काठमाडौं बानेश्वरका एक बृद्धको कोरोना संक्रमणका कारण निधन, संक्रमितको संख्या १५ हजार २ सय नाघ्यो

Best Khabar Team | २०७७ असार १९ गते शुक्रबार


०३ जुलाई, २०२०
काठमाडौं । पछिल्लो २४ घण्टायता काठमाडौंमा एकजना कोरोना संक्रमितको मृत्युसँगै थप ७ सय ४० जनामा कोरोना संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले आज गरेको नियमित पत्रकार सम्मेलनमा दिइएको जानकारी अनुसार काठमाडौं बानेश्वरका एक बृद्दको उपचारको क्रममा निधन भएको हो ।

स्वास्थ्य मन्त्रालयको नियमित पत्रकार सम्मेलनमा प्रवक्ता जागेश्वर गौतम ।

उनी नियमित रुपमा रक्तचाप र पार्किन्सनको विरामी रहेका थिए । तर अस्पतालमा उपचारका लागि भर्ना भएका उनमा कोरोना संक्रमण पुष्टि भएको र उपचारकै क्रममा उनको निधन भएको अस्पतालले जनाएको छ । यसैबीच पछिल्लो २४ घण्टामा देशभर ७ सय ४० जनामा कोरोना संक्रमण भएको पुष्टि भएको छ ।

स्वास्थ्य मन्त्रालयले दिएको जानकारी अनुसार देशका विभिन्न जिल्लामा थप ७ सय ४० जनामा कोरोना संक्रमण देखिएको हो । अब योसँगै देशभर कोरोना संक्रमितको संख्या १५ हजार २ सय ५९ पुगेको छ । यही अवधिमा ८ सय २३ जना कोरोना निको भएर घर फर्किएका छन् ।

हालसम्म कुल ६ हजार १ सय ४३ जनाले कोरोना संक्रमणलाई जितेको पनि मन्त्रालयले जनाएको छ । यस्तै काठमाडौंका एक बृद्धको मृत्युसँगै देशभर कोरोना संक्रमणबाट ज्यान गुमाउनेको संख्या ३२ पुगेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने बुहानका नेपाली राति ३ बजे काठमाडौं आइपुग्ने

२०७६ फाल्गुन ३ गते शनिबार

१५ फेब्रुअरी, २०२०काठमाडौं । कोरोना भाइरस अर्थात् (कोभिड १९)...

हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो हिमपहिरोमा पुरिएका धादिङ्का तामाङ्को शव ३ महिनापछि भेटियो

२०७७ बैशाख १२ गते शुक्रबार

२४ अप्रिल, २०२०काठमाडौं । २०७६ साल माघ ३ गतेदेखि...

भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा.. भविष्यका एयर होस्टेसको समूह पोखरा विमानस्थलमा पुग्दा..

२०७४ श्रावण २५ गते बुधबार

काठमाडौं । कक्षा १२ को परिक्षा दिएर फूर्सदमा वसेका...

दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा दुःखेको मन लिएर हरेक दिन काठमाडौंका सडकमा टेम्पो गुडाउने एक युवकको कथा

२०७६ पुष ११ गते शुक्रबार

– पि.एल . तरंगपुस महिनाको कठ्यांग्रिने जाडोमा काठमाडौं शहर...

Top