बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता

Best Khabar Team | २०७७ भाद्र १८ गते बिहिबार


०२ सेप्टेम्बर, २०२०
बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट भन्ने ठाउँको खोला छेउको बस्तीमा पसेको बाढीले बगाएका मध्ये ८ जनाको शव प्राप्त भएको छ । मृतकको सनाखत हुन सकेको छैन ।

जिल्ला प्रहरी कार्यालयले दिएको जानकारी अनुसार ढोरपाटन नगरपालिका वडा नम्बर सात, आठ र नौ भएर बग्ने भुजी खोलामा आएको बाढी खोला छेउको तटीय क्षेत्रको बस्तीमा पसेको थियो । बाढीले १२ भन्दा बढी घर बगाएको छ भने हालसम्म केही स्थानीय वेपत्ता भएका छन् । वेपत्ता भएकामध्ये ८ जनाको शव भेटिएको छ भने अझै केहीको खोजी कार्य जारीछ । हिजो दिनभर परेको पानी र राति थप बर्षा भएपछि खोला उर्लेर बाढीको रुपमा बस्तीमा पसेको थियो ।

विशेष गरी बाढीले ढोरपाटनको सेराबाङ्ग, सुर्कुदुङ्ग र बोबाङ्गका स्थानीयको घर बगाएको छ । साथै घर माथिबाट पहिरोसमेत खसेका कारण उनीहरु थप समस्यामा परेका छन् । घटनास्थलमा ढोरपाटन शिकार आरक्षमा खटिएका सेना, प्रहरी र सशस्त्र प्रहरी बल घटनास्थल पुगेर उद्दार शुरु गरेको छ । बाढीले स्थानीय जलविद्यूत् परियोजना, विद्यालय र केही पुलहरुसमेत बगाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो लकडाउनकैबीच भारतले ४ दिनपछि आन्तरिक हवाई उडान खोल्दै, यात्रुलाई माक्स र स्यानिटाइजर अनिवार्य गरियो

२०७७ जेठ ७ गते बुधबार

२० मे, २०२०नयाँदिल्ली । छिमेकी मुलुक भारतले कोरोना संक्रमण...

घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई घरमै बसेर यसरी पढ्न–पढाउन मिल्नेछ अब आफ्ना नानी बाबुहरुलाई

२०७७ बैशाख २८ गते आइतबार

१० मे, २०२०काठमाडौं । कोरोना भाइरस (कोभिड १९) को...

समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल ! समुदायमा कोरोना संक्रमित भेटिएपछि पवर्तको सदरमुकाम कुस्मा बजार सिल !

२०७७ भाद्र २७ गते शनिबार

१२ सेप्टेम्बर, २०२०फलेबास, पर्वत । पवर्तको कुस्मामा क्वारेन्टाइन बाहिर...

पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना पश्चिमी बायुको प्रभाव : देशका अधिकांश स्थानमा आइतबारसम्म वर्षाको सम्भावना

२०७७ जेठ १६ गते शुक्रबार

२९ मे, २०२०काठमाडौं । स्थानीय तथा पश्चिमी बायुको संयुक्त...

Top