Best Khabar Team | २०७७ माघ ७ गते बुधबार
२० जनवरी, २०२१
न्यूर्योक । संयुक्त राज्य अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा अमेरिकाका नवनिर्वाचित राष्ट्रपति जो बाइडेनले सपथ लिएका छन् । यहाँस्थित सर्वोच्च अदालतकी प्रधानन्यायधीश जो जी रोबर्टस जनियरले क्यापिटल हिलमा आयोजित एक भव्य समारोहका बीच बाइडेनलाई अमेरिकाको नयाँ राष्ट्रपतिको रुपमा सपथ खुवाएकी हुन् ।

उनीसँगै कमला ह्यारीले पनि अमेरिकाको उपराष्ट्रपतिको रुपमा सपथ लिएकी छन् । कमलालाई भने सर्वोच्च अदालतकी न्यायाधीश सोनिया सोनोमेयरले सपथ खुवाएकी हुन् । बासिङ्गटन डिसीस्थित क्यापिटल हिलमा भएको सपथ ग्रहण कार्यक्रमसँगै अब अमेरिकाको ४६ औं राष्ट्रपतिको रुपमा बाइडेनले राज्यसत्ता सम्हाल्ने छन् । ७८ वर्षीय अमेरिकी नवनिर्वाचित राष्ट्रपतिको सपथ ग्रहण कार्यक्रममा पूर्व राष्ट्रपतिहरु बाराक ओबामा, जर्ज डब्लु बुस, बिल किल्न्टनलगायतको सहभागिता रहेको थियो ।

तर निर्वतमान राष्ट्रपति डोनाल्ड ट्रम्प भने आजै बिहान ह्वाईटहाउस छाडेर गृहनगर फ्लोरिडातर्फ लागेका छन् । उनी बाइडेनको सपथ ग्रहण कार्यक्रममा सहभागी भएनन् । तर तत्कालीन उपराष्ट्रपति माइक पेन्स भने सो कार्यक्रममा सहभागी भएका थिए । अमेरिकाका नवनिर्वाचित राष्ट्रपति बाईडेन विगतमा शिक्षक, वकिल हुँदै सिनेटरमा समेत चयन भएका थिए ।
गत नोभेम्बरमा भएको चुनावमा निवर्तमान राष्ट्रपति डोनाल्ड ट्रम्पलाई पराजित गर्दै बाइडेन नयाँ राष्ट्रपतिमा विजयी भएका थिए ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
झण्डै ६५ दिन अन्तरिक्षमा बिताएर सकुशल पृथ्वीमा फर्किए दुई अमेरिकी अन्तरिक्ष यात्री
२०७७ श्रावण १९ गते सोमबार
०३ अगस्ट, २०२०न्यूर्योक, अमेरिका । २ महिना लामो अन्तरिक्षको...
इजरायलमा जोखिममा रहेका २५४ जना नेपाली चार्टर उडानबाट मध्यरातमा काठमाडौं आइपुगे
२०८० आश्विन २५ गते बिहिबार
१२ अक्टोबर, २०२३काठमाडौं । सरकारले इजरालयमा जारी युद्दको चपेटामा...
बंगलादेशबाट २५९ जना नेपालीको उद्दार
२०७७ जेठ ३२ गते आइतबार
१४ जुन, २०२०ढाका, बंगलादेश । बंगलादेशको राजधानी ढाकाबाट २...
समुदायमा कोरोना फैलिएको आशंका गर्दै धरानमा फेरि लकडाउनको घोषणा
२०७७ श्रावण २१ गते बुधबार
०५ अगस्ट, २०२०इनरुवा, सुनसरी । समुदायमा कोरोना भाइरस फैलिएको...
Top