सुरक्षा माग्दै जिल्ला अस्पताल डडेल्धुराका चिकित्सक सामूहिक विदामा

Best Khabar Team | २०७६ असार १ गते आइतबार


१६ जुन, २०१९
काठमाडौं । पछिल्लो समयमा भै रहेका गतिविधिले आफूहरुले अस्पतालमा बसेर काम गर्न नसक्ने तथा असुरक्षाको अनुभव भएको भन्दै विकट डडेल्धुरा जिल्ला अस्पतालमा कार्यरत चिकित्सकहरु सामूहिक विदामा बसेका छन् । आफूहरु कार्यरत अस्पतालमा काम गर्ने वातावरण नभएको तथा असुरक्षा रहको भन्दै जिल्ला अस्पतालमा कार्यरत झण्डै एकदर्जन चिकित्सकहरुले आजदेखि लागूहुने गरी सामूहिक रुपमा विदा बसेको घोषणा गरेका हुन् ।

उनीहरुले आज बिहान अस्पतालका सुपरिटेन्डेन्ट डा.जितेन्द्र कँडेललाई सामूहिक विदाको पत्र बुझाएका हुन् । पत्रमा चिकित्सकहरुले प्रमुख जिल्ला अधिकारीबाट सुरक्षा दिनुको साटो डर र धम्की दिँदै गैरजिम्मेवार रुपमा प्रस्तुत हुँदा आफूहरु थप असुरक्षित भएको उल्लेख छ ।

केहीदिन अघि अप्रेशन गरी शिशु जन्माएकी अमरगढी नगरपालिका–६ का धर्मराज ताम्राकारकी श्रीमती २६ वर्षीया गीता ताम्राकारको गत शुक्रबार मृत्यु भएपछि अस्पतालमा आक्रमण भएको थियो।बिदामा बस्ने चिकित्सकहरुमा डा. ललित सुरी, उत्तम भट्ट, पदम नेपाली, अमृत अधिकारी, सुभाष लामिछाने, विकास दुवाडी, बिभव वस्याल, नरेश श्रेष्ठ, सृजना अधिकारी, सिर्जना महर्जन र डा.डबल बुढा रहेका छन्।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिकामा ७ जनामा कोरोना संक्रमण पुष्टि

२०७७ जेठ २९ गते बिहिबार

११ जुन, २०२०सल्यानटार, धादिङ्ग । धादिङ्गको त्रिपुरासुन्दरी गाउँपालिका वडा...

मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित मध्यतराईमा शितलहरको प्रभाव बढ्दै, बालबालिका तथा बृद्दबृद्दा बढी प्रभावित

२०७६ पुष १५ गते मंगलबार

३१ डिसेम्बर, २०१९कलैया । जाडोयाम शुरुभएसँगै मध्य तराईका जिल्लाहरुमा...

स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ

२०८१ पुष ८ गते सोमबार

२३ डिसेम्बर, २०२४लक्जमबर्ग । युरोपेली मुलुक स्पेनसहित विभिन्न पाँच...

हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने हेल्थ डेक्स राखेर तातोपानी नाका सञ्चालनमा, आवश्यक स्वास्थ्य सामग्री ल्याइने

२०७६ चैत्र २७ गते बिहिबार

०९ अप्रिल, २०२०चौतारा । नेपाल चीन सीमावर्ती नाका तातोपानी...

Top