Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार
०२ सेप्टेम्बर, २०२०
बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट भन्ने ठाउँको खोला छेउको बस्तीमा पसेको बाढीले बगाएका मध्ये ८ जनाको शव प्राप्त भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ढोरपाटन नगरपालिका वडा नम्बर सात, आठ र नौ भएर बग्ने भुजी खोलामा आएको बाढी खोला छेउको तटीय क्षेत्रको बस्तीमा पसेको थियो । बाढीले १२ भन्दा बढी घर बगाएको छ भने हालसम्म केही स्थानीय वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये ८ जनाको शव भेटिएको छ भने अझै केहीको खोजी कार्य जारीछ । हिजो दिनभर परेको पानी र राति थप बर्षा भएपछि खोला उर्लेर बाढीको रुपमा बस्तीमा पसेको थियो ।
विशेष गरी बाढीले ढोरपाटनको सेराबाङ्ग, सुर्कुदुङ्ग र बोबाङ्गका स्थानीयको घर बगाएको छ । साथै घर माथिबाट पहिरोसमेत खसेका कारण उनीहरु थप समस्यामा परेका छन् । घटनास्थलमा ढोरपाटन शिकार आरक्षमा खटिएका सेना, प्रहरी र सशस्त्र प्रहरी बल घटनास्थल पुगेर उद्दार शुरु गरेको छ । बाढीले स्थानीय जलविद्यूत् परियोजना, विद्यालय र केही पुलहरुसमेत बगाएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
पछिल्लो २४ घण्टाको कोरोना तथ्यांक : २९०९ जना नयाँ संक्रमित थपिए, १८ को मृत्य, ४५ सय बढी कोरोना मुक्त
२०७७ कार्तिक २१ गते शुक्रबार
०६ नोभेम्बर, २०२०काठमाडौं । पछिल्लो २४ घण्टामा देशका विभिन्न...
विश्वमा सबैभन्दा शान्तिपूर्ण देश आइसल्याण्ड : नेपाल ७३ औं नम्बरमा (सूचीसहित)
२०७७ जेठ ३० गते शुक्रबार
१२ जुन, २०२०प्रतीक लामिछाने, लिंकरोभर बेल्जियम । विश्वमा सबैभन्दा...
Nepal Visit Year-2020 : Jungle Safari Open At Banke National Park
२०७६ मंशिर २३ गते सोमबार
09 Dec,2019 Banke, Jungle safari has been kept open...
नर्वेमा ८ वटा घरहरु यसरी बगे समुद्रमा (भिडियोसहित)
२०७७ जेठ २२ गते बिहिबार
ओस्लो । नर्वेको राजधानी ओस्लोबाट उत्तरी क्षेत्रमा रहेको अल्टा...
Top