सरोकारवाला भन्छन् : गुठी विधेयक खारेज नभएसम्म आन्दोलन जारी रहन्छ

Best Khabar Team | २०७६ असार ३ गते मंगलबार


१८ जुन, २०१९
काठमाडौं । सम्पदा अभियन्ता पवित्र बज्राचार्य गुठीसम्बन्धी विधेयक खारेज नगरेसम्म आन्दोलन नरोकिने बताएका छन् । सरकारले विधेयक फिर्ता लिदैमा आन्दोलन नरोकिने भन्दै खारेजको घोषणा आउनुपर्ने बताए । काठमाडौंमा आज गरिएको कार्यक्रममा बोल्दै गुठी माँस्न खोजिएकाले विधेयक कुनै हालतमा खारेज हुनुपर्ने बताए । उनले भने,‘गुठी अक्षयकोष जस्तै हो माँस्न खोजियो ।’

हजारौं वर्ष देखि चलिआएको संस्कृति माँस्ने चलखेल भइरहेकाले जनता स्वतस्फूर्त सडकमा उत्रिएको बताए । नेपालको इतिहासमा गैर राजनीतिक मुद्यामा यति ठूलो आन्दोलन नउठेको भन्दै गुठीसम्बन्धि विधेयक जनविरोधी भएकाले जनता उठेको बताए ।

बज्राचार्यले अहिलेको विधेयक खिचडी भएको बताए । सरकारले जनताको चित्त दुखाएको बताए । भूमाफियालाई जग्गा हडप्ने वातावरण निर्माण गर्न सरकारले ल्याएको विधेयक सहायक बन्ने भन्दै त्यसलाई रोक्न आन्दोलनको आँधीबेहरी ल्याउने चेतावनी दिए । सांस्कृतिक सम्पदाको रक्षा र सम्वद्र्धनको जिम्मेवारी सरकारले लिनुपर्ने बताए ।

नेपाल कम्युनिष्ट पार्टीका सांसद महेश बस्नेतले गुठीको जग्गा हडपेर बनाइएका भौतिक संरचनाहरु सरकारले कब्जामा लिनुपर्ने बताए । गुठीको जग्गा संरक्षण गर्न सरकार लागेको भन्दै जग्गा हडप्नेविरुद्ध कडा रुपमा प्रस्तुत हुन भने । उनले भने,‘गुठीको जग्गामा महल र कम्प्लेक्स ठडिएको छ भने पनि सरकारले तत्काल कब्जामा लिनुपर्छ ।’ गुठीको जग्गा जोगाउन सरकार आक्रामक रुपमा प्रस्तुत भएको भन्दै गुठीको जग्गा हडपेर बनाइएको छायाँ सेन्टर समेत कब्जामा लिनुपर्ने बताए । उनले भने,‘छायाँ सेन्टरलगायत गुठीमा बनेका संरचना सरकारले कब्जामा लिनुपर्छ ।’

काठमाडौं बाहिर र भित्रको गुठी फरक भएकाले यही विधेयकले समेट्न नसक्ने बताए । फरक तरिकाले गुठीको समस्या सुल्झाउनुपर्नेमा जोड दिए । सरकारले गुठीबारे उठेको मागको यथोचित् सम्बोधन गर्नुपर्नेमा जोड दिए । गुठीको जग्गा व्यक्तिको नाममा पु¥याउने विधेयक विगतमा नेपाली काँग्रेसले ल्याएको भन्दै अहिले गुठीको पक्षमा काँग्रेस देखिनु लाजमर्दो भएको बताए । उनले भने,‘हिजो गुठीको जग्गा व्यक्तिको नाममा पु¥याउनेहरु आज गुठीको संरक्षक बन्न खोजेका छन् ।’

नेपाली काँग्रेसका नेता नवीन्द्रराज जोशीले सरकार भूमाफियाबाट प्रभावित भएर गुठी विधेयक ल्याएको आरोप लगाए । गुठीको जग्गा कब्जामा लिन चलखेल भइआएकोमा सरकार सहयोगी बनेको बताए । सरकारले तत्काल गुठी विधेयक फिर्ता नलिए गम्भीर अवस्था आउने बताए । उनले भने,‘भूमाफियालाई फाइदा पुग्ने विधेयक तत्काल फिर्ता लिएमा सरकारको कल्याण हुन्छ ।’
गुठीको मूल मर्ममाथि प्रहार भएको बताए ।

गुठी विधेयकले काठमाडौं भित्र मात्र नभई बाहिर पनि प्रभाव पारेको बताए । गुठी संस्कृतिसँग जोडिएकाले सरकारले त्यसविरुद्ध गतिविधि चलाएको आरोप लगाए । नेपाली काँग्रेसले गुठी विधेयकविरुद्धको आन्दोलनको सभर्थन गरेको भन्दै जनताभन्दा माथि कोही हुन खोजे गम्भीर परिणाम भोग्नुपर्ने चेतावनी दिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना नेपालमा शरणार्थी बनेर बस्नेको विदेशीको संख्या झण्डै एक हजार जना

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । अमेरिका, क्यानडा,युरोपलगायतका देशमा नेपालबाट...

धादिङ्मा एकै परिवारका ४ जना त्रिशुलीमा हेलिए, आमाको मृत्यु,  २ छोरा वेपत्ता धादिङ्मा एकै परिवारका ४ जना त्रिशुलीमा हेलिए, आमाको मृत्यु, २ छोरा वेपत्ता

२०७६ माघ २ गते बिहिबार

१६ जनवरी, २०२० धादिङ्ग । पृथ्वीराजमार्गमा पर्ने धादिङ्गको बेनिघाटमा...

नवरात्रको नवौ दिन : महानवमी पर्व धुमधामका साथ मनाईँदै, शक्तिपीठमा भक्तजनको भीड नवरात्रको नवौ दिन : महानवमी पर्व धुमधामका साथ मनाईँदै, शक्तिपीठमा भक्तजनको भीड

२०८० कार्तिक ६ गते सोमबार

२३ अक्टोबर, २०२३काठमाडौं । विजयादशमी अन्तर्गत नवरात्रको आज नवौं...

पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी पोखरामा ७२ जना सवार यात्रुबाहक विमान दुर्घटना, विस्तृत विवरण आउन बाँकी

२०७९ माघ १ गते आइतबार

१५ जनवरी, २०२३चिप्लेढुंगा, पोखरा । निजी बायुसेवा निगम एति...

Top