Best Khabar Team | २०७७ असार १५ गते सोमबार
२९ जुन, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण आगामी साउन ७ गतेसम्मका लागि लकडाउन लम्ब्याउने घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले जिल्ला भित्र निजी सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार चल्न दिने यसअघिको निर्णयलाई कायम राख्दै हाल जारी लकडाउन साउन ७ सम्मका लागि लम्बाउने निर्णय गरेको छ । पछिल्ला दिनहरुमा देशभर सरदर दैनिक ५ सयको हाराहारीमा नयाँ कोरोना संक्रमित बढ्दै गएपछि सरकारले जारी लकडाउनलाई बढाउने घोषणा गरेको हो ।

यस्तै सरकारले काठमाडौं उपत्यका आउनका लागि अनिवार्य रुपमा गृहमन्त्रालयले जारी गरेको पासका साथ काठमाडौं आएपछि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहितको पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरेको छ । योसँगै गृहमन्त्रालयको पास लिएर काठमाडौं आएपछि अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।
सरकारले यथास्थितिमा बढी मानिसहरुको जमघट हुने स्कुल, क्याम्पस, स्वीमिङ्ग पुललगायतलाई आगामी साउन ७ गतेसम्म सञ्चालन गर्न नपाउने गरी निर्णय गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
कोरोनाका कारण पोर्चुगलले आन्तरिक उडानमा लगाएको मापदण्ड जुन १ बाट हटाइँदै
२०७७ जेठ १० गते शनिबार
२३ मे, २०२०पोर्तिमाउ, पोर्चुगल । पोर्गुगल सरकारले यसअघि लगाएको...
३ लाख धरौटी बुझाएर २ महिनापछि सिद्धबाबा हिरासतमुक्त
२०७६ पुष १४ गते सोमबार
३० डिसेम्बर, २०१९ विराटनगर । आफ्नै अनुयायी एक महिलामाथि...
‘बेस्ट खबर डटकम’ बारेमा
२०७४ श्रावण २२ गते आइतबार
हाम्रो बारेमा ।‘बेस्ट खबर डटकम’ पत्रकारिताका क्षेत्रमा फरक र...
भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...
Top