कोरोनाको विश्वव्यापी कहर : मृतकको संख्या २ लाख ५० हजार नाघ्यो

Best Khabar Team | २०७७ बैशाख २२ गते सोमबार


०४ मे, २०२०
लिंकरोभर, बेल्जियम । सन् २०१९ को डिसेम्बरको दोश्रो साता चीनको बुहानबाट फैलिएको कोरोना भाइरस (कोभिड १९) को संक्रमणबाट हालसम्म विश्वभर २ लाख ५० हजार भन्दा बढी मानिसको ज्यान गएको छ । विश्वका झण्डै २ सय देशमा अहिलेसम्म कोरोनाको संक्रमण देखिएको र मृतकको संख्या यो समाचार अपलोड गर्ने समयसम्म २ लाख ५० हजार ३ सय २५ पुगेको छ ।

यस्तै हालसम्म कोरोनाका कारण विश्वभर ३६ लाख १३ हजार ८४ जना संक्रमित बनेका छन् । आजमात्रै विश्वभर ४९ हजार ३ सय ९५ जना नयाँ संक्रमित भेटिएका छन् । त्यसमा सबैभन्दा बढी अमेरिकामा नयाँ संक्रमित भेटिएको छ । अमेरिकामा कोरोना संक्रमितको संख्या हालसम्म १२ लाख ७ सय ९४ पुगेको छ । अमेरिकामा यो समाचार तयार पर्दासम्म कोरोनाबाट ६९ हजार १ सय १६ जनाको ज्यान गएको छ । अमेरिकामा हालसम्म १ लाख ८० हजार ३ सय २९ जनाको सफल उपचार भएको छ । १६ हजार ३९ जना अहिले गम्भीर अवस्थामा अस्पतालमा उपचाररत छन् । अमेरिका विश्वमै सबैभन्दा बढी कोरोना संक्रमित र प्रभावित मुलुक हो ।

अमेरिकापछि हालसम्म सबैभन्दा बढी मानिसको मृत्यु इटलीमा भएको छ । तर संक्रमितको संख्या हेर्दा अमेरिका भन्दा युरोपेली मुलुक स्पेन बढी प्रभावित छ । स्पेनमा यो समाचार तयार गर्दासम्म २ लाख ४८ हजार ३ सय १ जना संक्रमित भेटिएका छन् । जुन अमेरिकापछि विश्वमै सबैभन्दा धेरै संक्रमित भेटिएको देश हो । यस्तै स्पेनमा हालसम्म कोरोनाका कारण २५ हजार ४ सय २८ जनाले ज्यान गुमाएका छन् । यही समयमा इटलीमा कोरोनाबाट २९ हजार ७९ जनाको ज्यान गएको छ । इटलीमा आजमात्रै १ सय ९५ जनाको ज्यान गएको छ । तर पछिल्ला दिनहरुमा इटली र स्पेन दुबै देशमा मृतक तथा संक्रमितको संख्या विस्तारै घट्न थालेको छ । यी देशहरुले लकडाउनको मोडालिटीमा पनि विस्तारै परिवर्तन गर्ने तयारी गरेका छन् ।

इटली र स्पेनपछि पूर्व युरोपेली मुलुक बेलयातमा संक्रतिको संख्या १ लाख ९० हजार ५ सय ८४ पुगेको छ । बेलायतमा हालसम्म २८ हजार ७ सय ३४ जनाको मृत्यु भएको छ भने कति विरामी निको भएर घर फर्के भन्ने विषयमा कुनै जानकारी प्राप्त भएको छैन ।

यस्तै युरोपेली मुलुक फ्रान्समा पनि कोरोनाका कारण हालसम्म १ लाख ६८ हजार ६ सय ९३ जना संक्रमित बनेका छन् । ती मध्ये २४ हजार ८ सय ९५ जनाको ज्यान गै सकेको छ । यस्तै युरोपेली मुलुक जर्मनीमा हालसम्म ६ हजार ८ सय ६६ जनाको ज्यान गएको छ भने १ लाख ६५ हजार ७ सय ४५ जना संक्रमित भेटिएका छन् ।

संक्रमितको हिसावले जर्मनीपछि रसिया अग्रस्थानमा आएको छ । रसियामा हालसम्म १ लाख ४५ हजार २ सय ६८ जना संक्रमित भेटिएका छन् । ती मध्ये १ हजार २ सय ५६ जनाको ज्यान गै सकेको छ । यस्तै टर्की, ब्राजिल, इरान, चाइना, क्यानेडा, बेल्जियम, पेरु, भारत, नेदरल्याण्ड, इक्वेडर, स्वीट्जरल्याण्ड, साउदी अरेविया, पोर्चुगल, मेक्सिको, स्वीडेनलगायतका देशहरु क्रमश बढी संक्रमित भएका देशहरुमा रहेका छन् । कोरोनाका कारण विश्वभरको आर्थिक व्यवस्था तहसनहस बनेको छ । जसका कारण विश्वमा करोडौं मानिसको रोजगारी गुमेको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै नेपाल भ्रमण वर्ष २०२० : बेल्जियमकी राजकुमारी नेपाल जाँदै

२०७६ माघ २ गते बिहिबार

ब्रसेल्स । एकसाता लामो नेपाल बसाईका लागि बेल्जियमकी राजकुमारी...

बिवाह बन्धनमा बाँधिइन् स्वेता बिवाह बन्धनमा बाँधिइन् स्वेता

२०७७ मंशिर २२ गते सोमबार

०७ डिसेम्बर, २०२०काठमाडौं । नायिका स्वेता खड्का पुनः विवाह...

अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला अबैध आप्रबासी लिएर इटली जाँदै गरेको पानीजहाज ट्युनिसियामा दुर्घटना, ४६ को मृत्यु, मृतक अधिकांश महिला

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०टुनिस, ट्युनिसिया । अफ्रिकी मुलुक ट्युनिसियाबाट अबैध...

बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो बुहानबाट फर्काइने नेपालीलाई राख्न प्राधिकरणका २ भवन खाली गरियो

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० काठमाडौं । सरकारले कोरोना भाईरसको उद्गम...

Top