भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु

Best Khabar Team | २०७७ पुष २५ गते शनिबार


०९ जनवरी, २०२१
नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार महाराष्ट्रको भण्डारामा रहेको शिशु अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगो लागेको थियो ।

आगलागीमा परी १० जना नवजात शिशुको घटनास्थलमै ज्यान गएको बताइएको छ । अस्पतालमा लागेको आगो र त्यसपछि जमेको धुँवामा निसास्सिएर उनीहरुको मृत्यु भएको बताइएको छ । घटनामा परेका ७ जना नवजात शिशुको जिवितै उद्दार गरिएको छ । गएराति १ बजेतिर अस्पतालमा एक्कासी आगो लागेको थियो ।

घटनास्थल भारतका मुम्बईबाट करिब ९ सय किलोमिटरको दुरीमा रहेको छ । रातिको समयमा लागेको आगो स्थानीयवासिन्दा तथा दमकलको सहारामा आज बिहानमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । रातिको समयमा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने आशंका गरिएको छ । अहिले अस्पताल प्रशासनले घटनाको कारणबारे अनुसन्धान थालेको छ । जिवितै उद्धार गरिएका ७ जना शिशुहरुको अवस्था सामान्य रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पेट्रोलियम पदार्थको मूल्य समायोजन पेट्रोलियम पदार्थको मूल्य समायोजन

२०७६ असार १ गते आइतबार

१६ जुन, २०१९ काठमाडौं । नेपाल आयल निमगले आज...

अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’ अमेरिकाले पायो कोरोना भ्याक्सिन प्रयोगमा ‘आपत्कालीन अनुमति’

२०७७ मंशिर २७ गते शनिबार

१२ डिसेम्बर, २०२०न्यूर्योक, अमेरिका । कोरोना भाइरस विरुद्ध आफ्नै...

पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु :  देशभर मृतकको संख्या १० पुग्यो पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु : देशभर मृतकको संख्या १० पुग्यो

२०७७ जेठ २२ गते बिहिबार

०४ जुन, २०२०तानसेन, पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका घर...

युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते युरोपेली देश ग्रीसमा भयानक रेल दुर्घटना : ३६ को मृत्यु, सयौं घाइते

२०७९ फाल्गुन १७ गते बुधबार

०१ मार्च, २०२३लिंकलोभर, बेल्जियम । युरोपेली मुलुक ग्रीसमा गएराति...

Top