Best Khabar Team | २०७७ चैत्र १६ गते सोमबार
२९ मार्च, २०२१
काठमाडौं । पछिल्ला दिनहरुमा काठमाडौं उपत्यकासहित देशभर बढेको बायु प्रदुषलाई मध्यनजर गर्दै देशभरका विद्यालयहरु ४ दिनका लागि बन्द हुने भएका छन् । सरकारले बायुप्रदुषका कारण स्कुले बालबालिकामा पर्नसक्ने स्वास्थ्य समस्यालगायतलाई मध्यजनर गर्दै भोलिदेखि शुक्रबारसम्मका लागि देशभरका सबै शिक्षणसंस्था बन्द गर्ने निर्णय गरेको हो । सरकारको यो निर्णयसँगै भोलिदेखि देशभरका विद्यालयहरु ५ दिन बन्द हुने भएका छन् । शुक्रबारसम्म सरकारको आह्वान तथा शनिबार सार्वजनिक विदा परेका कारण भोलिदेखि ५ दिनसम्मका लागि विद्यालय बन्द हुने भएका छन् ।

शिक्षा मन्त्रालयले आज प्रधानमन्त्रीलगायत सरोकारवालाहरुसँग सल्लाह गरेर ४ दिनका लागि विद्यालय बन्द गर्ने घोषणा गरेको हो । बायु प्रदुषका कारण बालिकामा विभिन्न खाले स्वास्थ्य समस्या देखिनसक्ने भन्दै मन्त्रालयले देशैभरका विद्यालयहरु बन्द गर्ने निर्णय गरेको हो । हाल काठमाडौं उपत्यकालगायत देशका अधिकांश स्थानमा बायुप्रदुषणको दर उच्च रहेको विभिन्न अध्ययनहरुले देखाएको छ । गएको शुक्रबारदेखि काठमाडौं उपत्यकालगायत देशभरको वायुमण्डलमा वायुको गुणस्तर सूचकांकले जोखिमको सिमा नाघेपछि सरकारले यो निर्णय गरेको हो ।
विश्व स्वास्थ्य संगठनले वायुको गुणस्तर सूचकांक ३०० भन्दा बढी भएमा यो जोखिमपूर्ण हुने भन्दै एउटा अन्र्तराष्ट्रिय मापदण्ड बनाएको भएपनि गएको शुक्रबार काठमाडौंलगायत अन्य शहरमा बायुको सूचकांक ४७० हो हाराहारीमा पुगेपछि सरकार यो निर्णयमा पुगेको हो ।

आइतबारसम्म पनि अवस्था यस्तै रहिरहने हो भने थप केहीदिन विद्यालय बन्द गर्ने तयारी सरकारले गरेको छ । विद्यालयको नियमित पठनपाठन बन्द भएपनि पूर्व निर्धारित परीक्षा भने सञ्चालन गर्नका लागि विद्यालयहरुलाई मन्त्रालयले अनुमति दिएको छ ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
Nepal’s Mount Everest seen from Bihar India by open eyes
२०७७ बैशाख २३ गते मंगलबार
A picture of the the snow-capped peaks of the...
नेपालमा माघ १४ गतेदेखि कोरोनाविरुद्धको खोप लगाउन शुरु गरिँदै
२०७७ माघ ११ गते आइतबार
२४ जनावरी, २०२१काठमाडौं । सरकारले भारतबाट अनुदानमा प्राप्त भएको...
काठमाडौंका सडकबाट मगन्ते हटाउन सप्ताहव्यापी अभियान
२०७६ पुष १२ गते शनिबार
२९ डिसेम्बर, २०१९ काठमाडौं । काठमाडौं महानगरपालिकाले आजदेखि उपत्यका...
Top