Best Khabar Team | २०७७ जेठ २० गते मंगलबार

०२ जुन, २०२०
कुस्मा । पर्वत जिल्लामा मंगलबार ५ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । गण्डकी प्रदेश अन्तरगतको सामाजिक विकास मन्त्रालयले दिएको जानकारी अनुसार पर्वत जिल्लाको फलेबास नगरपालिकाका २० र ४७ वर्षका दुईजना पुरुषमा कोरोना संक्रमण देखिएको छ ।
यस्तै जिल्लाकै महाशिला गाउँपालिका घर भएका १९, २० र २१ वर्षका ३ जना पुरुषमा कोरोना संक्रमण देखिएको छ । उनीहरु भारतबाट नेपाल फर्केर हाल जिल्ला सदरमुकाम कुस्माको क्वारेन्टाइनमा बसिरहेका व्यक्तिहरु हुन् । कोरोना संक्रमण पुष्टि भएपछि उनीहरुलाई हाल बाग्लुङ्स्थित धवलागिरी अञ्चल अस्पतालको आइसोलेसनमा पठाइएको बताइएको छ ।

यस्तै स्याङ्जाको चापाकोट नगरपालिकामा क्वारेन्टाइनमा रहेका २२, २६, ३२ र ४० वर्षका गरी ४ जनामा कोरोना देखिएको छ । स्याङ्गजा विरुवाका २० वर्षको एक पुरुषमा पनि कोरोना देखिएको छ । योसँगै स्याङ्जामा हालसम्म कोरोना संक्रमितको संख्या पाँच पुगेको छ । यस्तै गण्डकी प्रदेशभर कुल ३७ जनामा कोरोना संक्रमण पुष्टि भएको मन्त्रालय अन्र्तगतको स्वास्थ्य निर्देशनालयले जारी गरेको विज्ञप्तिमा उल्लेख छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
स्वर्गद्वारी महाप्रभु !
२०७७ माघ २८ गते बुधबार
– तेजनिधि पौडेल वि.सं. १९१६ वर्षा ऋतु श्रावण शुक्ल...
रुसको मध्यस्थतामा भारत र चीनबीच ५ बुँदे सहमति, सीमामा चर्किएको तनाव कम हुने अपेक्षा
२०७७ भाद्र २६ गते शुक्रबार
११ सेप्टेम्बर, २०२०बेइजिङ्ग, चीन । विगत लामो समयदेखि दुई...
‘लकडाउन’को समय थपियो, अब चैत्र २५ गते राति १२ बजेसम्म ‘लकडाउन’
२०७६ चैत्र १६ गते आइतबार
२९ मार्च, २०२० काठमाडौं । सरकारले कोरोना भाइरसको संक्रमणबाट...
हिंसा गरेको भन्दै चलचित्र निर्माता छवि ओझा विरुद्ध अभिनेत्री पोखरेलको प्रहरीमा उजुरी
२०७६ असार २५ गते बुधबार
१० जुलाई, २०१९ काठमाडौं । आफूलाई श्रीमान्बाट घरेलू हिंसा...
Top