पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु : देशभर मृतकको संख्या १० पुग्यो

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार


०४ जुन, २०२०
तानसेन, पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका घर भएका एक पुरुषको कोरोनाका कारण ज्यान गएको छ । काठमाडौंमा स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पूर्वखोला गाँउपालिका वडा नम्बर १ सिलुवा टोल बस्ने ४० वर्षका नाम नखुलाईएका एक युवकको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।

उनी कोरोनाबाट नेपालमा ज्यान गुमाउने दशौं व्यक्ति बनेका छन् । मिसन अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको मंगबार मृत्यु भएको थियो । स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । उनलाई गाउँपालिकाले बनाएको जल्पाको वडा नम्बर २ स्थित क्वारेन्टाइनमा राखिएको थियो । तर उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि र अवस्था विग्रँदै गएपछि सदरमुकाम तानसेन नजिकै रहेको मिसन अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो । उनको मृत्यु भएपछि उनको सम्पर्कमा रहेका क्वारेन्टाइनका अन्यको पनि स्वब परीक्षण थालिएको जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित) विमान दुर्घटनामा पर्नेमा वीर अस्पतालका चिकित्सकदेखि लोकदोहोरी कलाकारसमेत (नामावलीसहित)

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०१५चिप्लेढुंगा, पोखरा । पोखरामा आज बिहान भएको...

कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने कास्कीमा बैशाख मसान्तसम्म निषेधाज्ञा जारी : दैनिक उपभोग्य सामग्रीको पसल बिहान ९ बजेसम्म मात्रै खोल्न पाइने

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१लेकसाईड (पोखरा), कास्की । पछिल्ला दिनमा जिल्लाका...

रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प रसियाको कुरिरमा ७ दशमलव ५ रेक्टर स्केलको शक्तिशाली भूकम्प

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२० मस्को । विश्वमा कोरोना भाइरसले प्रकोपको...

कोरोनाको विश्वव्यापी प्रकोप : नेपालसहित विश्वभर १ सय १७ नेपालीको मृत्यु कोरोनाको विश्वव्यापी प्रकोप : नेपालसहित विश्वभर १ सय १७ नेपालीको मृत्यु

२०७७ जेठ ११ गते आइतबार

२४ मे, २०२०वेस्टह्याम, बेलायत । विश्वव्यापी रुपमा फैलिएको कोरोना...

Top