नेपालमा असार २१ (जुलाई ५) सम्मका लागि लम्बियो नियमित हवाई उडानमाथिको प्रतिबन्ध (विज्ञप्तिसहित)

Best Khabar Team | २०७७ जेठ ३२ गते आइतबार


१४ जुन, २०२०
काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमण फैलनसक्ने खतरालाई मध्यनजर गर्दै आन्तरिक तथा बाह्य हवाई उडानमा लगाउँदै आएको प्रतिबन्ध ३ साता थप गरेको छ । कोरोना नियन्त्रणसम्बन्धी उच्चस्तरीय सरकारी संयन्त्रले यसअघि आजसम्मका लागि यात्रुबाहक हवाई जहाजहरुको नियमित आन्तरिक तथा बाह्य उडानमाथि (जेठ ३२ गते) आजसम्मका लागि प्रतिबन्ध लगाएको थियो ।

तर पछिल्ला केहीदिनयता नेपालमा कोरोना संक्रमितको संख्या ह्वात्तै बढ्न थालेपछि नियमित हवाई उडानमाथिको प्रतिबन्ध थप २१ दिन बढेको छ । यो निर्णय पछि अब आगामी जेठ २१ गते (जुलाई ५, २०२०) सम्म देशभित्र र बाहिरबाट कुनैपनि यात्रुबाहक विमानले नेपालमा नियमति उडान भर्ने छैनन् । तर विदेशमा रहेका यात्रुहरुलाई लिएर आउने चार्टर उडान तथा नेपाल भित्रैबाट हुने चार्टर उडानमा भने सरकारको अनुमति लिएर सञ्चालन हुनेछन् ।

नागरिक उड्डयन प्राधिकरणले जारी गरेको विज्ञप्ति ।

सरकारले गएको चैत्र ५ गतेदेखि लकडाउन शुरु गरेर त्यसको केहीदिनपछि हवाई उडानमाथि पनि प्रतिबन्ध लगाउँदै आएको थियो । पछिल्लो पटक असार १ गतेबाट आन्तरिक उडानका लागि अनुमति दिने तयारी गरेको भएपनि तराईका जिल्लामा कोरोना महामारीको रुपमा फैलिइरहेको भन्दै असार २१ सम्मका लागि उडान अनुमति रोकिएको नेपाल नागरिक उडड्यन प्राधिकरणले जनाएको छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

सैन्य ‘कु’ का विरुद्ध भएको प्रदर्शनमा गोली लागेर म्यानमारमा १० को मृत्यु, दर्जनौं घाइते सैन्य ‘कु’ का विरुद्ध भएको प्रदर्शनमा गोली लागेर म्यानमारमा १० को मृत्यु, दर्जनौं घाइते

२०७७ फाल्गुन १६ गते आइतबार

२८ फेब्रुअरी, २०२१यांगुन, म्यान्मार । करिब एक महिना अघि...

नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए नेपालमा बुधबार हालसम्मकै सबैभन्दा धेरै १२९ जना संक्रमित भेटिए

२०७७ जेठ १४ गते बुधबार

२७ मे, २०२०पोखरा । देशभर कोरोना भाइरस (कोभिड १९)...

चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु चट्याङ्ग लागेर दाङ्गमा दुई बालबालिका सहित ३ को मृत्यु

२०७६ माघ २५ गते शनिबार

०८ फेब्रुअरी, २०२० घोराही । दाङ्गमा आज दिउँसो फरक...

एकिकृत भूमी ऐन अघि बढाउने तयारीमा सरकार एकिकृत भूमी ऐन अघि बढाउने तयारीमा सरकार

२०७६ मंशिर २५ गते बुधबार

११ डिसेम्बर, २०१९ काठमाडौं । भूमी व्यवस्था, गरिबी निवारण...

Top