स्पेनसहित पाँच राष्ट्रका लागि नवनियुक्त राजदूतद्वारा सपथ

Best Khabar Team | २०८१ पुष ८ गते सोमबार


२३ डिसेम्बर, २०२४
लक्जमबर्ग । युरोपेली मुलुक स्पेनसहित विभिन्न पाँच राष्ट्रका लागि नियुक्त भएका नवनियुक्त राजदूतहरुले आज सपथ लिएका छन् । काठमाडौंको शितल निवासस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरुले सपथ लिएका हुन् । नवनियुक्त राजदूतहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नवनियुक्त राजदूतहरुमा युरोपेली मुलुक स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, रुसका लागि जंगबहादुर चौहान, दक्षिण कोरियाका लागि डाक्टर शिवमाया तुम्बाहाङ्गफे र छिमेकी मुलुक भारतका लागि शंकरप्रसाद शर्मा रहेका छन् ।

तस्वीर सौजन्य : राष्ट्रपति कार्यालय ।

स्पेनका लागि नवनियुक्त राजदूत नेपाल यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस भएपनि पोचुगलमा राजदूतावास स्थापनका लागि लागि कुटनीतिक प्रक्रिया पुरा नहुँदा आउन सकेका थिएनन् । दशौंहजार नेपालीको बसोबास रहको पोर्चुगलमा राजदूत स्थापना नहुँदा त्यहाँ रहेका नेपालीहरुले सास्ती भोग्नुपरेको छ । स्मरणीय के छ भने नेपालमा सरकार परिवर्तनका लागि भएको राजनीतिक गठबन्धन र प्रभावको प्रत्यक्ष प्रभावका कारण पोर्चुगलमा रहेको नेपाली महाबाणिज्य दूतावास (कन्सुलेट)ले केही महिना अघि महाबाणिज्य दूतावासबाट प्रदान गरिने सेवा बन्द भएको भन्दै एक्कासी कार्यालयसमेत बन्द भएको घोषणा गरेको थियो । प्रस्तावित राजदूतहरुको नाममाथि यसअघि नै संसदीय सुनुवाई समितिमा छलफल भएको थियो । संसदीय समितिले यी नामहरु अनुमोदन गरेसँगै उनीहरुको राजदूत नियुक्त हुने बाटो खुलेको थियो ।

यसअघि गत भदौमा सरकारले भारतलगायतका विभिन्न १७ देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो । शितल निवासमा आज भएको सपथ ग्रहण समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।



Comment from facebook



थप खबर पढ्नुहोस्
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित

२०८२ बैशाख १५ गते सोमबार

२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...

स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’ स्वास्थ्य मन्त्रालयले भन्यो : ‘सबै मृत्यु कोरोनाले हुँदैन, समाचार लेख्दा गम्भीर बनौं’

२०७६ चैत्र १७ गते सोमबार

३० मार्च, २०२० काठमाडौं । स्वास्थ्य मन्त्रलायले देशका विभिन्न...

रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या रक्सीको नशामा रुपन्देहीमा कृषि फर्ममा कार्यरत ५ जनाको सामूहिक हत्या

२०७७ जेठ २७ गते मंगलबार

०९ जुन, २०२०तिलोत्तमा, रुपन्देही । रक्सीको नशामा रुपन्देहीमा एकजना...

तमु समाज लक्जम्बर्गले मनायो २६१० औ तमु ल्होछार तमु समाज लक्जम्बर्गले मनायो २६१० औ तमु ल्होछार

२०८२ पुष ११ गते शुक्रबार

२६, डिसेम्बर, २०२५लक्जम्बर्ग । गुरुङ्ग समुदायमा नयाँवर्षको रुपमा मनाईने...

Top