Best Khabar Team | २०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२०
काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न अस्पतालमा उपचारका क्रममा रहेका विरामीहरुको मृत्युको विषयसँग जोडेर आएका समाचारहरुमा सत्यता नभएको भन्दै यस्ता समाचार सम्प्रेषण गर्दा गम्भीर बन्न सञ्चारकर्मीहरुलाई विशेष आग्रह गरेको छ । स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा.विकास देवकोटाले आज नियमित पत्रकार सम्मेलन गरी हरेक मृत्युलाई कोरोनासँग जोडेर नहेर्न र समाजलाई अनावश्यक रुपमा त्रसित नबनाउन सबैलाई आग्रह गरेका छन् ।
उनले कोरोनाको आशंका लागेकाहरुको जानकारी तथा उनीहरुलाई आइसोलेसनमा राखेर उपचार अघि बढाएको भन्दै मेडिकल रिपोर्ट पाएपछि उनीहरुको वास्तविक अवस्थाको बारेमा थाहा हुने बताए । सामान्य रुघाखोकी र ज्वरो आएका सबै व्यक्तिलाई कोरोना नहुने भन्दै आइसोलेसनमा रहेका उनीहरुको स्वास्थ्यजाँचमा चिकित्सकहरु खटिइरहेको भन्दै कम्तीमा मेडिकल रिपोर्ट आएपछिमात्रै उनीहरुलाई के भएको हो भनेर थाहा पाउन सकिने बताए । उनले हिजो र आज उपत्यका र उपत्यका बाहिर मृत्यु भएका व्यक्तिहरु मध्ये रिपोर्ट प्राप्त भएकाहरुको हकमा कसैमा पनि कोरोनाको संक्रमण नभएको दाबी गरे ।

पत्रकार सम्मेलनमा डा. देवकोटाले हिजो बुटबलमा मृत्यु भएका युवकको ल्याब परिक्षणका क्रममा कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको बताए । ती युवक केही समय अघि दुबईबाट नेपाल फर्केका थिए । यस्तै हिजो नै पाटनको आइसियुमा उपचारका क्रममा मृत्यु भएका व्यक्तिको ल्याब परिक्षणको रिपोर्ट आउन बाँकी रहेको भन्दै उनी कोरोनाको संक्रमणबाट नभै अन्य कारणले उपचारका लागि अस्पताल आएको पत्रकार सम्मेलनमा जानकारी गराईयो ।
वीरमा मृत्यु भएका दुईजनामा एकजना उच्च रक्तचाप, मधुमेह र ज्वरो समेतको समस्या भएर आएको र भारतीय नागरिकलाई कालीमाटीबाट अचेत अवस्थामा वीर अस्पताल लगिएको बताइएको छ । उनको उपचारको क्रममा मृत्यु भएपनि ल्याव परिक्षणको रिपोर्ट आउन बाँकी रहेकोले उनको मृत्यु के कारणले भयो खुल्न नसकेको उनले बताए ।
सरकारले सबै प्रदेशमा १ हजारका दरले पिपीई, माक्स, पन्जा लगायतका सामग्री आजै पठाइएको बताइएको छ । यस्तै, कोरोनाको बारेमा समाचार सम्प्रेषण गर्दा कम्तीमा मन्त्रालयको आधिकारिक जानकारी लिन र ल्याव परीक्षणमा रहेकाहरुको रिपोर्ट प्राप्त भएपछि मात्रै सत्यतथ्य सामग्री प्रवाह गर्न सबैसँग अनुरोध समेत गरेको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
नेपालमा कोरोना संक्रमण बढ्दो : पछिल्लो २४ घण्टामा ४ सय २५ जना थपिए
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०काठमाडौं । पछिल्ला केही साता यता नेपालमा...
४६ औं राष्ट्रपतिको रुपमा ह्वाईट हाउस छिरे बाइडेन !
२०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं...
देशभर ६०३ जनामा संक्रमण देखिँदा २५४ जना उपत्यकामा
२०७८ बैशाख १ गते बुधबार
१४ अप्रिल, २०२१काठमाडौं । केहीदिनयता देशभर कोरोना संक्रमितको संख्या...
नेपालमा बायु प्रदुषको प्रभाव : भोलिदेखि देशभरका विद्यालय ५ दिन बन्द
२०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशभर...
Top