आबुधावी दुर्घटना अपडेट: मृतक ६ मध्ये ३ नेपाली युवती (दुर्घटनाको भिडियोसहित)

Best Khabar Team | २०७६ माघ ३ गते शुक्रबार


दुर्घटनाग्रस्त गाडीको अग्रभाग । तस्वीर साभार : गल्फ न्यूज

१७ जनवरी, २०२० आबुधावी । संयुक्त अरव इमिरेट्समा हिजो बिहान भएको बस दुर्घटनामा ज्यान गुमाउने ६ जना मध्ये ३ जना नेपाली भएको त्यहाँस्थित नेपाली दुतावासले जनाएको छ । युएईको शहर नजिकैको स्थानीय अल रहा भन्ने ठाउँमा हिजो गुडिरहेको बस अनियन्त्रित भै लरीमा ठोक्किँदा ६ जनाको घटनास्थलमै ज्यान गएको थियो भने १४ जना घाइते भएका थिए ।

सो दुर्घटनामा ज्यान गुमाउनेहरुमा हरु ३ जना विदेशी नागरिक रहेको बताइएको छ । कम्पनीको बस चढेर उनीहरु कार्यस्थल जाने क्रममा सो दुर्घटना भएको थियो । दुर्घटनामा पश्चिम नेपालको प्युठान स्थायी घर भएकी भावना कुँबर, पूर्वी नेपालको झापा दमककी कृष्णाकुमारी अधिकारी र ठेगाना नखुलेकी अमिसा मोक्तानको ज्यान गएको थियो । सो दुर्घटनामा घाइते १४ जना नेपालीको स्थानीय अस्पतालमा उपचार भै रहेकोमा एक जना भने सामान्य उपचारपछि कोठामा फर्किएकी छन् ।

दुर्घटनाको विषयमा स्थानीय प्रहरीले अनुसन्धान शुरु गरेको छ । मृतक तथा घाइते सबै ४० वर्षभन्दा कम उमेरका भएको बताइएको छ । उनीहरु बैदेशिक रोजगारीका लागि अबुधावी गएका थिए ।

Video : The National

दुर्घटनामा परी घाइते हुने नेपालीहरु जसको स्थानीय अस्पतालमा उपचार भै रहेको छ ।
१. माया तामाङ्ग, सिन्धुपाल्चोक
२. सरिता थापा, झापा
३. तुलसा थापा, झापा
४. पवित्रा तामाङ्ग, सिन्धुपाल्चोक
५. मुना राई, इलाम
६. सीता सुब्बा, इलाम
७. रिता सिवाकोटी, मकवानपुर
८. मिना सिंह, हेटौंडा
९. कमला नेपाली, ललितपुर
१०.आशा घर्ती मगर, दाङ्ग
११. सरिता तामाङ्ग नुवाकोट
१२. वर्षा विश्वकर्मा, धरान
१३. निर्मला प्रजा, चितवन (उपचारपछि कोठामा फर्केकी)
१४.सुलजा विश्वकर्मा, (ठेगाना नखुलेको)
(युएईस्थित नेपाली दुतावासले दिएको जानकारी)

सो बसमा चालकसहित २४ जना सवार थिए ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

विश्वभर कोरोनाका कारण  ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या डेढलाख नाघ्यो

२०७७ बैशाख ५ गते शुक्रबार

१७ अप्रिल, २०२०लिंकरोभर, बेल्जियम । गत २०१९ सालको डिसेम्बर...

अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते अमेरिकामा यहुदी धर्मगुरुको घरमा छुराकाण्ड : ५ घाइते

२०७६ पुष १३ गते आइतबार

२९ डिसेम्बर, २०१९ न्यूयोर्क । अमेरिकाको न्यूयोर्कमा रहेका यहुदी...

एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ एक भगवती, जसको पुजा १२ महिनामा ३ वटा मन्दिरमा हुन्छ

२०७६ मंशिर २३ गते सोमबार

पि.एल. तरंग / बेस्टखबर सामान्यतय कुनैपनि मन्दिरमा रहेका देवी...

विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो विश्वभर कोरोनाका कारण ज्यान गुमाउनेको संख्या ५३ हजार नाघ्यो

२०७६ चैत्र २१ गते शुक्रबार

०३ अप्रिल, २०२०काठमाडौं । विश्वव्यापी रुपमा फैलिएको कोरोना भाइरसको...

Top