बेलायतकी रानी एलेजावेथका श्रीमानको ९९ वर्षमा निधन

Best Khabar Team | २०७७ चैत्र २७ गते शुक्रबार


०९ अप्रिल २०२१
वेस्टह्याम, लण्डन । बेलायतकी महारानी एलेजावेथ द्वितीयका श्रीमान् युवराज फिलिपको मृत्यु भएको छ । ९९ वर्षका फिलिपको आज बिहान निधन भएको बकिङ्हम प्यालेसलाई उद्दृत गर्दै विविसीले उल्लेख गरेको छ ।

तस्वीर साभार : इन्टरनेट ।

विभिन्न रोगबाट पीडित भएपछि ५ वर्षअघि ९९ वर्षीय फिलिपले दरबारबाट आफ्नो जिम्मेबारी छाडेका थिए । उनको आज बिहान आफ्नै निवासमा निधन भएको राजदरबारले जारी गरेको विज्ञप्तिमा उल्लेख छ । स्वर्गीय फिलिप र एलिजावेथका ४ छोराछोरी थिए भने उनीहरुबाट ८ नाति–नातिनी र १० पनाति–पनातिनीहरु जन्मिएका छन् ।

६० वर्षअघि नेपालको राजकीय भ्रमणका बेला बेलायती महारानी एलिजावेथ द्वितीय र उनका श्रीमान् स्वर्गीय फिलिप काठमाडौंको ऐतिहासिक हनुमानढोका क्षेत्रमा । । तस्वीर साभार : गेटि इमेजेस् ।

एडिनबर्गका ड्युक प्रिन्स फिलिपको निधन भएको घोषणा गर्दा आफूलाईअत्यन्तै दुःख लागेको महारानीको भनाई उल्लेख गर्दै बकिङ्गहम प्यालेसले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ । फिलिप र एलिजवेथको विवाह सन् १९४७ मा विवाह भएको थियो भने त्यसको ५ वर्षपछि एलिजावेथ बेलायतकी महारानी बनेकी थिइन्।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी तत्काल सार्वजनिक गाडी सञ्चालन गर्न सक्दैनौं : यातयात व्यवसायी

२०७७ असार २६ गते शुक्रबार

१० जुलाई, २०२०काठमाडौं । सरकारले तत्काल देशभरका यातयात व्यवसायीलाई...

कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो कोरोना विरुद्धको भ्याक्सिन अर्को सातादेखि लगाउने तयारी, १० लाख खोप काठमाडौं आइपुग्यो

२०७७ माघ ८ गते बिहिबार

२१ जनावरी, २०२१काठमाडौं । कोरोना भाइरस विरुद्ध तयार पारिएको...

बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता बाग्लुङ्गको ढोरपाटनमा बाढीले एकदर्जन बढी घर बगायो, ८ को मृत्यु, केही वेपत्ता

२०७७ भाद्र १८ गते बिहिबार

०२ सेप्टेम्बर, २०२०बलेवा, बाग्लुङ्ग । बाग्लुङ्गको ढोरपाटन नगरपालिकाको लाँकुरीबोट...

कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो कोरोनाको विश्वयापी प्रकोप : भारतमा पनि एकको ज्यान गयो, संक्रमितको संख्या ६० पुग्यो

२०७६ फाल्गुन २९ गते बिहिबार

१२ मार्च, २०२०नयाँ दिल्ली । भारतमा कोरोना संक्रमित एक...

Top