अहिलेको ‘लकडाउन’ साउन ७ सम्मलाई थपियो, घरमै क्वारेन्टाइनमा बस्ने प्रतिबद्धता जनाएपछि मात्रै काठमाडौं छिर्न अनुमति दिइने

Best Khabar Team | २०७७ असार १५ गते सोमबार


२९ जुन, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण बढ्दै गएका कारण आगामी साउन ७ गतेसम्मका लागि लकडाउन लम्ब्याउने घोषणा गरेको छ । आज बसेको मन्त्रीपरिषद् बैठकले जिल्ला भित्र निजी सवारी साधनलाई जोर विजोर प्रणाली अनुसार चल्न दिने यसअघिको निर्णयलाई कायम राख्दै हाल जारी लकडाउन साउन ७ सम्मका लागि लम्बाउने निर्णय गरेको छ । पछिल्ला दिनहरुमा देशभर सरदर दैनिक ५ सयको हाराहारीमा नयाँ कोरोना संक्रमित बढ्दै गएपछि सरकारले जारी लकडाउनलाई बढाउने घोषणा गरेको हो ।

यस्तै सरकारले काठमाडौं उपत्यका आउनका लागि अनिवार्य रुपमा गृहमन्त्रालयले जारी गरेको पासका साथ काठमाडौं आएपछि कम्तीमा १४ दिन होम क्वारेन्टाइनमा बस्ने प्रतिबद्धतासहितको पत्रमा हस्ताक्षर गर्नुपर्ने व्यवस्था गरेको छ । योसँगै गृहमन्त्रालयको पास लिएर काठमाडौं आएपछि अनिवार्य रुपमा १४ दिन होम क्वारेन्टाइनमा बस्नुपर्ने भएको छ ।

सरकारले यथास्थितिमा बढी मानिसहरुको जमघट हुने स्कुल, क्याम्पस, स्वीमिङ्ग पुललगायतलाई आगामी साउन ७ गतेसम्म सञ्चालन गर्न नपाउने गरी निर्णय गरेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’ अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...

ललितपुरमा शुक्रबार १८ घण्टे कर्फ्यूको घोषणा ललितपुरमा शुक्रबार १८ घण्टे कर्फ्यूको घोषणा

२०७७ भाद्र १८ गते बिहिबार

०३ सेप्टेम्बर, २०२०सानेपा, ललितपुर । रातो मत्स्येन्द्रनाथको रथ तान्ने...

दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु दामनको एभरेष्ट रिसोर्टमा ‘निसास्सिएर’ ८ भारतीय पर्यटकको मृत्यु

२०७६ माघ ७ गते मंगलबार

२१ जनवरी, २०२०हेटौंडा । पर्यटकीय क्षेत्रका रुपमा रहेको मकवानपुर...

प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला  प्रत्यारोपण हुँदै प्रधानमन्त्री ओली शिक्षण अस्पताल भर्ना, बुधबार दोश्रो पटक मृगौला प्रत्यारोपण हुँदै

२०७६ फाल्गुन १९ गते सोमबार

०२ मार्च, २०२० काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीको...

Top