पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराई विरुद्ध साइबर अपराधको उजुरी

Best Khabar Team | २०७७ बैशाख २६ गते शुक्रबार


०८ मे, २०२०
काठमाडौं । पूर्वप्रधानमन्त्री डा. बाबुराम भट्टराईसहित ३ जना विरुद्ध आज काठमाडौं प्रहरीमा साईबर अपराधको अभियोगमा उजुरी दर्ता भएको छ । पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनाल, सांसदद्वय महेश बस्नेत र किसान श्रेष्ठले डा भट्टराई र उनका सहयोगी विश्वदिप पाण्डे, समाजवादी पार्टीका नेता सुरेश यादवलगायतविरुद्ध आज साइबर अपराधको अभियोग लगाउँदै उनीहरुमाथि कडा कारबाहीको मागगर्दै प्रहरीमा उजुरी दर्ता गरेका हुन् ।

तथ्यहिन आरोप लगाएर विभिन्न सामाजिक सञ्जाल प्रयोग गरी आफूहरुको चरित्र हत्या गरेको भन्दै उनीहरुलाई साइबर अपराधमा हदैसम्म कारबाही गर्न उजुरीमा माग गरिएको प्रहरी स्रोतले जानकारी दिएको छ ।

उजुरीकर्ताहरुले राजीखुसीमा गाडीमा चढेर सांसद यादव महोत्तरीबाट काठमाडौं आएको भएपनि काठमाडौं आएर आफूहरुको चरित्र हत्या गर्ने ढंगले अर्नगल प्रचार तथा मिडियाबाजी गरिएको दाबी गरेका छन् । यसअघि आजै प्रहरीमा खनाल, श्रेष्ठ र बस्नेत विरुद्ध अपहरणको अभियोगमा मुद्दा दर्ता भएको छ ।

उनीहरुले आफूहरुलाई जर्वजस्ती अपहरण गरी काठमाडौं ल्याएको भन्दै सांसद सुरेश यादवले आज काठमाडौं प्रहरीमा उजुरी दर्ता गराएका हुन् । यसअघि यही समूहले काठमाडौंस्थित जिल्ला सरकारी वकिलको कार्यालयमा पनि अपहरणको मुद्दा दर्ता गराईसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए नेपालमा कोरोना संक्रमणको दर उच्च : २४ घण्टामा २२६ जना नयाँ संक्रमित थपिए

२०७७ जेठ १९ गते सोमबार

०१ जुन, २०२०काठमाडौं । नेपालमा पछिल्ला दिनमा कोरोना संक्रमणको...

पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन पर्वतारोहण संघमा नयाँ नेतृत्व चयन

२०७४ श्रावण २२ गते आइतबार

०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल पर्वतारोहण संघमा नयाँ...

कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना कोरोनाको संक्रमणबाट फ्रान्समा थप एक जनाको मृत्यु, युरोपमा फैलँदै कोरोना

२०७६ फाल्गुन १४ गते बुधबार

२६ फेब्रुअरी, २०२० पेरिस । फ्रान्सको राजधानी पेरिसमा थप...

म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै म्यानमारबाट २६ नेपाली स्वदेश फिर्ता, दुबईबाट पनि आजै आउँदै

२०७७ जेठ २३ गते शुक्रबार

०५ मे, २०२०काठमाडौं । मुलुकमा लकडाउन भएको ७० दिनपछि...

Top