पाल्पाका एक पुरुषको कोरोनाबाट मृत्यु : देशभर मृतकको संख्या १० पुग्यो

Best Khabar Team | २०७७ जेठ २२ गते बिहिबार


०४ जुन, २०२०
तानसेन, पाल्पा । जिल्लाको पूर्वखोला गाउँपालिका घर भएका एक पुरुषको कोरोनाका कारण ज्यान गएको छ । काठमाडौंमा स्वास्थ्य मन्त्रालयले आज पत्रकार सम्मेलन गरी दिएको जानकारी अनुसार पूर्वखोला गाँउपालिका वडा नम्बर १ सिलुवा टोल बस्ने ४० वर्षका नाम नखुलाईएका एक युवकको कोरोनाका कारण ज्यान गएको पुष्टि भएको छ ।

उनी कोरोनाबाट नेपालमा ज्यान गुमाउने दशौं व्यक्ति बनेका छन् । मिसन अस्पतालको आइसोलेसनमा उपचारका क्रममा उनको मंगबार मृत्यु भएको थियो । स्वाब परीक्षणका क्रममा उनमा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालयको भनाई छ । उनलाई गाउँपालिकाले बनाएको जल्पाको वडा नम्बर २ स्थित क्वारेन्टाइनमा राखिएको थियो । तर उनमा कोरोनासँग मिल्दोजुल्दो लक्षण देखिएपछि र अवस्था विग्रँदै गएपछि सदरमुकाम तानसेन नजिकै रहेको मिसन अस्पतालमा उपचारार्थ भर्ना गरिएको थियो ।

उपचारकै क्रममा उनको मंगलबार निधन भएको हो । उनको मृत्यु भएपछि उनको सम्पर्कमा रहेका क्वारेन्टाइनका अन्यको पनि स्वब परीक्षण थालिएको जिल्ला जनस्वाथ्य कार्यालयले जनाएको छ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता पर्वतको पहिरो अपडेट : मृतकको संख्या ८ पुग्यो, १ अझै वेपत्ता

२०७७ जेठ ३२ गते आइतबार

१४ जुन, २०२०फलेबास, पर्वत । पर्वतको सदरमुकाम कुस्मा नजिकैको...

कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार कालीकोट दुर्घटना : २ को मृत्यु, ६ वेपत्ता, ३१ को जीवितै उद्दार

२०७७ जेठ २८ गते बुधबार

१० जुन, २०२०मान्मा । कालीकोटको लालीघाटमा आज भएको टिप्पर...

लकडाउन जेठ ३२ सम्म लम्बियो लकडाउन जेठ ३२ सम्म लम्बियो

२०७७ जेठ १७ गते शनिबार

३० मे, २०२०काठमाडौं । सरकारले कोरोना रोग नियन्त्रणका लागि...

गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु गुल्मीमा पहिरोबाट खसेको ढुंगाले च्यापेर एकै घरका ४ जनाको मृत्यु

२०७७ श्रावण १७ गते शनिबार

०१ अगस्ट, २०२०तम्घास, गुल्मी । पहिरोसँगै खसेको ढुंगाले च्यापेर...

Top