Best Khabar Team | २०८१ पुष ८ गते सोमबार
२३ डिसेम्बर, २०२४
लक्जमबर्ग । युरोपेली मुलुक स्पेनसहित विभिन्न पाँच राष्ट्रका लागि नियुक्त भएका नवनियुक्त राजदूतहरुले आज सपथ लिएका छन् । काठमाडौंको शितल निवासस्थित राष्ट्रपति भवनमा आयोजित एक विशेष कार्यक्रमका बीच उनीहरुले सपथ लिएका हुन् । नवनियुक्त राजदूतहरुलाई राष्ट्रपति रामचन्द्र पौडेलले पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन् । नवनियुक्त राजदूतहरुमा युरोपेली मुलुक स्पेनका लागि शनिल नेपाल, बेलायतका लागि चन्द्रकुमार घिमिरे, रुसका लागि जंगबहादुर चौहान, दक्षिण कोरियाका लागि डाक्टर शिवमाया तुम्बाहाङ्गफे र छिमेकी मुलुक भारतका लागि शंकरप्रसाद शर्मा रहेका छन् ।

स्पेनका लागि नवनियुक्त राजदूत नेपाल यसअघि पोर्चुगलका लागि राजदूत सिफारिस भएपनि पोचुगलमा राजदूतावास स्थापनका लागि लागि कुटनीतिक प्रक्रिया पुरा नहुँदा आउन सकेका थिएनन् । दशौंहजार नेपालीको बसोबास रहको पोर्चुगलमा राजदूत स्थापना नहुँदा त्यहाँ रहेका नेपालीहरुले सास्ती भोग्नुपरेको छ । स्मरणीय के छ भने नेपालमा सरकार परिवर्तनका लागि भएको राजनीतिक गठबन्धन र प्रभावको प्रत्यक्ष प्रभावका कारण पोर्चुगलमा रहेको नेपाली महाबाणिज्य दूतावास (कन्सुलेट)ले केही महिना अघि महाबाणिज्य दूतावासबाट प्रदान गरिने सेवा बन्द भएको भन्दै एक्कासी कार्यालयसमेत बन्द भएको घोषणा गरेको थियो । प्रस्तावित राजदूतहरुको नाममाथि यसअघि नै संसदीय सुनुवाई समितिमा छलफल भएको थियो । संसदीय समितिले यी नामहरु अनुमोदन गरेसँगै उनीहरुको राजदूत नियुक्त हुने बाटो खुलेको थियो ।
यसअघि गत भदौमा सरकारले भारतलगायतका विभिन्न १७ देशमा राजदूत नियुक्त गर्ने निर्णय गरेको थियो । शितल निवासमा आज भएको सपथ ग्रहण समारोहमा सरकारका उच्च पदस्थ अधिकारीहरूको समेत सहभागिता रहेको थियो ।
स्पेन र पोर्चुगलमा अप्रत्यासितरुपमा विद्युत् कटौती, जनजीवन कष्टकर, रेल तथा हवाईसेवा प्रभावित
२०८२ बैशाख १५ गते सोमबार
२८ अप्रिल, २०२५सेन्जेन, लक्जम्बर्ग । युरोपेली मुलुक स्पेन र...
सरकारको दाबी : ‘नेपाल अब मगन्ते र सडक बालबालिका मुक्त देश बन्यो’
२०७७ असार ४ गते बिहिबार
१८ जुन, २०२०काठमाडौं । सरकारले नेपाल अब सडक बालबालिका...
नयाँवर्ष मनाउने क्रममा भएको आगलागीमा परी स्विट्जरल्याण्डमा ४० जनाको मृत्यु, कम्तीमा ११५ जना घाइते
२०८२ पुष १७ गते बिहिबार
०१ जनवरी, २०२६प्रतीक लामिछाने/ सेञ्जेन, लक्जम्बर्ग । नयाँवर्ष मनाउने...
देशभर निषेधाज्ञामा थप कडाई गरिँदै : उल्लंघन गर्नेलाई आर्थिक जरिवानासहित कैदसम्म राखिने
२०७८ जेठ १० गते सोमबार
२४ मे, २०२१काठमाडौं । कोरोना संक्रमण नियन्त्रणका लागि सरकारले...
गायक कटुवालको पक्राउ नियोजित : संगीतकर्मी संघ
२०७६ फाल्गुन ७ गते बुधबार
१९ फेब्रुअरी, २०२०काठमाडौं । लोकदोहारी गायक तथा राष्ट्रिय संगीतकर्मी...
Top