Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०
वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली मुलुक बेलायतको एउटा पार्कमा दिउँसो घुम्न निस्केकी एक बृद्द नेपाली महिला वेपत्ता भएकी छन् । बेलायतको राजधानी लण्डनको दक्षिण पूर्वमा रहेको प्लमस्टिडमा बस्ने ६६ वर्षकी धनमाया थापा स्थानीय समय अनुसार हिजो दिउँसो २ बजेदेखि वेपत्ता भएकी हुन् ।
उनी घर नजिकै रहेको एउटा प्लमस्टिड पार्कमा घुम्नका लागि निस्केको र त्यसपछि सम्पर्क विहिन बनेको उनको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । घर नजिकै रहेको प्लमस्टिड कमन पार्कमा डुलेर आउँछु भनेर निस्ककी थापा आज आज अपरान्ह यो समाचार तयार पार्दासम्म सम्पर्क विहिन बनेको उनको परिवारका सदस्यले जानकारी दिएका छन् ।

श्रीमान् रेवतबहादुर थापाका अनुसार धनमाया घुमेर फर्कन्छु भन्दै दिउँसो २ बजेतिर घरबाट निस्केकी थिइन् । उनले बोकेको मोवाइलमा उनका परिवारका सदस्यले बारम्बार फोन गर्दा फोन उठेको छैन । उनी गएको क्षेत्रमा परिवारका सदस्य तथा स्थानीय प्रहरीले हिजो राति अबेरसम्म उनको खोजी गरेको भएपनि बिहानसम्म उनको केही पत्तो लाग्न सकेको छैन । उनी हराएको बारेमा स्थानीय प्रहरीलाई समेत जानकारी गराईसकिएको छ ।

श्रीमान् रेवतबहादुरका अनुसार धनमायाले रातो रंगको स्वेटर, पहेलो लुंगी र चप्पल लगाएकी छन् । गोरो वर्ण रहेकी धनमाया ५ फिट अग्ली रहेकी छन् । उनी श्रीमान् र छोरालगायत परिवारका साथमा बेलायत बस्दै आएकी थिइन् । वेपत्ता हुनुअघिसम्म पनि उनको स्वास्थ्य अवस्था पनि सामान्य नै रहेको परिवारले जनाएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
बेलायत, माल्टा र आयरल्याण्डबाट नेपालमा लगाइएको उडान प्रतिबन्ध हट्यो, सशर्त यात्रा गर्न अनुमति (विज्ञप्तिसहित)
२०७७ माघ १५ गते बिहिबार
२८ जनवरी, २०२१वेस्टह्याम, लण्डन । कोरोना संक्रमण रोक्न भन्दै...
पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई
२०७६ माघ ९ गते बिहिबार
२३ जनवरी, २०२०पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको...
चीनमा कोरोना कहर : फेब्रुअरी १८ सम्म १८६८ जनाले ज्यान गुमाए
२०७६ फाल्गुन ६ गते मंगलबार
१८ फेब्रुअरी, २०२० बेइजिङ्ग । विश्वव्यापी रुपमा प्रभाव छाडेको...
भारतीय नम्बर प्लेटको जीप दुर्घटना हुँदा उदयपुरमा ३ को मृत्यु, ५ घाइते
२०७६ पुष ३ गते बिहिबार
१९ डिसेम्बर, २०१९ गाईघाट। पूर्वी नेपालको उदयपुरमा यात्रुबाहक जीप...
Top