कोरोनाबाट नेपालमा ४१ औं मृत्यु

Best Khabar Team | २०७७ श्रावण ७ गते बुधबार


२२ जुलाई, २०२०
धरान, सुनसरी । नेपालमा कोरोनाबाट थप एकजनाको मृत्यु भएको छ । महोत्तरीमा एक पुरुषको हिजो साँझ कोरोनाबाट ज्यान गएसँगै नेपालमा कोरोनाबाट मृत्यु हुनेको ो संख्या ४१ पुगेको छ । महोत्तरीको मडहीका ६४ वर्षका एक पुरुषको उपचारका क्रममा धरानमा रहेको वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा मृत्यु भएको अस्पतालले जनाएको छ ।

धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान ।

उनी सरकारी कर्मचारी समेत रहेको र केहीसमयदेखि अस्वस्थ रहेपछि घरमै बस्दै आएका थिए । सुरुमा सामान्य रुघाखोकी देखिएपनि पछि त्यसले च्याप्दै लगेपछि उनलाई प्रतिष्ठानमा पु-याइएको थियो । करिब २ साता अघि अस्पतालमा भर्ना भएका उनको उपचारका क्रममा हिजो दिउँसो ज्यान गएको थियो ।

उनको हिजो नै मृत्यु भएको र आज बिहान स्वाब परीक्षणको रिपोर्ट पनि पोजेटिभ आएको अस्पतालको भनाई छ । नेपाली सेनाले स्थानीय खोला छेउमा उनको शवको व्यवस्थापन समेत गरिसकेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा कोरोना संक्रमित बढ्न थालेपछि जापानको टोकियोमा संकटकाल घोषणा

२०७७ पुष २३ गते बिहिबार

०७ जनवरी, २०२१टोकियो, जापान । पछिल्ला केहीदिनयता राजधानी टोकियोलगायतका...

बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे बाइडेनको सपथ अगाबै ट्रम्प ह्वाईट हाउस छाडेर फ्लोरिडा उडे

२०७७ माघ ७ गते बुधबार

२० जनवरी, २०२१न्यूर्योक । गत नोभेम्बरमा भएको राष्ट्रपति चुनावमा...

बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित) बेल्जियममा चलचित्र ‘उल्झन’ को प्रिमियर सो (टेलरसहित)

२०७६ जेठ २० गते सोमबार

०३ जुन, २०१९एन्त्रोपेन । तेजेन्द्र कँडेलद्वारा निर्मित नेपाली चलचित्र...

२४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो २४ घण्टामा २०१ जना थपिए, कुल संक्रमितको संख्या २३०० पुग्यो

२०७७ जेठ २१ गते बुधबार

०३ जुन, २०२०काठमाडौं । देशका विभिन्न जिल्लामा पछिल्लो २४...

Top