Best Khabar Team | २०७७ असार २५ गते बिहिबार
०९ जुलाई, २०२०
काठमाडौं । सरकारले काठमाडौं उपत्यकालगायत देशभर जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक सवारी साधनहरुलाई सञ्चालन गर्न अनुमति दिएको छ । कोरोना भाइरसको संक्रमणलाई मध्यनजर गर्दै गएको चैत्र ५ गतेदेखिको लकडाउनका कारण बन्द रहेका सार्वजनिक सवारी साधनहरुलाई यात्रु क्षमताको ५० प्रतिशत मात्रै यात्रु राखेर सञ्चालन गर्न दिने निर्णय सरकारले गरेको हो ।

नेपाल सरकार मन्त्रीपरिषद्को आज बसेको बैठकले एउटै जिल्लाभित्र सञ्चालन हुने सार्वजनिक गाडीहरुलाई सञ्चालन गर्न दिने निर्णय गरेको हो । तर यसरी सञ्चालन हुने गाडीहरुले यात्रु क्षमताको ५० प्रतिशत मात्रै यात्रुहरु बोक्न पाउनेछन् । त्यसका लागि यात्रुहरुबाट उनीहरुले विगतको भाडा भन्दा ५० प्रतिशतसम्म बढी भाडा लिन पाउने गरी अनुमति प्रदान गरिएको छ । यद्यपि लामो दुरीका सवारी साधन सञ्चालनका लागि भने तत्काल अनुमति प्रदान नगरिएको सरकारका प्रवक्ता युवराज खतिवडाले जानकारी दिए । बस चलाउँदा यात्रु र बसका कर्मचारीले माक्स अनिवार्य लगाउनुपर्ने व्यवस्था गरिएको छ भने चालक र सहचालकलाई पञ्जा अनिवार्य गरिएको छ ।
यस्तै सरकारले भाडाका ट्रक्यासीलाई भने बढीमा २ जना यात्रु राख्न दिने गरी सञ्चालनको अनुमति प्रदान गरिएको सरकारका प्रवक्ताले जानकारी दिएका छन् । काठमाडौं उपत्यकाको हकमा भने तीनवटै जिल्लाभित्र एकबाट अर्को जिल्लामा जानको लागि सार्वजनिक सवारी साधन तथा ट्याक्सीहरुलाई अनुमति प्रदान गरिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
राष्ट्रिय र अन्तर्राष्ट्रिय उडान असार १६ (जुन ३०) सम्म बन्द गर्ने सरकारको निर्णय
२०७७ जेठ १७ गते शनिबार
३० मे, २०२०काठमाडौं । सरकारले कोरोना (कोभिड–१९) लाई मध्यनजर...
रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या
२०७७ जेठ २७ गते मंगलबार
०९ जुन, २०२०तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना...
मंगलबार अमेरिकामा कोरोनाका कारण १४ सयको मृत्यु, न्यूर्योकमा मात्रै ७ सय बढीको ज्यान गयो
२०७६ चैत्र २५ गते मंगलबार
०७ अप्रिल, २०२०न्यूर्योक । अमेरिकामा पछिल्ला दिनहरुमा कोरोनाको संक्रमण...
अमेरिकामा बर्दीमै रहेका प्रहरी अधिकारीमाथि गोली प्रहार, एक गम्भीर घाइते
२०७६ माघ २६ गते आइतबार
०९ फेब्रुअरी, २०२० न्यूर्योक । अमेरिकाको न्यूर्योकमा आज साँझ...
Top