Best Khabar Team | २०७६ पुष १६ गते बुधबार

०१ डिसेम्बर, २०१९
पोखरा । नयाँवर्ष २०२० को अवसर पारेर पर्यटकीय नगरी पोखराको लेकसाईडमा सडक महोत्स्व आयोजना गरिएको छ । ३ दिनसम्म चल्ने सो महोत्सवका अवसरमा पोखराको लेकसाइडका सडकहरुमा विभिन्न जातजातीका खानाका परिकार, भेषभुषा तथा संस्कृति झल्कने सामग्रीहरुसहितको स्टल राखिएको छ । विशेष गरी नेवारी, तामाङ्ग, गुरुङ्ग, थकालीलगायतका नेपाली परम्परागत खाना तथा अन्य विदेशी खानाको स्टलहरुसमेत राखिएको व्यवासयी हिमाल नहर्कीले जानकारी दिनुभयो ।
नयाँ वर्ष २०२० मनाउन पोखरा पुगेकाहरुले सडक महोत्सवको भरपुर मनोरञ्जन लिइरहेका छन् । त्यसो त पोखरामा हरेक वर्ष सडक महोत्सव आयोजना हुँदै आएको छ । क्रिशमस देखि नयाँवर्षसम्म पोखरामा विशेष गरी स्वदेशी पर्यटकको संख्या बाक्लो हुने भएकाले यही अवसरमा सडक महोत्सव गर्ने गरिएको रेष्टुरेण्ट एण्ड बार एशोसियसन (रेवान) पोखराले जनाएको छ ।
आन्तरिक तथा वाह्य पर्यटन प्रवद्र्धन गर्नका लागि आयोजना गरिएको सडक महोत्सवमा हरेक वर्ष झै यसपटक पनि विभिन्न जनजातिसँग सम्बन्धित लोपोन्मुख भेषभुषा, कला, संस्कृति, ग्रामिण क्षेत्रमा उत्पादित घरेलु सामाग्रीलगायतका करिब ३ सयवटा स्टलहरु राखिएको छ । पछिल्लो समयमा पोखरामा अन्र्तराष्ट्रिय विमानस्थल बन्ने काम शुरुभए सँगै यस क्षेत्रमा पर्यटकीय गतिविधि पनि बढेको छ ।
त्यसो त ४ नम्बर प्रदेश अर्थात् सिँगो गण्डकी अञ्चल आफैंमा सांस्कृति तथा प्राकृतिक विविधताको धनी ठाउँ हो । ताल तलैया देखि हिमालम्मले यो क्षेत्रको पर्यटकीय महत्वलाई थप बढावा दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आयल निगमले किनेको जग्गा विवाद : संसदीय समितिले अनुगमन गर्ने
२०७४ श्रावण २२ गते आइतबार
०६ अगस्ट, २०१७ काठमाडौं । नेपाल आयल निगमले...
क्यानडा र अमेरिकाको सिमाना थप एक महिनाका लागि बन्द
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०टोरन्टो । क्यानडा र अमेरिकाले दुईदेशबीचको सीमा...
पूर्वराजासहित उनको परिवारको स्वास्थ्य सुधारोन्मुख
२०७८ बैशाख १२ गते आइतबार
२५ अप्रिल, २०२१काठमाडौं । कोरोना संक्रमणमा परेपछि काठमाडौंको नर्भिक...
भारतमा शनिबार हालसम्मकै सबैभन्दा धेरै संक्रमित भेटिए, मृतको संख्या २८ सय नाघ्यो
२०७७ जेठ ३ गते शनिबार
१६ मे, २०२०नयाँदिल्ली । भारतमा शनिबार एकैदिन ४ हजार...
Top