सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा

Best Khabar Team | २०७६ असार १ गते आइतबार


१६ जुन, २०१९
काठमाडौं । पछिल्लो समयमा भै रहेका गतिविधिले आफूहरुले अस्पतालमा बसेर काम गर्न नसक्ने तथा असुरक्षाको अनुभव भएको भन्दै विकट डडेल्धुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु सामूहिक विदामा बसेका छन् । आफूहरु कार्यरत अस्पतालमा काम गर्ने वातावरण नभएको तथा असुरक्षा रहको भन्दै जिल्ला अस्पतालमा कार्यरत झण्डै एकदर्जन चिकित्सकहरुले आजदेखि लागूहुने गरी सामूहिक रुपमा विदा बसेको घोषणा गरेका हुन् ।

उनीहरुले आज बिहान अस्पतालका सुपरिटेन्डेन्ट डा.जितेन्द्र कँडेललाई सामूहिक विदाको पत्र बुझाएका हुन् । पत्रमा चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको साटो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदा आफूहरु थप असुरक्षित भएको उल्लेख छ ।

केहीदिन अघि अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको गत शुक्रबार मृत्यु भएपछि अस्पतालमा आक्रमण भएको थियो।बिदामा बस्ने चिकित्सकहरुमा डा. ललित सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभाष लामिछाने, विकास दुवाडी, बिभव वस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डा.डबल बुढा रहेका छन्।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर महाप्रसाद अधिकारी बने नेपाल राष्ट्र बैंकको १७ औं गभर्नर

२०७६ चैत्र २४ गते सोमबार

०६ मार्च, २०२० काठमाडौं । नेपाल राष्ट्रबैंकले नयाँ गर्भनर...

स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस् स्वास्थ्य मन्त्रालयको निर्देशन : अध्ययन विदामा बसेका स्वास्थ्यकर्मी तत्काल काममा फर्कनोस्

२०७८ बैशाख १९ गते आइतबार

०२ मे, २०२१काठमाडौं । देशमा पछिल्ला दिनहरुमा कोरोना संक्रमितको...

‘लकडाउन’मा थप कडाई ‘लकडाउन’मा थप कडाई

२०७६ चैत्र २२ गते शनिबार

०४ मार्च, २०२०काठमाडौं । सरकारले बन्दाबन्दी (लकडाउन)लाई अझै प्रभावकारी...

न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’ न्युजिल्याण्डमा पनि आपत्कालको घोषणा : एक महिना सिँगो देश ‘लकडाउन’

२०७६ चैत्र १२ गते बुधबार

२५ मार्च, २०२०विलिङ्गटन । न्युजिल्याण्डमा पनि कोरोनाको संक्रमण चुलिँदै...

Top