझै अघि बढ्यो–“शुरुमा बुहारीले हातपात गरिन्, घरबाट निकालिदिइन् । अनि त्यहाँबाट स्वयंभूमा रहेको छोरीकोमा बस्दै आएको थिएँ । त्यहाँबाटपनि छोरीले गाली गर्दै निकालिदिइन् । पशुपतिमा बृद्दाश्रम छ भन्ने सुनेको थिएँ, त्यही खोज्दै आएको बाबु ।”

आमाको यो कुरा सुनेपछि विराही मात्रै होइन वल्लोपल्लो सिटमा बसेका अरुको पनि मन भक्कानियो । आफ्नो स्थायी घर नुवाकोटको ककनी बताउने ती आमासँग गाडी चढेबापत तिर्ने २० रुपैयाँ भाडा पनि नरहेको थाहापाएपछि पत्रकार विरहीकै अगुवाईमा गाडीमा रहेका यात्रुबाट करिब ९ सय रुपैयाँ संकलन गरियो । त्यसो त पत्रकारको कलम भन्दा बलियो अरु केही छैन, तर यहाँ कलम भन्दा पहिला मानवताको कुरा रह्यो ।

त्यही भएर पत्रकार विरहीले पहिला मानवता देखाउनुभयो । एक महिलाको सहयोगमा ती आमालाई गाडीबाट निकालेर गौशालास्थित प्रहरी प्रभावमा पु¥याइएको थियो । तर पशुपति बृद्दाश्रम लैजानका लागी वडाको सिफारिस र केही थप रकम समेत बृद्दाश्रममा बुझाउनुपर्ने थाहा पाएपछि प्रहरी कार्यालयले ती आमालाई ‘आमा’ नामक संस्थाको जिम्मा लगाउने बताएको थियो ।” ती आमालाई प्रहरीको जिम्मा लगाएर कार्यालय जाँदै गर्दा विरहीको मनमा धेरै कुरा खेल्यो– “कस्तो छोरा छोरी र बुहारी होलान् ? जननीप्रतिको दायित्वबोधबाट च्यूत छोराछोरीका लागि आमा भन्दा अरु के त्यस्तो चिज महत्वपूर्ण होला र उनलाई घरबाट निकालेका होलान् ? धिक्कार छ ती ति छोरा बुहारी र छोरीलाई जसले आमालाई घरबाट निकाले । ”

(मानवीय धर्म निर्वाह गर्नबाट हाम्रो समाज च्यूत हुँदै गएको बेला सञ्चारकर्मी विरहीले देखाउनुभएको मानवताको यो उदाहरणलाई हामीले उहाँकै फेसबुकबाट तस्वीरसहित साभार गरेका हौं ।)



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह झण्डै साढे ६ सय नेपाली अमेरिकाबाट नेपाल फर्कन तयार, उद्दारका लागि सरकारसँग एनआरएनएको आग्रह

२०७७ बैशाख २४ गते बुधबार

०६ मे, २०२०न्यूर्योक । अमेरिकाका विभिन्न स्थानमा रहेका करिब...

भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो भारतमा कोरोना संक्रमित नेपालीको संख्या १२, एउटै परिवारका ८ मा संक्रमण भेटियो

२०७६ चैत्र २८ गते शुक्रबार

१० अप्रिल, २०२० नयाँदिल्ली । भारतका विभिन्न शहरमा बस्दै...

घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’ अबैध रुपमा इटली हुँदै फ्रान्स आएका ३ नेपालीमा कोरोनाको ‘आशंका’

२०७६ फाल्गुन १६ गते शुक्रबार

२८ फेब्रुअरी, २०२०पेरिस । फ्रान्सको पेर्पिग्न्यों शहरमा तीन जना...

Top