Best Khabar Team | २०७७ चैत्र २७ गते शुक्रबार
०९ अप्रिल २०२१
वेस्टह्याम, लण्डन । बेलायतकी महारानी एलेजावेथ द्वितीयका श्रीमान् युवराज फिलिपको मृत्यु भएको छ । ९९ वर्षका फिलिपको आज बिहान निधन भएको बकिङ्हम प्यालेसलाई उद्दृत गर्दै विविसीले उल्लेख गरेको छ ।

विभिन्न रोगबाट पीडित भएपछि ५ वर्षअघि ९९ वर्षीय फिलिपले दरबारबाट आफ्नो जिम्मेबारी छाडेका थिए । उनको आज बिहान आफ्नै निवासमा निधन भएको राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वर्गीय फिलिप र एलिजावेथका ४ छोराछोरी थिए भने उनीहरुबाट ८ नाति–नातिनी र १० पनाति–पनातिनीहरु जन्मिएका छन् ।

एडिनबर्गका ड्युक प्रिन्स फिलिपको निधन भएको घोषणा गर्दा आफूलाईअत्यन्तै दुःख लागेको महारानीको भनाई उल्लेख गर्दै बकिङ्गहम प्यालेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । फिलिप र एलिजवेथको विवाह सन् १९४७ मा विवाह भएको थियो भने त्यसको ५ वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
आजबाट हट्यो लकडाउन : कोरोना त्रास कायमै रहेको भन्दै केही क्षेत्र तत्काल नखुल्ने, सतर्कता अपनाउन सरकारको आह्वान
२०७७ श्रावण ६ गते मंगलबार
२२ जुलाई, २०२०काठमाडौं । सरकारले गएको चैत्र ५ गतेदेखि...
बेलायतमा कोरोनाबाट अर्का एक नेपालीको निधन, ज्यान गुमाउनेको संख्या ३ पुग्यो
२०७६ चैत्र २६ गते बुधबार
०८ अप्रिल, २०२० लण्डन । कोरोना (कोभिड १९) को...
सरकारले भन्यो : विदेशमा रहेका ४५ लाख युवालाई तत्काल ल्याउन असम्भव
२०७७ जेठ ६ गते मंगलबार
१९ मे, २०२०काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले विदेशमा...
भारतले अतिक्रमण गरेको नेपाली भूमिसहितको नक्सा काठमाडौंमा यसरी भयो सार्वजनिक
२०७६ मंशिर २३ गते सोमबार
०९ डिसेम्बर, २०१९ काठमाडौं । भारतले नेपाली भूमि समेटेर...
Top