एउटा तस्वीरले जगाएको ‘मानवता’…

Best Khabar Team | २०७६ पुष १८ गते शुक्रबार


– बन्दना सापकोटा / बेष्टखबर डटकम

झण्डै २ सातादेखि काठमाडौं केन्द्रीत आन्दोलन गरिरहेका उखुकिसानहरुले काठमाडौंमा थुप्रै हण्डर खाए । यस क्रममा केही मुटु दुखाउने तस्वीरहरु सार्वजनिक भए । ती तस्वीरहरु मध्येको एक थियो – एकजना किसानले आफ्ले पसिना चुहाएर गरेको मेहनतको मूल्य पाउन सरकारको शहरमा आएर आँखामा आँसु छचल्काउँदै न्यायको ढोका ढक्ढक्याउँदै गरेको ।

तस्वीर : सामाजिक सञ्जाल

त्यो तस्वीर एकाएक सामाजिक सञ्जालमा फैलिन थाल्यो । सामाजिक सञ्जालमा त्यो तस्वीर सार्वजनिक भएपछि एकजना मनकारी जसले आफ्नो क्षमताले भ्याएको सहयोग गर्न तयार देखिए र उनले सार्वजनिक रुपमै त्यसको अपिल गरे । न्यायको भिख माग्दै काठमाडौं आएका किसानको आँखामा आँसुदेखेपछि काठमाडौंमा पर्यटन व्यवसाय गर्दै आएका गोर्खाका राजेन्द्र बजगाईँको मन भक्कानियो ।

अनि विभिन्न च्यानलबाट उखु किसानसँगको सम्पर्कमा पुगेका उनले शुक्रबार दिउँसो काठमाडौंमा पुसे झरीकै बीच ५० जना उखु किसानलाई न्यानो ज्याकेट वितरण गरे । त्यसो त अहिलेसम्म काठमाडौं छिरेका उखु किसानलाई व्यक्तिगत वा सरकारी तबरबाट आर्थिक वा अन्य उल्लेख्य सहयोग गरेको समाचार सार्वजनिक भएको छैन ।

बजगाईको फेसबुक स्टाटस

तर बजगाईले शुक्रबार मानव भएर मानवीय धर्म पुरा गरेका छन् । यहाँ प्रसंग ज्याकेट वा बजगाईँको होइन, मानवताको हो । कसैको शरीरमा घाउ देख्दा घाउमा मल्हम पट्टी लगाउन हामीलाई हाम्रा पितापुर्खाले सिकाएका हुन्, त्यहि धर्म बजगाईँले पुरा गरे । अनि एउटा मानवीय संस्कारको श्रीगणेश गरे । यस्ता मानवीय कार्यमा अरु बजगाईँहरु जन्मनुपर्दछ । जसले समाजमा सहयोग र बन्धुत्वको सम्बन्ध बढाउँछ । हामीसँगको छोटो कुराकानीमा बजगाईँले भने –“मैले ठूलो केही गरेको होइन, एउटा मानवीय धर्म मात्रै पुरा गरेको हुँ । राज्यको अगाडि म केही होइन । ”

उखु किसानलाई ज्याकेट वितरण गर्दै बजगाईँ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङ्गकी त्रिपुरासुन्दरी भगवतीलाई ३ महिनाका लागि ‘माइतको मन्दिर’ लगियो धादिङ्गकी त्रिपुरासुन्दरी भगवतीलाई ३ महिनाका लागि ‘माइतको मन्दिर’ लगियो

२०७७ मंशिर २२ गते सोमबार

बन्दना सापकोटासल्यानटार, धादिङ्०७ डिसेम्बर, २०२०धादिङ् जिल्लाको साविकको सल्यानकोट गाविसस्थित...

राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने राष्ट्रिय पुनर्निर्माण प्राधिकरणको प्रतिबद्धता : एक वर्षमा धरहरा ठडिने

२०७६ मंशिर १९ गते बिहिबार

०५ डिसेम्बर, २०१९ काठमाडौं । गत २०७२ साल बैसाख...

नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै नेपाल भ्रमण वर्ष २०२० शुरु : भव्य कार्यक्रमकाबीच औपचारिक घोषणा हुँदै

२०७६ पुष १६ गते बुधबार

०१ जनवरी, २०२० काठमाडौं । बहुप्रतिक्षित नेपाल भ्रमणवर्ष २०२०...

पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश पाकिस्तानका पूर्वराष्ट्रपति मुर्शरफलाई मृत्युदण्ड दिन विशेष अदालतको आदेश

२०७६ पुष १ गते मंगलबार

१७ जुलाई, २०१९, एजेन्सी इस्लामावाद । देशद्रोेहको मुद्दामा पाकिस्तानका...

Top