भारतमा अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी, ९ शिशुको मृत्यु

Best Khabar Team | २०७७ पुष २५ गते शनिबार


०९ जनवरी, २०२१
नयाँदिल्ली, भारत । भारतको महाराष्ट्रस्थित एक अस्पतालको शिशु स्याहार केन्द्रमा आगलागी हुँदा १० जना नवजात शिशुको मृत्यु भएको छ । भारतीय सञ्चारमाध्यमहरुले दिएको जानकारी अनुसार महाराष्ट्रको भण्डारामा रहेको शिशु अस्पतालको नवजात शिशु स्याहार केन्द्रमा आगो लागेको थियो ।

आगलागीमा परी १० जना नवजात शिशुको घटनास्थलमै ज्यान गएको बताइएको छ । अस्पतालमा लागेको आगो र त्यसपछि जमेको धुँवामा निसास्सिएर उनीहरुको मृत्यु भएको बताइएको छ । घटनामा परेका ७ जना नवजात शिशुको जिवितै उद्दार गरिएको छ । गएराति १ बजेतिर अस्पतालमा एक्कासी आगो लागेको थियो ।

घटनास्थल भारतका मुम्बईबाट करिब ९ सय किलोमिटरको दुरीमा रहेको छ । रातिको समयमा लागेको आगो स्थानीयवासिन्दा तथा दमकलको सहारामा आज बिहानमात्रै पूर्णरुपमा नियन्त्रणमा आएको थियो । आगलागीको कारण खुल्न सकेको छैन । रातिको समयमा विद्युत् सर्ट भएर आगो लागेको हुनसक्ने आशंका गरिएको छ । अहिले अस्पताल प्रशासनले घटनाको कारणबारे अनुसन्धान थालेको छ । जिवितै उद्धार गरिएका ७ जना शिशुहरुको अवस्था सामान्य रहेको बताइएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालगञ्जमा ९ र वीरगञ्जमा १ गरी थपिए १० कोरोना संक्रमित नेपालगञ्जमा ९ र वीरगञ्जमा १ गरी थपिए १० कोरोना संक्रमित

२०७७ बैशाख २१ गते आइतबार

०३ मे, २०२०काठमाडौं । नेपालमा कोरोना संक्रमितको संख्या ६९...

नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक नेपालमा कोरोना संक्रमण रोक्न सरकारले गरेको प्रयास सकारात्मक

२०७६ चैत्र २९ गते शनिबार

काठमाडौं । नेपाल सरकारले कोरोना नियन्त्रणका लागि हालसम्म गरेको...

मध्यराति पोखरामा भूकम्पको धक्का मध्यराति पोखरामा भूकम्पको धक्का

२०७६ पुष १७ गते बिहिबार

०२ जनवरी, २०२० लेकसाईट । कास्की जिल्लाको पोखरालगायतका स्थानमा...

कतार एयरले  विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै कतार एयरले विश्वभरका स्वास्थ्यकर्मीलाई १ लाख निःशुल्क टिकट प्रदान गर्दै, नाम दर्ताको समय आजराति सकिँदै

२०७७ जेठ ५ गते सोमबार

१८ मे, २०२०दोहा । यात्रुहरुलाई प्रदान गरिने हवाई सेवा...

Top