Best Khabar Team | २०७७ बैशाख ९ गते मंगलबार
२१ अप्रिल, २०२०
गाईघाट । उदयपुरको भुल्केस्थित एकै गाउँका ८ जनामा कोरोनाको संक्रमण भएको आशंका गरिएको छ । यसअघि १३ जना कोरोना संक्रमित भेटिएको भुल्केको स्थानीय मस्जिद नजिकैको गाउँका ८ जनामा कोरोनाको आशंका गर्दै उनीहरुको केहीदिन अघि उनीहरुको स्वाब विराटनगरस्थित कोशी अञ्चल अस्पतालमा ल्याइएकोमा उनीहरुमा कोरोना संक्रमण पोजेटिभ देखिएको बताइएको छ ।

-यापिड टेस्टका क्रममा उनीहरुमा कोरोनाको पोजेटिभ लक्षण देखिएपछि उनीहरुको नमुना परीक्षण थप परीक्षण हाल धरानस्थित वीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा भै रहेको छ । प्रतिष्ठानले पिसिआर पद्दतिबाट स्वाबको परीक्षण गरी कोरोना भए नभएको एकिन गर्नेछ । स्थानीय एक मस्जिदमा केहीदिन अघि १४ जनामा कोरोना संक्रमण भेटिएपछि गाउँ नै सिल गरेर परीक्षण थालिएको थियो ।
सोही मस्जिदमा रहँदै आएका थप एकजनामा ३ दिनअघि कोरोनाको संक्रमण देखिएपछि सो मस्जिदमा रहँदै आएका १४ जनामा कोरोना भएको पुष्टि भएको थियो । उनीहरुको कन्ट्रयाक ट्रेसिङ्गका आधारमा भुल्के गाउँका करिब ७० घर परिवारको नमुना परीक्षण गरिएको थियो ।
सेनाले गाउँमा पुगेर गरेको नमुना परीक्षणका क्रममा थप ८ जनामा कोरोनाको आशंका गरिएको हो । संक्रमणको आशंका गरिएका ८ जना पुरुषलाई आजै एम्बुलेन्समा राखेर धरानस्थित आइसोलेसनमा पठाइएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
जसले पूखौंदेखि भक्तपुरे जुजु धौं बनाउने पेशा अँगाले
२०७६ पुष ७ गते सोमबार
तपाईँ दहीको पारखी हुनुहुन्छ ? वा तपाईँको परिवारका कोही...
भारतीय अभिनेता अमिताभ बच्चनको ‘आँखाको शल्यक्रिया’
२०७७ फाल्गुन १६ गते आइतबार
२८ फेब्रुअरी, २०२१नयाँदिल्ली, भारत । बलिउडका महानायक अमिताभ बच्चनको...
मोरङ्ग पथरीकी चौलागाई बनिन् ‘पहिलो महिला नेपाल आइडल’
२०७७ भाद्र १२ गते शुक्रबार
२८ अगस्ट, २०२०काठमाडौं । पूर्वी नेपालको मोरङ्ग जिल्ला घर...
चरित्र अभिनेता ठकुरीको निधन
२०७७ जेठ १८ गते आइतबार
३१ मे, २०२०काठमाडौं । कलाकार जयनन्द चन्द ठकुरी आज...
Top