पर्वतको फलेबास र महाशिलाका ५ जनामा कोरोना पुष्टि

Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार


०२ जुन, २०२०
कुस्मा । पर्वत जिल्लामा मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश अन्तरगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पर्वत जिल्लाको फलेबास नगरपालिकाका २० र ४७ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।

यस्तै जिल्लाकै महाशिला गाउँपालिका घर भएका १९, २० र २१ वर्षका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु भारतबाट नेपाल फर्केर हाल जिल्ला सदरमुकाम कुस्माको क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु हुन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई हाल बाग्लुङ्स्थित धवलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा पठाइएको बताइएको छ ।

यस्तै स्याङ्जाको चापाकोट नगरपालिकामा क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० वर्षका गरी ४ जनामा कोरोना देखिएको छ । स्याङ्गजा विरुवाका २० वर्षको एक पुरुषमा पनि कोरोना देखिएको छ । योसँगै स्याङ्जामा हालसम्म कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यस्तै गण्डकी प्रदेशभर कुल ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

पाकिस्तानको कराँचीमा यात्रुबाहक विमान बस्तीमा खस्यो, ११ को मृत्यु भएको पुष्टि,  धेरैको अवस्था चिन्ताजनक पाकिस्तानको कराँचीमा यात्रुबाहक विमान बस्तीमा खस्यो, ११ को मृत्यु भएको पुष्टि, धेरैको अवस्था चिन्ताजनक

२०७७ जेठ ९ गते शुक्रबार

२२ मे, २०२०इस्लामावाद । पाकिस्तानमा आज एउटा यात्रुबाहक विमान...

चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए चिनियाँ राष्ट्रपति उत्तर कोरिया पुगेलगत्तै ट्रम्पले किमलाई पत्र पठाए

२०७६ असार ८ गते आइतबार

२३ जुन, २०१९न्यूयोर्क । पछिल्लो समयमा अमेरिका र चीनबीच...

कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द कोरोनाको प्रकोप रोक्न क्यानडा र अमेरिकाबीचको सीमा नाका बन्द

२०७६ चैत्र ६ गते बिहिबार

१९ मार्च, २०२०टोरन्टो । पछिल्लो समयमा विश्वभर महामारीको रुपमा...

नेपाल प्रगतिको दिशामा अघि बढेको  छ : उपराष्ट्रपति नेपाल प्रगतिको दिशामा अघि बढेको छ : उपराष्ट्रपति

२०७६ जेठ १ गते बुधबार

१५ मे, २०१९ काठमाडौं । उपराष्ट्रपति नन्दबहादुर पुनसँग चीनको...

Top