विश्वमा पहिलो पटक बाघमा कोरोना : अमेरिकामा चिडियाखानाको ४ वटा बाघमा कोरोना संक्रमण

Best Khabar Team | २०७६ चैत्र २४ गते सोमबार


०६ मार्च, २०२०
न्यूर्योक । विश्वमा पहिलो पटक बाघमा कोरोना (कोभिड १९) को संक्रमण देखिएको छ । यहाँस्थित एउटा सदर चिडियाखानामा रहेको जंगली बाघमा पहिलो पटक कोरोनाको संक्रमण देखिएको हो । बीसीसीका अनुसार न्यूर्योकको ब्रोनक्स जु (चिडियाखाना) मा रहेको एउटा पोथी बाघमा कोरोनाको संक्रमण देखिएको छ । यो नै विश्वमै पहिलोपटक बाघमा देखिएको कोरोनाको संक्रमण भएको बन्यजन्तुहरुको क्षेत्रमा काम गर्ने संघसंस्थाका प्रतिनिधिले दाबी गरेका छन् । यसअघि चीनमा बिरालोमा कोरोनाको संक्रमण देखिएको पुष्टि भएको थियो ।

चिडियाखानामा रहकी एक बघिनी विरामी परेपछि परिक्षणका क्रममा कोरोनाको संक्रमण भेटिएको पुष्टि भएको अमेरिकी अधिकारीहरुले जनाएका छन् । न्यूर्योकको आयोवास्थित राष्ट्रिय भेटरिनरी प्रयोगशालाका अनुसार कोरोनाको संक्रमणबाट एक बघिनीसहित अरु ३ वटा बाघ समेत विरामी परेका छन् । सो चिडियाखानामा बन्जयन्तुको स्याहार सुसारमा खटिएका एकजना व्यक्तिमा कोरोनाको संक्रमण देखिएको र उनैका कारण बाघहरुमा समेत कोरोना संक्रमण भएको हुनसक्ने अनुमान अधिकारीहरुले गरेका छन् ।

यद्यपि कोरोना संक्रमित बाघ तथा बघिनीहरुको अवस्था सामान्य रहेको छ । बाघहरुमा खानामा अरुची तथा अल्छीपन देखिएपछि पशुचिकित्सकहरुले परिक्षण अघि बढाएका थिए । ल्याब परीक्षणका क्रममा बाघहरुमा कोरोना संक्रमण पुष्टि भएको बताइएको छ । कोरोनाको संक्रमण भेटिएपछि ती बाघहरुलाई छुट्टै राखेर उपचार थालिएको छ । यस्तै, बाघ तथा बघिनीहरुमा कोरोनाको संक्रमण देखिएपछि अन्य जनावरलाई भने छुट्टै ठाउँमा सुरक्षित राखिएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो काठमाडौंमा एकै परिवारका ‘आमा–छोरा’मा कोरोना संक्रमण भएको पुष्टि : संक्रमितको संख्या १६ पुग्यो

२०७७ बैशाख २ गते मंगलबार

१४ अप्रिल, २०२० काठमाडौं । काठमाडौंको सनसिटी अपार्टमेन्टमा बस्दै...

देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलियो, संक्रमितको संख्या ४ हजार बढी देशका ७२ जिल्लामा कोरोना संक्रमण फैलियो, संक्रमितको संख्या ४ हजार बढी

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०काठमाडौं । देशका ७२ जिल्लामा कोरोना संक्रमण...

९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान ९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान

२०७७ मंशिर २३ गते मंगलबार

०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...

मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो

२०७६ चैत्र २५ गते मंगलबार

०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण...

Top