Best Khabar Team | २०७८ बैशाख १३ गते सोमबार
२६ अप्रिल, २०२१
काठमाडौं । सरकारले कोरोना संक्रमितको संख्या तीब्रगतिमा बढ्न थालेपछि काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा १ साताका लागि निषेधाज्ञा जारी गरेको छ । कोरोना नियन्त्रण उच्चस्तरीय समितिको आदेश अनुसार काठमाडौं ललितपुर भक्तपुरका प्रमुख जिल्ला अधिकारीले छुट्टाछुट्टै रुपमा विज्ञप्ति निकालेर आगामी बैशाख १६ गते बिहीबारदेखि लागूहुने गरी एकसाताका लागि निषेधाज्ञा जारी हुने बताएका छन् ।

यो आदेशसँगै आगामी बैशाख २२ गतेसम्म अब काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा अत्यावश्यक बाहेकका सबै सेवा तथा गतिविधि बन्द हुने भएका छन् । निषेधाज्ञा जारी गर्नुअघि तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीहरुले सरोकारवाला निकायसँग बैठक आह्वान गरेका थिए । बैठकपछि उनीहरुले निश्चित क्षेत्रलाई कम्तीमा एक साताका लागि बन्द गर्ने गरी आदेश जारी गरेका हुन् । तीनवटै जिल्लाका प्रमुख जिल्ला अधिकारीले जारी गरेको विज्ञप्तिको मूल मर्म यसप्रकार रहेको छ ।


आगामी बैशाख २२ गतेपछि पनि कोरोना भाइरस नियन्त्रणमा नआए अहिलेको निषेधाज्ञा केही समय थपिनसक्ने अधिकारीहरुले बताएका छन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
७० करोड कमिसन सम्बन्धी विवादास्पद अडियो सार्वजनिक भएपछि सञ्चारमन्त्रीले दिए राजीनामा
२०७६ फाल्गुन ८ गते बिहिबार
२० फेब्रअरी, २०२० काठमाडौं । स्वदेशमै राहदानी छाप्नका लागि...
आज र भोलि देशैभरको मौसम प्रतिकुल, काठमाडौंमा बर्षा र हिमाली जिल्लामा हिमपात हुने
२०७६ पुष १८ गते शुक्रबार
०३ जनवरी, २०२० काठमाडौं । अबको केहीदिन नेपाली आसकको...
युरोपका उदाहरणीय एक नेपाली बुबा : जसले कहिल्यै हार मानेनन्
२०७९ फाल्गुन १५ गते सोमबार
२१ औं शताब्दीको अहिलेको जमानामा पनि हाम्रो समाज कतिपय...
पक्राउ पूर्जी पाएलगत्तै प्रहरीले समात्यो सांसद मनाङ्लेलाई
२०७६ माघ ९ गते बिहिबार
२३ जनवरी, २०२०पोखरा । एन्फा कास्कीका अध्यक्षलाई कुटपिट गरेको...
Top