एउटा तस्वीरले जगाएको ‘मानवता’…

Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार


– बन्दना सापकोटा / बेष्टखबर डटकम

झण्डै २ सातादेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उखुकिसानहरुले काठमाडौंमा थुप्रै हण्डर खाए । यस क्रममा केही मुटु दुखाउने तस्वीरहरु सार्वजनिक भए । ती तस्वीरहरु मध्येको एक थियो – एकजना किसानले आफ्ले पसिना चुहाएर गरेको मेहनतको मूल्य पाउन सरकारको शहरमा आएर आँखामा आँसु छचल्काउँदै न्यायको ढोका ढक्ढक्याउँदै गरेको ।

तस्वीर : सामाजिक सञ्जाल

त्यो तस्वीर एकाएक सामाजिक सञ्जालमा फैलिन थाल्यो । सामाजिक सञ्जालमा त्यो तस्वीर सार्वजनिक भएपछि एकजना मनकारी जसले आफ्नो क्षमताले भ्याएको सहयोग गर्न तयार देखिए र उनले सार्वजनिक रुपमै त्यसको अपिल गरे । न्यायको भिख माग्दै काठमाडौं आएका किसानको आँखामा आँसुदेखेपछि काठमाडौंमा पर्यटन व्यवसाय गर्दै आएका गोर्खाका राजेन्द्र बजगाईँको मन भक्कानियो ।

अनि विभिन्न च्यानलबाट उखु किसानसँगको सम्पर्कमा पुगेका उनले शुक्रबार दिउँसो काठमाडौंमा पुसे झरीकै बीच ५० जना उखु किसानलाई न्यानो ज्याकेट वितरण गरे । त्यसो त अहिलेसम्म काठमाडौं छिरेका उखु किसानलाई व्यक्तिगत वा सरकारी तबरबाट आर्थिक वा अन्य उल्लेख्य सहयोग गरेको समाचार सार्वजनिक भएको छैन ।

बजगाईको फेसबुक स्टाटस

तर बजगाईले शुक्रबार मानव भएर मानवीय धर्म पुरा गरेका छन् । यहाँ प्रसंग ज्याकेट वा बजगाईँको होइन, मानवताको हो । कसैको शरीरमा घाउ देख्दा घाउमा मल्हम पट्टी लगाउन हामीलाई हाम्रा पितापुर्खाले सिकाएका हुन्, त्यहि धर्म बजगाईँले पुरा गरे । अनि एउटा मानवीय संस्कारको श्रीगणेश गरे । यस्ता मानवीय कार्यमा अरु बजगाईँहरु जन्मनुपर्दछ । जसले समाजमा सहयोग र बन्धुत्वको सम्बन्ध बढाउँछ । हामीसँगको छोटो कुराकानीमा बजगाईँले भने –“मैले ठूलो केही गरेको होइन, एउटा मानवीय धर्म मात्रै पुरा गरेको हुँ । राज्यको अगाडि म केही होइन । ”

उखु किसानलाई ज्याकेट वितरण गर्दै बजगाईँ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित) विश्वभर २३ देशमा भेटिए कोरोना संक्रमित (तथ्यांकसहित)

२०७६ माघ १७ गते शुक्रबार

३१ जनवरी, २०२० एजेन्सी । चीनको बुहान प्रान्तबाट फैलिएको...

अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने अब चाहेको ठाउँबाटै मोबाइल एप्स प्रयोग गरी ट्याक्सी मगाउन सकिने

२०७६ मंशिर २७ गते शुक्रबार

१३ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं उपत्यका भित्र अब...

काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी काठमाडौं उपत्यकाभित्र सार्वजनिक यातयात सञ्चालनको तयारी

२०७७ असार २० गते शनिबार

०४ जुलाई, २०२०काठमाडौं । कोरोना भाइरसको संक्रमण रोक्न भन्दै...

पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट १ ज्यान गयो, खेतीमा काम गर्ने नेपाली समेत झण्डै ६० जना क्वारेन्टाईनमा पोर्चुगलमा कोरोना भाइरसको संक्रमणबाट १ ज्यान गयो, खेतीमा काम गर्ने नेपाली समेत झण्डै ६० जना क्वारेन्टाईनमा

२०७६ चैत्र ३ गते सोमबार

१६ मार्च, २०२०पोर्तिमाउ । पोर्चुगलमा कोरोना भाइरसबाट संक्रमित एकजनाको...

Top