Best Khabar Team | २०७६ पुष २९ गते मंगलबार

१४ जनवरी, २०२०
काठमाडौं । विशेषत हिन्दुहरुले मनाउने माघे संक्रान्ति पर्वलाई मध्यनजगर गर्दै काठमाडौं उपत्यकाभित्र ठूलो मात्रामा तरुल, पिँडालु र सखरखण्ड भित्रिएको छ । काठमाडौंको सबैभन्दा ठूलो तरकारी तथा फलफूल बजार, कालीमाटी तरकारी तथा फलफूल बजारमा गतवर्ष माघे संक्रान्तिका बेला ९ सय ९९ सय मेट्रिकटन कन्दमुल भित्रिएको भएपनि यो वर्षको यही समयमा करिब १ हजार मेट्रिकटन तरुल र २ सय ७० मेट्रिक सखरखण्ड र ३ सय मेट्रिकटन पिँडालु भित्रएको छ ।
यसरी काठमाडौं भित्रिएका तरुल मध्ये ७१ हजार ९ सय केजी तरुल भने भारतबाट ल्याइएको हो । यसपटक सबैभन्दा बढी तरुल तराईको जिल्ला सर्लाहीबाट काठमाडौ भित्रिएको छ । माघे संक्रान्ति अर्थात् मकर संक्रान्तिको अवसरमा घ्यू, चाकु, तरुल, पिँडालु, सखरखण्ड,लगायत खाने प्रचलन रहेको छ ।
चिसो भगाउन तथा शरिरमा स्फूर्ति राख्नका लागि परापूर्वकालदेखि नै माघेसंक्रान्तिमा यी कन्दमुल खाने प्रचलन रहेको छ । विभिन्न जाति र समुदायले यो पर्वलाई धुमधामका साथ मनाउने गर्दछन् ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
९० वर्षीया बृद्धाबाट शुरु ग-यो बेलायतले आमनागरिकमा कोरोना विरुद्धको खोप अभियान
२०७७ मंशिर २३ गते मंगलबार
०८ डिसेम्बर, २०२०वेस्टह्याम, लण्डन । विश्वमा कोरोना भाइरस देखा...
७८ हजार बढी मास्कसहित काठमाडौंबाट ८ पक्राउ, महंगोमा बेच्ने योजना तुहियो
२०७६ चैत्र १ गते शनिबार
१४ मार्च, २०२०काठमाडौं । काठमाडौं उपत्यकालगायत देशभर सर्जिकल मास्कको...
झण्डै १ सय कामदार खटिएर त्रिभुवन विमानस्थलको धावनमार्ग फराकिलो पारिँदै
२०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०काठमाडौं । हाल सञ्चालनमा रहेको मुलुककै एउटा...
रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...
Top