Best Khabar Team | २०७७ बैशाख २९ गते सोमबार

११ मे, २०२०
वेस्टह्याम । कोरोना संक्रमणबाट ग्रस्त बनेको पूर्वयुरोपेली मुलुक बेलायतको एउटा पार्कमा दिउँसो घुम्न निस्केकी एक बृद्द नेपाली महिला वेपत्ता भएकी छन् । बेलायतको राजधानी लण्डनको दक्षिण पूर्वमा रहेको प्लमस्टिडमा बस्ने ६६ वर्षकी धनमाया थापा स्थानीय समय अनुसार हिजो दिउँसो २ बजेदेखि वेपत्ता भएकी हुन् ।
उनी घर नजिकै रहेको एउटा प्लमस्टिड पार्कमा घुम्नका लागि निस्केको र त्यसपछि सम्पर्क विहिन बनेको उनको परिवारका सदस्यहरुले जानकारी दिएका छन् । घर नजिकै रहेको प्लमस्टिड कमन पार्कमा डुलेर आउँछु भनेर निस्ककी थापा आज आज अपरान्ह यो समाचार तयार पार्दासम्म सम्पर्क विहिन बनेको उनको परिवारका सदस्यले जानकारी दिएका छन् ।

श्रीमान् रेवतबहादुर थापाका अनुसार धनमाया घुमेर फर्कन्छु भन्दै दिउँसो २ बजेतिर घरबाट निस्केकी थिइन् । उनले बोकेको मोवाइलमा उनका परिवारका सदस्यले बारम्बार फोन गर्दा फोन उठेको छैन । उनी गएको क्षेत्रमा परिवारका सदस्य तथा स्थानीय प्रहरीले हिजो राति अबेरसम्म उनको खोजी गरेको भएपनि बिहानसम्म उनको केही पत्तो लाग्न सकेको छैन । उनी हराएको बारेमा स्थानीय प्रहरीलाई समेत जानकारी गराईसकिएको छ ।

श्रीमान् रेवतबहादुरका अनुसार धनमायाले रातो रंगको स्वेटर, पहेलो लुंगी र चप्पल लगाएकी छन् । गोरो वर्ण रहेकी धनमाया ५ फिट अग्ली रहेकी छन् । उनी श्रीमान् र छोरालगायत परिवारका साथमा बेलायत बस्दै आएकी थिइन् । वेपत्ता हुनुअघिसम्म पनि उनको स्वास्थ्य अवस्था पनि सामान्य नै रहेको परिवारले जनाएको छ ।

स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
३ दिनको अस्पताल बसाईपछि अमेरिकी राष्ट्रपति ट्रम्प ह्वाईट हाउस फर्किए, होम आइसोलेसनबाटै चुनाव प्रचारमा जुट्ने
२०७७ आश्विन २० गते मंगलबार
०६ अक्टोबर, २०२०न्यूर्योक, अमेरिका । दोश्रो कार्यकालका लागि पनि...
श्रीलंका सरकारसँग रातो मच्छिन्द्रनाथ मन्दिर पुर्ननिर्माणको सम्झौता तोडियो, अब स्थानीय समितिले नै गर्ने
२०७६ पुष १५ गते मंगलबार
३१ डिसेम्बर, २०१९ललितपुर । २०७२ साल बैशाख १२ गते...
सैन्य ‘कु’ का विरुद्ध भएको प्रदर्शनमा गोली लागेर म्यानमारमा १० को मृत्यु, दर्जनौं घाइते
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१यांगुन, म्यान्मार । करिब एक महिना अघि...
भारत–पाक सिमावर्ती जंगलमा भएको गोलाबारीमा गोर्खा सैनिकको मृत्यु
२०७६ पुष १७ गते बिहिबार
०२ जनवरी, २०२०कास्मिर । भारत र पाकिस्तानको सिमावर्ती क्षेत्र...
Top